• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन ४, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

२

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

३

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

४

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

५

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

६

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

७

उ मर्यो रे ?

८

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

९

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

१०

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

११

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

१२

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ चैत्र २९, शनिबार (६ साल अघि)
    kuhieko-chamala01

    Advertisement

    कावासोती । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले शुक्रबारदेखि राहतस्वरूप वितरण गरेको चामल कुहिएको र कम तौलको भेटिएपछि छानबिन गर्न समिति गठन भएको छ । राहतका नाममा गरिबलाई कुहिएको चामल दिएको भन्दै स्थानीयले उक्त चामल नगरपालिका अगाडि लगेर फ्याँकेपछि चौतर्फी आलोचना बढेको थियो । जिल्ला प्रशासनले उक्त खाद्यान्न वितरणमा रोकसमेत लगाएको छ । प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले प्रशासकीय अधिकृत सागर गौतमको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् । समितिमा घरेलु तथा साना उद्योगका प्रमुख, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च र उद्योग वाणिज्य संघका प्रतिनिधि छन् । ‘समितिले चामल र सोयाबिनको स्याम्पल (नमुना) लिएर गुणस्तर मापन गर्न क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाइसकेको छ’ समिति संयोजक गौतमले भने–‘कुहिएको र गुणस्तरहीनको गुनासो आएपछि बाँड्न पनि रोक लगाइसक्यौँ ।’

    १८ वटा वडा रहेको नगरपालिकाले कुल २३ सय विपन्नलाई राहत वितरण गर्न खाद्यान्न सामग्री खरिद गरेको थियो । शुक्रबार बिहान वडा नं. ६ र ११ मा वितरण गरिएको खाद्यान्न गुणस्तरहीन भएको पाइएपछि नगरपालिकाले सबै वडामा राहत बाँड्न रोक लगाएको हो । पाँच जनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाविन र दुई वटा सावुन वितरण गर्ने गरी नगरपालिकाले राहत सामग्री प्याकिङ गरेको थियो । दुई जनासम्मको परिवारलाई पाँच केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो । तौलका क्रममा १० केजी चामलमा एक केजी र ५ केजीमा आधा केजी चामल कम देखिएको उपप्रमुख रम्भा कुँवरले स्वीकार गरिन् । नगरपालिकाले गरिब तथा विपन्नको तथ्यांक संकलन गरी शुक्रबारदेखि वडामार्फत खाद्यान्न वितरण सुरु गरेको थियो । पाँच जनासम्मको परिवारलाई १० केजी चामल, एक केजी दाल, आधा लिटर तेल, आधा केजी सोयाबिन र दुईवटा साबुन वितरण गर्नेगरी नगरपालिकाले राहत सामग्री प्याकिङ गरेको थियो । दुई जनासम्मको परिवारलाई पाँच केजी चामल र सोही अनुसारका अन्य खाद्य सामाग्री राहत बाँड्न पठाइएको थियो । गुणस्तरहीन चामल र सोयाबिन बाँडेपछि विपन्नहरुले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै नगरपालिकासँग आक्रोश पोखेका छन् । रामग्राम नगरपालिका–११ पाडाटिकरका ओमप्रकाश मुसहरले नगरपालिकाले दिएको चामल गन्हाएर खानै नसकिने खालको भएकाले नगरपालिकाको कार्यालयमै लगेर फ्याँकिदिएको बताए । ‘सोना मनुसली भनेर दिएको चामल मोटा रहेछ, त्यो पनि कुहिएर गन्हाउने’–मुसहरले भने–‘राहतका नाममा गरिबलाई हेप्ने काम भयो ।’ नगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक एवं रामग्राम १५ का वडा अध्यक्ष धनपत यादवले आफू र समितिसँग कुनै छलफल र समन्वय नगरी राहत सामग्री खरिद गरेर बाँडिएको बताए । वडा नं. ११ का अध्यक्ष बमबहादुर थारुले वडाले नभई नगरपालिकाले नै प्याकिङ गरेर राहत पठाएको बताए । नगरपालिकाले दुई सय ५० क्विन्टल चामल परासीस्थित राजेश राइस मिलबाट खरिद गरेको हो। १० लाखमा खरिद गरिएको चामलको मूल्य प्रतिकेजी ४० रुपैयाँमा खरिद गरिएको प्रमुख प्रशासकीय अधिकृत रुद्रप्रसाद रेग्मीले बताए ।

    चामल गुणस्तरहीन रहेको जानकारी आएकाले गुणस्तर मापन गरेर राहत वितरण गरिने नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए । ‘स्थानीय व्यापारीलाई राम्रो चामल प्याक गरेर पठाउन भनेका थियौँ, सुरुमा राम्रै चामल देखाएका थिए, पठाउँदा नराम्रो पठाएछन्’ नगरप्रमुख गुप्ताले भने, ‘दोषीलाई कारबाही गरिन्छ ।’ चामल उपलब्ध गराएका व्यवसायी पटवारी बनियाँले पुरानो धानको चामल रहेकोले कमसल जस्तो देखिए पनि त्यस्तो नभएको बताए । ‘चित्त नबुझे सबै चामल फिर्ता गरेर अर्को चामल दिन्छु, जानी जानी नराम्रो चामल दिएको छैन ।’

    onlinekhabar.comमा समाचार छ ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते


  • Advertisement

    समाचार
  • १

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • २

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ३

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ४

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ५

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ६

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ७

    उ मर्यो रे ?

  • ८

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • ९

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • १०

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution