
कैलाली । जंगली जनावरका लागि खेतमा थापेको विद्युतीय धरापमा परेर कैलालीमा एक महिलाको मृत्यु भएको छ ।जिल्लाको धनगढी उपमहानगरपालिका ३ कि अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको विद्युतीय धरापमा परेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।सोमबार राति करिब ११ बजेतिर विद्युतीय धरापमा परेर गम्भीर घाइते भएकी कुँवरलाई उपचारका लागि माया मेट्रो अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले बताए ।
जंगली जनावरबाट धानबाली जोगाउन भन्दै खेतको आलीमा स्थानीय ४८ वर्षीय जंगलिया चौधरीले करेन्ट प्रवाह गरेको र त्यही करेन्ट लागेर मञ्जु कुँवरको मृत्यु भएको प्रहरीको भनाइ छ ।प्रहरीले खेतमा विद्युतीय धराप राखेका चौधरीलाई पक्राउ गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१