• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २२, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

२

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

३

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

४

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

५

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

६

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

७

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

८

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

९

वन उद्यममा जोडिँदै नवलपुरका महिला

१०

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

११

विविधिकृत खेतीतर्फ किसानको आकर्षण

१२

नवप्रवर्तन कार्यक्रमः व्यवहारमा सुधार, उत्पादनमा रफ्तार

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा एक वर्षमा थपिए १३ नयाँ एचआइभी सङ्क्रमित

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० पौष ५, बिहिबार (२ साल अघि)
    HIV-AIDS

    Advertisement

    नवलपरासी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा गत आर्थिक वर्षमा १३ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन् । जिल्लामा गत आवमा मात्रै १३ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय नवलपुरका स्रोत व्यक्ति डिल्लीराम तिवारीले बताउनुभयो । साथै जिल्लामा एक वर्षमा पाँच सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा हाल नयाँ र पुराना गरी एक सय २० एचआइभी सङ्क्रमित रहेको तिवारीले जानकारी दिनुभयो । “नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा आव २०७७/७८ मा ८२, २०७८/७९ मा एक सय सात जना र २०७९/८० मा एक सय २० जनामा एचआइभीको सङ्क्रमण भेटिएको छ”, उहाँले भन्नुभयो । गत आवमा भेटिएका एक सय २० जना एचआइभी सङ्क्रमितमध्ये दुई जना पाँचदेखि १४ वर्षसम्मका बालबालिका रहेका छन् । “सङ्क्रमितमध्ये ५१ पुरुष र ४८ महिलासहित ९९ जनाले निरन्तर औषधि खाइरनुभएको छ”, उहाँले भन्नुभयो, “पाँच पुरुष र चार महिलाण्सहित नौ जना यस जिल्लाबाट आफ्नै जिल्ला गइसकेका र पाँच पुरुषले औषधि सेवन गर्न छाडेका छन् ।”

    सन् २०३० सम्म एचआइभीको सङ्क्रमणलाई अन्त्य गर्ने सरकारको नीति भए पनि नवलपरासी ९बर्दघाट सुस्तापूर्व०मा एचआइभी सङ्क्रमितको सङ्ख्या भने बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले बताउनुभयो । “स्वास्थ्य कार्यालयमार्फत पालिकाहरूले पनि नीतिगत योजना बनाएर एचआइभी सङ्क्रमितको स्वास्थ्योपचारदेखि जीविकोपार्जनलगायतका कार्यमा ध्यान दिनुपर्ने देखिन्छ”, उहाँले भन्नुभयो, “लुकेर बसेका कैयौँ रोगी छन्, कैयौँ सङ्क्रमित छन् त्यस्तालाई हेला गर्नु हुँदैन भन्ने सचेतना जगाउनेदेखि उनीहरूको जीविकोपार्जनका विषयमा स्थानीय तहदेखि नै योजना बनाउन आवश्यक छ ।” अझै पनि समाजमा एचआइभी सङ्क्रमित र तिनका परिवारलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउन नसकेको एचआइभीको क्षेत्रमा काम गर्दै आएको संस्था लुम्बिनी प्लसका अध्यक्ष निर्मला पौडेलले बताउनुभयो ।

    “जिल्लामा सङ्क्रमित र प्रभावितका विभिन्न खालका समस्या रहेकाले सङ्क्रमितहरू सार्वजनिक हुन नचाहेकाले पनि समन्वय गर्न चुनौती रहेको देखिन्छ”, उहाँले भन्नुभयो, “एचआइभी सङ्क्रमित हुनु जीवनको अन्त्य होइन नयाँ जीवनको सुरुआत हो भन्ने चेतना समाजमा अझै पुग्न बाँकी देखिन्छ ।” नियमित औषधि सेवन गर्न, रोग नलुकाउन र आफू सङ्क्रमित भए पनि अरू सङ्क्रमित नहुन् भन्ने जनचेतना ग्रामीण भेगसम्म पुर्याउन आवश्यक रहेको पौडेलले बताउनुभयो । “सङ्क्रमित भएपछि जीवन सहजरूपमा चलाउन सकिन्छ, सङ्क्रमितले पनि उपचार अवसर र साथ पाएमा लामो समयसम्म बाँचेर समाज परिवर्तन गर्न सक्छन्”, उहाँले भन्नुभयो । रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग


  • Advertisement

    समाचार
  • १

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • २

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ३

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ४

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ५

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ६

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • ७

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • ८

    मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

  • ९

    वन उद्यममा जोडिँदै नवलपुरका महिला

  • १०

    नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution