कावासोती । नवलपुर जेसीज बर्ष २०१९ को अध्यक्ष पदका लागी ३ जनाको उमेदवारी परेको छ । सोमबार देखि सुरु भएको अधिबेशनको लागी बिष्णु प्रसाद भुषाल , राधा उपाध्याय र हरि प्रसाद सुबेदीको उमेदवारी परेको निर्वाचन अधिकृत सागर पोख्रेलले जानकारी दिए । त्यस्तै कार्यकारीणी उपाध्यक्षमा ५ जनाको उमेदवारी परेको छ । आवश्यक २ जना कार्यकारीणी उपाध्यक्ष पदका लागी बिष्णु कंडेल , रमेश अधिकारी , नारायण प्रसाद न्यौपाने , प्रकाश बस्ताकोटी र रामचन्द्र लामिछानेको उमेदवारी परेको छ । त्यस्तै आवश्यक ४ जना उपाध्यक्ष पदको लागी ६ जनाको उमेदवारी परेको छ । उपाध्यक्षको लागी भबिश्वर पाण्डे , मित्रलाल पाण्डे ,लोकनाथ सिंखडा ,बिनोद बस्ताकोटी ,हेमराज दाहाल र अनु सिग्देलको उमेदवारी परेको निर्वाचन अधिकृत सागर पोख्रेलले जानकारी दिए । अधिबेशनमा अहिले सर्बसहमतीको लागी प्रयास भईरहेको र सहमती नभएमा भोली बिहान ९ बजे देखि मतदान हुने निर्वाचन अधिकृत पोख्रेलले जानकारी दिए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१