
चितवन।माडीको बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् ।उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ ।
बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्वकर्माले बालिका नबोल्ने भएकोले छानबिनमा समस्या परेको बताइन् । बालिका अहिले माईती नेपालमा आश्रय लिइरहेकी छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१