
हुप्सेकोट । हुप्सेकोट गाउँपालिकामा नगर प्रहरी माथि आक्रमण गर्ने दोषीलाई कारबाही माग गर्दै गाउँपालिकाका कर्मचारीले पेन डाउन गरेका छन् । बिहिबार कर्मचारीले सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै नदिजन्य पदार्थ चोरी निकासी नियन्त्रण अनुगमन कार्यमा संलग्न गाँउपालिकामा कार्यरत कर्मचारीलाई सख्त घाईते बनाउने दोषीलाई समयमै पहिचान गरी आवश्यक कारवाही अघि बढाउन माग गरेका छन् । घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रशासनलाई दवाव दिदै कर्मचारीले भदौ २० र २१ गते १२ बजेदेखी १ बजेसम्म पेन डाउन गरिएको जारी बिज्ञप्तमिा भनिएको छ । त्यस्तेै गाँउपालिका,वडा कार्यालय तथा स्वास्थ्य संस्थाबाट प्रवाह हुर्ने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । डियुटीमा खटिएकी प्रहरीलाई थप उपचारका लागि काठमाडौँ पठाईएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१