
मीनाक्षी कंडेल । नवलपुर फोटोग्राफर संघ नवलपुरले निःशुल्क आँखा परिक्षण तथा शिविर सम्पन्न गरेको छ । सोमबार चौथो स्थापना दिवसको अवसरमा संस्थाले अन्धोपन न्यूनिकरण एवं आँखा सुरक्षाका सवालमा सजग हुनुपर्ने भन्दै रोटरी क्लब अफ कावासोती र मध्यबिन्दु आँखा उपचार केन्द्र, कावासोतीको सहकार्यमा निःशुल्क आँखा परिक्षण तथा शिविर सञ्चालन गरिएको हो ।संस्थाका अध्यक्ष दिपेन्द्र बस्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा नवलपुर फोटोग्राफर संघका संस्थापक अध्यक्ष किसोर अधिकारी प्रमुख अतिथि रहेका थिए । त्यस्तै विशिष्ट अतिथिमा रोटरी क्लब कावासोतीका अध्यक्ष हरिहर अधिकारीको उपस्थिति रहेको थियो । आयोजित शिविरमा १२१ जनाको आँखा परिक्षण गरिएकोमा ८ जनामा मोतीबिन्दुको समस्या देखिएको रोटरी क्लब अफ कावासोतीका संस्थापक अध्यक्ष भरत शर्मा पोख्रेलले जानकारी दिए ।
त्यस्तै पछिल्लो समय मानिस कम्यूटरका माध्यमबाट विभिन्न कार्य सम्पादन गनुपर्ने हुँदा धेरैजसो सहभागीको आँखामा सुख्खापन देखिनुका साथै जेष्ठ नागरिकमा मोतियाबिन्दुको समस्या देखा परेको पोख्ररेलले बताए । शिविरमा आँखा परिक्षण गराएका मध्ये मोतियाबिन्दुका बिरामीलाई आँउदो मंसिर ११ र १३ गते तिलगंगा आँखा प्रतिष्ठानका डाक्टरद्वारा निशुल्क अप्रेसन गरिने संस्थाले जनाएको छ । शिविरको लागि आवश्यक औषधिको व्यवस्था नेपाल आँखा कार्यक्रम तिलगंगाले गरेको थियो भने प्राविधिक सहयोग नेत्र अधिकृत प्रदिप भट्टराईले गरेका थिए । भने संस्थाले स्वास्थ्य सँगै सामाजिक उत्तरदायित्व अन्र्तगत यस अघि पनि विधित कार्यक्रम आयोजना गर्दै आएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१