• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ श्रावण ६, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

२

राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

३

मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

४

पूर्वपश्चिम राजमार्ग अवरुद्ध

५

सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

६

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

७

विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

८

नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

९

नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

१०

संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

११

कावासोतीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र पाण्डेयले नियमविपरीत भुक्तानी लिएको खुलासा

१२

प्रदेशको बजेट आज, बजेटमा सांसदकै भागबन्डा, चिर्कटोकै भरका योजना

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    विद्यालयको प्राविधिक शिक्षाप्रति आकर्षण बढ्न सकेन

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १८, सोमबार (१ साल अघि)
    sik

    Advertisement

    चितवन।जिल्लामा रहेका सात सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा पठनपाठन भइरहेका छन् । ती विद्यालयमा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीमा आकर्षण बढ्न नसकेको हो । शिक्षा विभागले सञ्चालन गरेको प्राविधिक शिक्षा कक्षा ९ देखि १२ सम्म अध्ययन हुने गरेको छ । भरतपुर महानगरपालिका–२५ मा रहेको प्रभात माध्यमिक विद्यालयमा अहिले सिभिल इन्जिनियरिङको पढाइ हुँदै आएको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारीले प्राविधिक शिक्षातर्फ विद्यार्थीको आकर्षण बढ्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुआती समयमा आकर्षण देखिए पनि अहिले त्यो आकर्षण कायम रहन सकेको छैन ।”विसं २०७३ बाट प्राविधिक शिक्षा अध्ययन गराउन सुरु गरेको यस विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण जगाउन नसकिएको उहाँले बताउनुभयोे । उहाँका अनुसार पहिलो वर्ष तोकिएको कोटा ४८ जनानै भर्ना भएका थिए । त्यसपछिका वर्षहरुमा क्रमशः सङ्ख्या घट्दै आएर यस वर्ष ३२ जना मात्रै भर्ना भएको उहाँले बताउनुभयो । कक्षा ८ उत्तीर्ण गरेपछि कक्षा ९ मा सिभिल इन्जिनियरिङ पढाइ हुन्छ । उनीहरुले कक्षा १२ उत्तीर्ण गर्दै गर्दा सवइन्जिनियर हुन्छन् ।प्राविधिकतर्फ विसं २०७४ बाट कृषि शिक्षा अध्ययन गराउँदै आएको भरतपुर महानगरपालिका–२० को भीमनगर माध्यमिक विद्यालयमा पनि विद्यार्थीको आकर्षण कम भएको छ । विद्यालयका सहायक प्रधानाध्यापक सविन न्यौपानेका अनुसार एसइईसम्म विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गरे पनि पछि धार परिवर्तन गर्ने गरेको बताउनुहुन्छ । कक्षा ९ मा भर्ना हुने विद्यार्थीको सङ्ख्या अनुपातमा कक्षा १२ सम्ममा पुग्दा आधाआधी मात्रै रहने गरेको उहाँको भनाइ छ ।

    कक्षा ९ मा कोटाअनुसार भर्ना भए पनि कक्षा १२ सम्म पुग्दा आठ जना मात्र भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले कक्षा ९ मा ४५ जना भर्ना भएका छन् भने कक्षा १० मा ३४ , कक्षा ११ मा १५ र कक्षा १२ मा आठ जना भर्ना भएका छन् । सुरुआती वर्ष १५ विद्यार्थी भर्ना भएका थिए । उहाँले भन्नुभयो, “विद्यार्थीले एसइईमा राम्रो ग्रेड ल्याउनका लागि कृषि पढ्ने र पछि गएर विज्ञान पढ्ने भन्दै धार परिवर्तन गर्ने गरेका छन् ।” समुदायस्तरमा प्राविधिक शिक्षाको ज्ञान पु¥याउन नसक्दा यस्तो समस्या आएको उहाँले बताउनुभयो ।माडी माध्यमिक विद्यालय माडीमा अहिले पशु विज्ञानअन्तर्गतको प्राविधिक शिक्षा अध्ययन भइरहेको छ । जहाँ पहिलेको तुलनामा अहिले विद्यार्थीको सङ्ख्यात्मक चाप नभएको पाइएको छ । विद्यालयका प्रधानाध्यापक भूपेन्द्रप्रसाद पौडेलका अनुसार सुरुआती समयमा जस्तो चाप नभए पनि विद्यार्थीका आकर्षण विस्तारै घट्न थालेको छ । विसं २०७३ बाट अध्ययन सुरु गरेको यस विद्यालय सुरुआती दुई वर्ष कोटाअनुसारको विद्यार्थी भर्ना भएको भए पनि पछिल्ला वर्ष घट्दै गएर अहिले २९ विद्यार्थी भर्ना भएको उहाँले बताउनुभयो ।

    शिक्षा विकास तथा समन्वय एकाइ चितवनका अनुसार नेपाल मावि रत्ननगरमा वाली विज्ञान, बुद्धशान्ति मावि राप्तीमा पशु विज्ञान, त्रिवेणी बराह मावि इच्छाकामना गाउँपालिकामा कम्युटर इन्जिनियरिङ शिक्षा अध्यापन भइरहेको छ । एकाइका प्रमुख भूमिलाल सुवेदीले कक्षा १० सम्म पढ्ने विद्यार्थी भए पनि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थी सङ्ख्या न्यून रहेको बताउनुभयो । कोटाअनुसार विद्यार्थी भर्नामा केही विद्यालयमा प्रवेश परीक्षासमेत लिने गरेको भए पनि सबै विद्यार्थी कक्षा १२ सम्म नपुग्ने गरेको उहाँको भनाइ छ । शिक्षा विभागबाट चितवनमा पहिलो पटक विसं २०६९ मा प्राविधिक शिक्षा कक्षा ९ देखि लागू गरिएको हो ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • पूर्वपश्चिम राजमार्ग अवरुद्ध


  • Advertisement

    समाचार
  • १

    मध्यविन्दु–१४ लाई कृषि र पर्यटन केन्द्र बनाउन योजना अघि बढ्दै : नगरप्रमुख अधिकार 

  • २

    राष्ट्रिय वृक्षारोपण दिवस सन्दर्भ : रूपान्तरणका लागि वनको पुनस्थापना

  • ३

    मनकामनाको दोस्रो केबलकार पोखरामा बन्ने, एक अर्ब ६० करोड लगानी गरिँदै

  • ४

    पूर्वपश्चिम राजमार्ग अवरुद्ध

  • ५

    सरकारको सुस्तताले बेहाल नारायणगढ-बुटवल सडकः के भन्छन् ट्रक चालकहरू ?

  • ६

    नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

  • ७

    विनयी खोलामा डाइभर्सनसँगै बस बगायो, यात्रुको सकुशल उद्धार

  • ८

    नारायणगढ-बुटवल सडक अवरुद्धः वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव

  • ९

    नवलपरासीको दुम्किवासमा सडक दुईतर्फी नै अवरुद्ध, विनयी खोलाले अस्थायी डाइभर्सन बगायो

  • १०

    संस्थामा अनुशासन र कर्तव्यपरायणता भए मात्रै चुरे संरक्षणको काम प्रभावकारी हुन्छ : राष्ट्रपति पौडेल

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution