• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २७, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

२

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

३

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

४

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

५

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

६

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

७

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

८

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

९

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

१०

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

११

मौलाकालिकाको १८८२ खुड्किला : आस्था र आरोग्यको‘ ‘सर्ट हाइकिङ’

१२

वन उद्यममा जोडिँदै नवलपुरका महिला

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    जाडो छल्न धुलोमा बसेर पढ्छन् बालबालिका

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७७ माघ २२, बिहिबार (५ साल अघि)
    601b60c570eba_899

    Advertisement

    बागलुङ । दिउँसो १ः०० बज्दानबज्दै जनचेतना आधारभूत विद्यालयका बालबालिका जाडोले कठ्याङ्रिन थाल्छन् । भुजीखोला छेउको धुलाम्मे चौरमा बसेर पढ्न विवश ती बालबालिका घाम ओझेलिएपछि घर फर्कन्छन् ।

    बिहान १०ः०० बजेदेखि १ः०० बजेसम्म कक्षा चल्छ, खुला आकाशमुनि । चिसो भुइँ, धुलोको उस्तै कहर । घामै लाग्दा पनि भुजीखोलाको साँठले बेलाबेला हिर्काउँछ । बस्नलाई ओछ्याइएका बोरा र सामानका खोल पनि फाटेर धुजाधुजा छन् । यस्तो कठिन स्थितिमा कसरी पढ्दा हुन् ती कलिला बालबालिका ? ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित उक्त विद्यालयमा पुग्दा जो कोहीको मनमा प्रश्न उब्जन्छ । ‘कक्षाकोठामा सिकाइमैत्री वातावरण’को आदर्श वाक्यले गिज्याइरहेको आभास मिल्छ ।

    गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालयको भवन बगाएपछि बालबालिकालाई खुला चौरमा राखेर पढाउन शिक्षक बाध्य छन् । “बाढीले नामोनिसान नराखी विद्यालय लग्यो, कुनै विकल्प नभएपछि खुला चौरमा राखेर पढाउनुपरेको हो”, विद्यालयका प्रधानाध्यापक रामबहादुर घर्तीमगरले भन्नुभयो ।

    उहाँले अहिले विद्यालयसँग कक्षाको समय जनाउका लागि घण्टीसमेत नभएको पीडा सुनाउनुभयो । कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा अधिकांश दलित समुदाय र न्यून आय भएका परिवारका बालबालिका पढ्छन् । यसै त कमजोर हालतमा रहेका बालबालिकालाई प्राकृतिक विपत्तिले झन मार थपेको छ ।

    चिसो झेल्न न्यानो कपडादेखि पाठ्यपुस्तकलगायत शैक्षिक सामग्रीको अभाव छ । भविष्यका कर्णधार बालबालिका पीडादायी स्थितिबाट गुज्रिरहेका छन् । स्तरीय र बालमैत्री सिकाइको अवसरबाट उनीहरु वञ्चित छन् । प्रअ घर्तीमगरका अनुसार अझै दुई/तीन महिना ती बालबालिका कक्षाकोठामा फर्कन पाउने छैनन् ।

    “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत दुई कोठे भवन बन्दैछ, त्यसैलाई बारबुर पारेर भए पनि कक्षा चलाउनुपर्ला”, उहाँले भन्नुभयो, “तत्काललाई अस्थायी प्रकृतिको टहरा बनाउने भनेर सोचेका थियौँ तर कतैबाट स्रोत जुटेन ।” प्रअ घर्तीमगरले स्थलगत अवलोकनपछि विद्यार्थीको अवस्था देखेका त्यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घ र प्रदेशका सांसदले कुनै सहयोग नगरेकामा दुःखेसो व्यक्त गर्नुभयो ।

