• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ ९, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

२

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

३

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

४

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

५

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

६

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

७

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

८

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

९

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१०

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

११

दुर्गा प्रसाईं पक्राउ

१२

राजनीतिमा शत्रु र मित्र स्थायी हुदैनन्

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अन्तरिक्षमा बिकिनी पठाउँदै भारत, यस्तो छ नालीबेली

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० आश्विन ७, आईतबार (२ साल अघि)
    bikini

    Advertisement

    भारत । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले आगामी जनवरीमा बिकिनी प्रक्षेपण गर्ने भएको छ । यो युरोपेली अन्तरिक्ष कम्पनी द एक्सप्लोरेसनको एक रि इन्ट्री भेहिकल हो । अर्थात् रकेटले एउटा यानलाई अन्तरिक्षमा निश्चित उचाइसम्म लगेर छाड्नेछ । त्यसपछि यान पृथ्वीमा फिर्ता हुनेछ । यसका लागि युरोपेली कम्पनी र इसरोबीच सम्झौता भैसकेको छ ।आगामी जनवरीमा इसरोको पिएसएलबी रकेटबाट उक्त सानो आकारको युरोपेली यान प्रक्षेपण गरिनेछ । सो यानको नाम बिकिनी हो । वास्तवमा बिकिनी द एक्सप्लोरेसन कम्पनीको पुनः प्रयोगयोग्य रि-इन्ट्री मोड्युल निक्सको सानो संस्करण हो ।रकेटले बिकिनीलाई पृथ्वीको सतहभन्दा ५ सय किलोमिटर माथि लगेर छाडिदिनेछ । त्यहाँबाट यान पृथ्वीमा फर्किनेछ । त्यसक्रममा यसको पुनःप्रवेशका सम्बन्धमा विभिन्न अनुसन्धान गरिनेछ । वायु मण्डल पार गर्दै यो यान समुद्रमा खस्नेछ । बिकिनीको वजन ४० किलो मात्र हुनेछ । यो यानको उद्देश्य अन्तरीक्षमा विभिन्न सामानको आपूर्ति गर्नु हो ।द एक्सप्लोरेसन कम्पनी आफ्नो विकिनी अन्तरिक्षयानको माध्यमबाट अन्तरिक्षमा सामानहरुको आपूर्ति गर्ने योजनामा जुटिरहेको बताइन्छ ।यदि बिकिनीको जनवरीको रि-इन्ट्री मिसन सफल भएमा यसबाट व्यवसायिक उडानको नयाँ संसारको ढोका खुल्नेछ । अर्थात् अन्तरिक्षमा सहज रुपमा कुनै पनि सामानको आपूर्ति सम्भव हुनेछ, त्यो पनि कम खर्चमा ।

    बिकिनी मिसनका लागि द एक्सप्लोरेसनले युरोपियन एरियनस्पेस कम्पनीसँग सम्झौता गर्ने तय भैसकेको थियो । तर पछि उक्त सम्झौताका लागि पछि भारतको न्यू स्पेस इण्डिया लिमिटेड कम्पनी छनोट भयो । न्यू स्पेस इण्डिया लिमिटेड भारतीय स्पेस एजेन्सी इसरोको व्यवसायिक भगिनी संस्था हो । एरियन सिक्स रकेटको निर्माणमा ढिलाइ भएसँगै भारतीय कम्पनीले उक्त ठेक्का पाएको हो । बिकिनीलाई पोलर स्याटेलाइट लञ्च भेहिकल (पिएसएलबी) रकेटको चौथो चरणमा आबद्ध गरिनेछ र अन्तरिक्षमा लगेर छाडिनेछ । जहाँबाट बिकिनी पृथ्वीमा फर्किनेछ ।उक्त मिसनका क्रममा संकलित तथ्यहरुबाट भविष्यमा अझै उत्कृष्ट रि-इन्ट्री तथा रिकभरी प्रविधिको विकासमा सहयोग पुग्ने बताइएको छ । पिएसएलभी रकेटमा पिएस ४ अर्थात् चौथो चरणको प्रयोग हालै पिएसएलभी अर्बिटल एक्सपेरिमेन्टल मोड्युल अर्थात् पोएमका लागि गरिएको थियो ।पिएस ४ ले पृथ्वीको चारैतर्फ परिक्रमा गरी विभिन्न प्रयोग गर्दछ । बिकिनीलाई पिएस फोरको माथिल्लो भागमा राखिनेछ ताकि यसको मुख्य मिसनमा कुनै असर नपरोस् । बिकिनीमा कुनैपनि खालको प्रोपल्सन सिस्टम छैन । पिएस फोरकै सहारामा यसले अन्तरीक्षमा छोटो समय बिताउनेछ । उपयुक्त उचाइ हासिल भएसँगै पिएस ४ हट्नेछ । त्यसपछि बिकिनी तीव्ररुपमा वायुमण्डल पार गर्दै समुद्रमा खस्नेछ ।वास्तवमा बिकिनी यान ठूलो अन्तरिक्ष मिसनको छोटो ट्रायलको रुपमा रहनेछ । यो मिसनका लागि बिकिनीलाई ५ सय किलोमिटर आसपासको उचाइमा छाडिनेछ । त्यसपछि पिएस-४ ले बिकिनीलाई डिबुस्ट गर्दै कक्ष छाड्नेछ । त्यसपछि १२० देखि १४० किलोमिटरको उचाइमा आएपछि बिकिनीलाई छाडिदिनेछ र बिकिनी सिधै समुद्रमा खस्नेछ ।स्मरण रहोस्, बिकिनी यान बनाउने जर्मन कम्पनी द एक्प्लोरेसन करीब २ वर्षअघि स्थापना भएको स्टार्टअप हो । सन् २०२८ सम्ममा चन्द्रमामा पुग्ने लक्ष्य कम्पनीको छ । एजेन्सी

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’


  • Advertisement

    समाचार
  • १

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • २

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ३

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ४

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ५

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ६

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ७

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • ८

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • ९

    अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

  • १०

    पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution