
कावासोती । नवलपुरको हुप्सेकोट गाउँपालिकामा गाउँ प्रहरी माथिको आक्रमण पालिकाको लापरबाहीले भएको नेकपा एमाले हुप्सेकोट गाउँपालिका कमिटीले विज्ञप्ति जारी गरि उल्लेख गरेको छ । भदौ १८ गते राती गिरुवारी खोलामा अवैध रुपमा नदीजन्य पदार्थ लोड गरिएको अवस्थामा नियन्त्रणमा लिन खोज्दा ड्युटीमा खटिएका गाउँपालिका प्रहरी माथि अज्ञात समूहबाट ढुङ्गा प्रहार गरि घाइते बनाएकोमा यस्तो घटना हुनु दुखद भएको भन्दै सत्य तथ्य पत्ता लगाएर दोषीलाई कारवाही गर्न एमाले हुप्सेकोटले माग गरेको छ ।साथै विज्ञप्तिमा भनिएको छ ‘ विगत ६ वर्ष देखिनै यस्ता किसिमका चोरी निकासी पैठारी जस्ता गैर कानुनी कार्य भै रहँदा स्थानीय सरकार मौन रहि नियम कानुन विपरित कार्य गर्ने समूहसँग मिलेमतो भएको हाम्रो पार्टीको ठम्याई छ ।
साथै रातको समयमा कर्मचारीलाई ड्युटी खटाउँदा आवश्यक संख्या नपुर्याई सुरक्षा कवचको मापदण्ड पुरा नगरी महिला कर्मचारीलाई रातको समयमा खोला जस्तो ठाउँमा ड्युटी खटाई र नेपाल प्रहरी प्रशासनसँग समन्वय नगरी उक्त घटना घटेको देखिन्छ । यो घटना पालिकाको लापरवाही तथा गैर जिम्मेवारीपन हो ।’विज्ञप्तिमा थप भनिएको छ ‘ यस्ता खालका अराजक अशोभनीय कार्य गरिरहेको स्थानीय सरकार प्रति हाम्रो पार्टी घोर भत्र्सना तथा खेद व्यक्त गर्दछ ।
उक्त घटनामा घाइते हुने हवलदार सुजन महतो र प्रहरी जवान यममाया मल्ल ठकुरीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै प्रकारको कमी नगर्न समेत ध्यानाकर्षण गरिन्छ ।’
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१