पाल्पा। पाल्पाको रामपुर नगरपालिकाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । प्रहरीले रामपुर नगरपालिका १० बर्दले बस्ने लिला गाहाको फर्निचर उद्योगबाट अवैध काठ मंगलबार बेलुका बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दका अनुसार गाहाको फर्निचरबाट ९५.०८ क्युफिट सालको काठ फेला पारेको हो ।
प्रहरीले काठ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि सब वन डिभिजन कार्यालय रामपुरमा पठाएको जनाएको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१