दाङ।छोराले मादक पदार्थ सेवन गरेर दाङमा बुबाको हत्या गरेका छन्। घोराही उपमहानगरपालिका(५ दलजितपुरका २८ वर्षको छोरा सन्तोष केसीले ५१ वर्षका बुवा प्रेमबहादुर केसीको हत्या गरेको दाङ प्रहरीले जनाएको छ।बिहीबार साँझ मादक पदार्थ सेवन गरेको छोरा सन्तोषको निर्घात कुटपिटबाट घाइते भएका प्रेम बहादुरको मृत्यु भएको दाङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए।उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार पछि थप उपचारका लागि नेपालगन्ज लैजाँदै गर्दा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
कुटपिटमा संलग्न छोरो सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१