• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन २१, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

२

कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

३

नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

४

नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

५

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

६

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

७

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

८

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

९

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

१०

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

११

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

१२

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    बिटुमिन नहुँदा नारायणगढ-बुटवल सडकको कालोपत्रको काम रोकियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८० माघ १२, शुक्रबार (२ साल अघि)
    TP_Nawalpur-_0384

    Advertisement

    नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल खण्डमा पर्ने नवलपुरको सडकमा कालोपत्रको काम रोकिएको छ । कालोपत्रका लागि आवश्यक लकच्चा पदार्थ ‘बिटुमिन’ सकिएपछि काम रोकिएको नारायणगढ-बुटवल सडक विस्तार योजना पूर्वी खण्डले जनाएको छ । “यस खण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्न मिल्ने गरी तयारी भइसकेको छ”, योजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले भन्नुभयो, “भारतबाट आउनुपर्ने बिटुमिन भन्सारमा रोकिएको कारण कालोपत्रको काम हुन नसकेको हो ।”

    बिटुमिन आएलगत्तै कालोपत्र गर्ने गरी निर्माण व्यवसायी तयारी अवस्थामा रहेको भन्दै खनालले आठ किलोमिटर कालोपत्र गर्ने बेलासम्म थप आठ किलोमिटर सडक कालोपत्र गर्ने तयारीमा पुग्ने बताउनुभयो । “अहिले सडकमा बेस र सब बेस (खनिएको सडकमा माटोले पुर्दै कालोपत्र गर्ने चरणमा पु¥याउने अवस्था)को काम तथा नाली निर्माण भइरहेका छन्”, उहाँले भन्नुभयो, “निर्माण कम्पनीको मासिक प्रगति विवरण हेर्दा अहिले दैनिक एक हजार तीन सय जना कामदार लगाएर सडक विस्तार भइरहेको पाएका छौँ ।”

    सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका ठेक्का सह–व्यवस्थापक राकेश झाले सडक कालोपत्र गर्न प्रयोग गरिने बिटुमिन भन्सारमा आइसकेको जनाउनुभयो । “हाम्रो डण्डामा रहेको अक्सपाल्ट प्लान्टमा बिटुमिन सकिएर कालोपत्र गर्नका लागि अक्सपाल्ट निर्माण गर्न सकेका छैनौँ” उहाँले भन्नुभयो, “बिटुमिन भन्सारमा आइसकेको जानकारी पाएका छौँ, केही औपचारिकता पछि नेपाल भित्रिन्छ ।” बिटुमिन आएलगत्तै कालोपत्र सुरु हुने झाको भनाइ छ ।

    अक्सपाल्ट प्लाण्टमा बिटुमिन आएपछि एकदुई दिन अक्सपाल्ट तताउन समय लाग्ने भन्दै झाले त्यसलगत्तै कामले तीव्रता पाउने बताउनुभयो । अहिले कावासोती, प्रगतिनगरलगायतका ठाउँको सडकमा बेस र सब बेस राख्ने काम भइरहेको उहाँको भनाइ छ । दोस्रोपटक थप भएको म्याद सकिने बेला असार मसान्तसम्म ७० प्रतिशतभन्दा बढी सडक विस्तारको भौतिक प्रगति हुनेगरी काम भइरहेको झाको भनाइ छ ।

    योजनाको पूर्वीखण्डमा पर्ने गैँडकोटको पुलचोकदेखि दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकमा पहिले एकतर्फी कालोपत्र गर्ने गरी काम अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिइएको खनालको भनाइ छ । “एकैपटकमा दुईतर्फी कालोपत्रको काम गर्दा यात्रामा समस्या देखिएकाले पहिले एकतर्फी कालोपत्र गरेर यात्रालाई सहज बनाउन निर्देशन भएको छ”, उहाँले भन्नुभयो, “यस वर्ष एकतर्फी कालोपत्रको काम सकाउने गरी निर्माण पक्ष लागेका छन् ।” पूर्वी खण्डमा हालसम्म २१ किलोमिटरमात्र एकतर्फी सडक निर्माण सकिएको उहाँको भनाइ छ ।

    सडक विस्तारका क्रममा नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डमा निर्माण हुने १२ वटा मेजर ब्रिज ९ठूला पुल०मध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको छ । सूचना अधिकारी खनालका अनुसार झराही खोलाको पुल र कावासोती खोलाको पुल निर्माण सम्पन्न भएको हो । “निर्माण सम्पन्न भएका दुई वटा पुलमा सवारीसाधन सञ्चालनमा ल्याइएको छैन” उहाँले भन्नुभयो, “बाँकी १० वटा पुलमा फाउण्डेसन ९जगको पिल्लर० निर्माण गर्ने काम सकिएको छ अब बिम राख्नमात्रै बाँकी छ ।”

    ठूला पुलको लागि पुलभन्दा बाहिरै सडकमा बिम निर्माण गरिएको उल्लेख गर्दै खनालले बिम उठाएर पुलको फाउण्डेसनमा लगेर जोड्ने क्रेन उपलब्ध नहुँदा बिम जोड्ने काम प्रभावित भएको बताउनुभयो । “पुलभन्दा बाहिर बिम निर्माण गर्दा काम चाँडो हुने भएकाले निर्माण पक्षले सडकमा बिम निर्माण गरेको छ” उहाँले भन्नुभयो, “सबै पुलको बिम निर्माण भइसकेका छन्, क्रेन ल्याएर एकैपटकमा बिम राख्ने काम हुन्छ ।” यस खण्डमा निर्माण हुने २२ वटा माइनर ब्रिज ९साना पुल०मध्ये २१ वटा पुल निर्माण सम्पन्न भएको भन्दै अरुणखोलामा पर्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

    यस खण्डमा पर्ने दाउन्नेमा पाँच किलोमिटर सडक भौगोलिक अवस्थाका कारण तीन लेनको हुनेछ भने अन्य ठाउँमा चार लेनमा सडक विस्तार भइरहेको छ । सहरी क्षेत्रमा भने अतिरिक्त दुई लेन सडक विस्तार गर्ने गरी काम अघि बढिरहेको छ ।

    गैँडाकोट(दाउन्ने सडक खण्डमा पर्ने ६५ किलोमिटर खण्डको लागत रु नौ अर्ब १३ करोड १८ लाख ९५ हजार रहेको छ । एशियाली विकास बैंकको ८५ प्रतिशत ऋण सहयोगमा विसं २०७५ माघ २४ मा चीनको चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सडक विस्तारको काम सुरु गरिएको हो ।रासस

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना


  • Advertisement

    समाचार
  • १

    नारायणी नदीको बाढीबाट एक हजार १५० मिटर तटबन्धमा क्षति

  • २

    कावासोती यातायातमा डिजिटल लिखित परीक्षाः लाइसेन्स बनाउने सेवाग्राहीको चाप बढ्यो

  • ३

    नारायणघाट–बुटवल सडकखण्डमा बाँदर वारपार गर्ने आकासे झोलुङ्गे पुल निर्माण गरिने

  • ४

    नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

  • ५

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • ६

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ७

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ८

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ९

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • १०

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution