• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० भाद्र १८, सोमबार (२ साल अघि)
    seti-pradeshik-1024x461

    Advertisement

    धनगढी । सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।सूचना अधिकारी उपाध्यायका अनुसार शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो ।  सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि शुक्रबार सेती अस्पतालमा आएकी परियारको सोमबार शल्यक्रिया पश्चात् मृत्यु भएको हो।शल्यक्रिया गरेर निकालिएको शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसीयूमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।तर, मृतका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्यु हुन पुगेको बताइन् ।

    शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्। ‘हामी बहिनीलाई लिएर शुक्रबार अस्पताल आएका हौँ। आइतबारसम्म हाम्रो मान्छेको शल्यक्रिया गरिएन। बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको छ। यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ। हामी शव उठाउन्नौँ,’ कल्पनाले भनिन्।तीन दिनसम्म अस्पतालमा राख्दा पनि सामान्य सुत्केरी हुन्छ भनेर नर्स र डाक्टरले शल्यक्रिया गर्न नमानेको मृतक राधाकी काकी हेमा परियारले बताइन्।‘व्यथा लागिसकेपछि टाउको ठुलो छ अप्रेसन गर्न भन्यौँ। तर उहाँहरूले नर्मल बच्चा जन्मिन्छ भन्नुभो। जब पाठेघरको पानी सक्किएर ब्लिडिङ हुन थाल्यो तब हत्तपत्त बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरियो। राधा पेटको बच्चाको मृत्यु हुनुमा अस्पताल जिम्मेवार छ,’ हेमाले आक्रोशित हुँदै भनिन्।

    लामो समयसम्म व्यथा लागेकाले शल्यक्रिया गर्न अनुरोध गर्दा ड्युटीमा रहेका नर्सहरूले उल्टै थर्काएको र अरु अस्पताल लगेर जानू भनेको हेमा र कल्पनाले बताएका छन्। उनीहरूले अस्पतालका नर्सहरूमा बोल्ने सभ्यतासम्म नभएको, बिरामीको पीडा र अवस्था बुझ्न नआउने गरेकाले राधाको मृत्यु हुन पुगेको बताएका छन्।अस्पताल प्रशासनले यो विषयमा बुझेर थप टिप्पणी गर्ने बताएको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution