• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नारायणगढ-मुग्लिन सडकका दुई पुल दसैँअघि सञ्चालनको तयारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १७, आईतबार (२ साल अघि)
    namu-sadak-pul-2

    Advertisement

    चितवन।नारायणगढ–मुग्लिन सडकखण्डमा निर्माणाधीन दुई नयाँ पुल दसैँअघि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । सो सडकखण्डका १९ वटा पुलमध्ये १५ वटा पुल निर्माणका क्रममा छन् । तीमध्ये एउटा पुल सञ्चालनमा आइसकेको छ भने थप दुई पुल दसैअघि सञ्चालन गर्नेगरी काम अघिबढेको छ ।नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार लामोबालुवा र डुम्रेस्थित पुल दसैँं अघि सञ्चालनमा आउनेगरी काम अघि बढाइएको हो । पछिल्लो समय निर्माणाधीन १५ पुलमध्ये सेतीदोभानस्थित पुल असार महिनादेखि सञ्चालनमा आएको छ । उहाँले भन्नुभयो “सञ्चालनमा आउने तयारीमा रहेका दुवै पुलको माथिल्लो तहमा कालोपत्र गर्न बाँकी छ । वर्षातका कारण केही ढिलो भयो, दसँैं अघि काम सम्पन्न हुन्छ ।”आयोजनाले असार मसान्तमै ती पुल सञ्चालनमा ल्याउने तयारी गरेको थियो । वर्षात्सँगै कालोपत्र र बाँकी काम गर्न नभ्याइएकाले केही ढिलो भएको हो । बाँकी १२ मध्ये १० पुल पुस महिनासम्म सम्पन्न हुने अनुमान गरिएको आयोजना प्रमुख कार्कीले बताउनुभयो । पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु गरिएको छैन । पुलको मुखमा बसेकालाई मुआब्जा वितरणसँगै खहरे खोलाको पुलको काम थालिएको छ । जगको काम सकिएको छ । यी दुई पुल चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको उहाँको भनाइ थियो ।

    आयोजना प्रमुख कार्कीले भन्नुभयो “जलविद्युत् कम्पनीमासमेत विस्फोटका सामग्री आउन थालेकाले दसैँपछि यो पुल निर्माणस्थलको भित्तो विस्फोट गर्न सकिएला । यससँगै कामलाई तीव्रता दिएर यसै वर्षभित्र पुल निर्माणको काम सम्पन्न गर्ने योजना छ । पुल निर्माणका क्रममा २४ घरको मुआब्जा दिनुपर्ने भएकाले काम रोकिएको थियो । ”ती घर हटाउन रु ९७ लाख आवश्यक पर्नेमा रु ७० लाख निकासा गरी १६ परिवारलाई मुआब्जा दिएर हटाइएको छ । बाँकी छ परिवारलाई छिट्टै दिइनेछ । एक जनाले मुआब्जामा चित्त नबुझेर रकम बुझेका छैनन् भने अर्का एकजनाले यस अघि नै मुआब्जा लिएर पुनः सोही ठाउँमा बसेको बुझिन आएकाले अध्ययन हुँदैछ । पुलको मुखमा बसेकालाई मुआब्जा दिएर हटाउन लागिएको हो । सो सडकखण्डमा रहेका १९ पुलमध्ये चार पुल अघिनै निर्माण भई सञ्चालनमा आइरहेका छन् ।आयोजना प्रमुख कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरिएको एक वर्षको समय यही विसं २०८० को पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

    नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएकामा निर्धारित समयमै काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ । केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । सो सडकको चौडाईसमेत नौदेखि ११ मिटर फराकिलो छ ।यो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी साधन आवागमन हुने गर्छन् । तराईबाट राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडक पर्दछ । केही वर्षअघि सडक विस्तार गरिएपछि सडक फराकिलो बनाइएको हो। तत्कालीन समयमा काटिएको भित्तोका कारण कतिपय ठाउँमा पहिरो खसेर दुःख दिने गरेको छ ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution