
कावासोती । पछिल्लो समय ‘लम्पी स्किन’का कारण नवलपुर जिल्लामा दुध उत्पादन घटेको छ । देशभर फैलिएको लम्पी स्कीन रोगका कारण जिल्लामा गत बर्षको तुलनामा यसबर्ष जिल्लामा दुध उत्पादन घटेको हो । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको तथ्यांक अनुसार गत आर्थिक बर्ष २०७९,८० मा जिल्लामा ३६ हजार ५ सय मेट्रिक टन दुध उत्पादन भएकोमा यस बर्ष गाई भैसींमा लम्पी स्कीन रोग देखा परेसगैं अहिले २५ प्रतिशतले दुध उत्पादन गिरावट आएको कार्यालयका सुचना अधिकारी सन्दीप लामिछानेले जानकारी दिए । जिल्लामा रहेका सहकारीले किसानबाट दुध सङ्कलन गरी बिभिन्न क्षेत्रमा बजारीकरण गर्दै आएपनि अहिले सहकारीवाटै दुध उत्पादन २५ प्रतिशतले कमि आएको लामिछानेले बताए । साना किसान सहकारी संस्थाले दैनिक रुपमा २८सय बढि आफना उपभोक्ताबाट दुध संकलन गरी चितवन,वुटवल,पोखरा लगायत मुख्य क्षेत्रमा बजारीकरण गदै आएको थियो ।तर अहिले लम्पी स्कीन रोग संक्रमण बढेसँगै दैनिक २२ सय लिटर मात्र दुध संकलन गर्दै आएको साना किसान सहकारी संस्था अग्यौलीका डेरी ईन्चार्ज नेत्र प्रसाद तिवारीले जानकारी दिए ।
पहिले दुधको बजारसंगै माग राम्रो भएपनि अहिले रोगका कारण उत्पादन नै कम हुने गरेका तिवारीको भनाई छ । रोगका कारण दुहुना गाई र भैंसी बिरामी पर्ने र मर्ने समस्याले दूध बेचेर घरायसी खर्च चलाउँदै आएका किसानको आम्दानीको स्रोत नै बन्द भएजस्तै बनेको कावासोती २ का रामप्रसाद भुषालले बताए । १५ वटा भैसी,५वटा दुहुना गाईवाट दैनिक ३० लिटर दुध उत्पादन गरी स्थानिय स्तर हुदैं सहकारीमार्फत उत्पादित दुग्धको सहज रुपमा बजारीकरण गर्दै आएका भुषाललाई अहिले गाई भैसीमा लम्पी स्कीन रोग देखा परेपछि समस्या भएको बताएका छन् । पहिले दिनको २५देखी ३० लिटरसम्म दुग्ध बेच्थे,अहिले लम्पी स्कीनले १५ लिटरमात्रै दुग्ध बेच्ने गरेको छु, भुसालले भने ,। भुसालको ५ वटा गाईभैसीमा लम्पी स्कीन रोग देखा परेको छ । हाल सम्म नवलपुर जिल्लामा लम्पी स्कीन संक्रमण न्यूनिकरणका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५ लाख बराबर र स्थानीय तहहरुहरुले उतीनै मात्रामा औषधीहरु खरिद गरी कृषकलाई वितरण गरी खोप कार्यक्रम अघि बढाएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१