
कावासोती । पूर्वी नवलपरासी(नवलपुर)मा ट्राफिक प्रहरीले यात्रुबाहक सवारीको चेकजाँच बढाएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक अच्युत राज आचार्यको सक्रियतामा जिल्लाको ग्रामिण क्षेत्र र मुख्य राजमार्गमा चल्ने सवारीहरुको चेकजाँच बढेको हो । आईतबार जिल्लाको देवचुलीमा वुटवल–नारायणगढ सडक खण्ड अन्र्तगत अन्तर्गत सञ्चालन हुने यात्रुबाहक सवारी साधनहरुमा बिशेष अनुगमन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख अच्युत राज आचार्यले बताए ।
जनप्रतिनिधि ,यातायात ब्यवसायी सहित सवारीको चेकजाँच गरेको ट्राफिक प्रमुख आचार्यले जानकारी दिए । चेकजाँचमा सवारीहरुले भाडादर टाँस गरे/नगरेको, आरक्षण सिटको कार्यान्वयन, बढी भाडा लिएको/नलिएको तथा सवारी साधनमा फोहोर व्यवस्थापनका लागी डस्टविन राखे/नराखेको सम्बन्धमा अनुगमन गरिएको ट्राफिक प्रमुख आचार्यले बताए । चेकजाँचमा चालक तथा यात्रुहरु गरी ३ सय २० जना लाई ट्राफिक नियम सम्बन्धी प्रशिक्षण प्रदान गर्नुका साथै “स्वच्छ सडक अभियान” अन्तर्गत ७ वटा सवारी साधनहरुलाई डस्टविन समेत वितरण गरिएको आचार्यले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१