
सिंगापुर ।एसियाली बजारमा बिहीबार कच्चा तेलको भाउ बढेको छ । बिहानी कारोबारमा तेलको भाउ करिब एक डलरले घटेको थियो । मध्य पूर्वमा तनाव भड्किरहँदा अमेरिकामा कच्चा तेलको सञ्चिति बढेको खबरको प्रभाव उल्ट्याउँदै तेल बजार उकालो लागेको हो ।यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार मध्याह्न १२ बजे अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सस इन्टरमिडियटको भाउ शून्य दशमलव ६८ प्रतिशतले बढेर प्रतिब्यारे ७१ डलर ७४ सेन्टमा पुगेको थियो । तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ पनि शून्य दशमलव ७ प्रतिशतको वृद्धिसहित प्रतिब्यारेल ७७ डलर २३ सेन्ट कायम भएको थियो ।
जनवरी ५ मा सकिएको हप्तामा अमेरिकामा कच्चा तेलको सञ्चिति १३ लाख ब्यारेलले बढेर ४३ करोड ४२ लाख ब्यारेलमा पुगेको बुधबार अमेरिकाको ऊर्जा सूचना प्रशासनले जारी गरेको तथ्याङ्कले देखाएको थियो । बुधबार नै हुथीहरुले लाल सागर भएर जाने ढुवानी जहाजमा अहिलेसम्मकै ठुलो आक्रमण गरेका थिए ।
आक्रमण जारी रहेमा थप कदम चाल्ने अमेरिका र बेलायतले सङ्केत गरेका छन् । संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले पनि आक्रमण तत्कालै अन्त्य गर्ने माग गर्दै रिजोलुशन जारी गरेको छ । बुधबार दक्षिण र मध्य गाजामा इजरायली आक्रमण चर्किएको थियो । रासस
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१