    नगरपालिकाले भने ३० थान बेञ्चका लागि बजेट दिएपछि अहिले काम भइरहेको विद्यालयले जनाएको छ । पुनःनिर्माण प्राधिकरणमार्फत बनिरहेको भवन वैशाखसम्म सक्ने लक्ष्य छ । सोही भवनमा तला थपका लागि अमेरिकामा रहेका प्रवासी नेपालीबाट रु २५ लाख बजेटसमेत नगरपालिकाको राहत कोषमा जम्मा भइसकेको जनाइएको छ ।

    भवन बनाउने जग्गा खरिदका लागि पनि सोही ठाउँबाट वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेका प्रवासीले रु ३० लाख विद्यालयलाई उपलब्ध गराएका थिए । शिक्षक जमुना पुनम मगरले चिसो भुइँमा राखेर बालबालिकालाई पठाउँदा साह्रै पीडाबोध हुने गरेको बताउनुभयो ।

    “धेरै गाह्रो अवस्था छ, न बोर्ड छ, न शैक्षिक सामग्री, घाम हुञ्जेलसम्म जेनतेन पठाउँछौँ, त्यसपछि यहाँ बस्नै सकिँदैन, विद्यालय भवन छिटो बन्दियोस् भन्ने लागेको छ”, उहाँले भन्नुभयो”, “पानी परी हालेमा विद्यार्थीले ओत लाउने ठाउँसम्म छैन ।”

    कक्षा २ मा अध्ययनरत अङ्कित विकले दुवाल गाउँदेखि एक घण्टा हिँडेर विद्यालय आउने गरेको बताउनुभयो । जाडो याममा धुलो भुइँमा बसेर पढ्दा गाह्रो भइरहेको सुनाउनुभयो । उक्त विद्यालयमा बाढीमा अभिभावक गुमाएका नौ बालबालिका पढ्छन् । कूल १५० मध्ये अधिकांश बालबालिका बाढीबाट प्रभावित परिवारकै छन् । प्रअ घर्तीमगरलगायत अन्य शिक्षकको परिवार पनि बाढीबाट प्रभावित छन् । प्रअ घर्तीमगरले विद्यालयले भोगिरहेको समस्यामा सम्बद्ध पक्षबाट बेलैमा ध्यान पुग्नुपर्ने र उचित सम्बोधन हुनुपर्ने बताउनुभयो ।

    नगरपालिकाका शिक्षा शाखा प्रमुख धनप्रसाद पोखरेलले विद्यालय पुनःनिर्माणलगायत शैक्षिक सुधारका काममा नगरपालिकाकै नेतृत्वले पहलकदमी लिनुपर्ने बताउनुभयो । “बाढीपीडित राहत कोषमा पनि रकम जम्मा भएको छ, त्यसलाई पनि परिचालन गर्ने र अन्य स्रोत पनि जुटाएर काम अघि बढाउनुपर्छ”, उहाँले भन्नुभयो ।

    नगरपालिकाको राहत कोषमा देशविदेशबाट गरी हालसम्म झण्डै रु दुई करोड ५० लाख जम्मा भएको छ । उक्त रकम बाढी प्रभावित परिवारको पुनःस्थापनामा खर्च गरिने नगरपालिकाले जनाएको छ । सङ्घ र प्रदेश सरकारले पनि पुनःनिर्माणमा सघाउने प्रतिबद्धता जनाएको छ । यसअघि सरकारले पनि बागलुङलाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनःनिर्माण थाल्ने निर्णय गरेको थियो ।

    बाढीले सोही वडाको सरस्वती आधारभूत विद्यालयको तीन कोठा र शौचालय पनि क्षतिग्रस्त बनाएको थियो । कक्षाकोठा अभावमा सो विद्यालयका कक्षा १ र २ का विद्यार्थीलाई सँगै राखेर पढाउने गरिएको छ । भुजीखोलामा आएको बाढीले ठूलो धनजनको क्षति निम्त्याएको थियो । रासस

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना


  • Advertisement

    समाचार
  • १

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • २

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ३

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ४

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ५

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ६

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • ७

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • ८

    स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

  • ९

    भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

  • १०

    नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution