
काठमाडौँ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन्। लागु औषध नियन्त्रण ब्युरोका अनुसार बाटिक एयरमार्फत मलेसिया हुँदै थाइल्यान्ड जान लागेका तीन जनाको साथबाट ११ केजी ७ सय ग्राम चरेस बरामदद भएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको हो ।
पक्राउ पर्नेमा पूर्वी रुकुमका ४१ वर्षीय दिपेश पुन, ४० वर्षीय विराज पुन र बाग्लुङका ३८ वर्षीय तेजबहादुर पुन रहेका छन्। उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१