• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण २९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपरासी अमलटारीको होमस्टे नम्बर १३

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ माघ १८, शुक्रबार (७ साल अघि)
    shovaram_2__LWcMO7Vlx4

    Advertisement

    मोहन पौडेल

    काठमाण्डौ – नवलपरासीको अमलटारी । एकै प्रकारका छाना भएका घर । होमस्टे चलाइरहेकाले यहाँ एकै प्रकारका घर बनाइएको हो । यी घरको विशेषता लगभग उस्तै छन् । यहाँ बन्ने खाना उस्तै, बस्दा लाग्ने खर्च उस्तै, स्वागतको तरिका पनि उस्तै । तर घरभित्रका कथा एउटै छैनन् । यस्तै फरक कथा भएको एउटा हो होमस्टे नम्बर १३ ।

    यो होमस्टेका सञ्चालक हुनुहुन्छ, शोभाराम महतो । शोभारामले होमस्टे चलाउन थाल्नुभएको ५ वर्ष भयो । तर उहाँको सपना होमस्टे चलाउने थिएन । कुनै बेला टाइगर टप्स होटलभित्र स्टोर चलाउने सपना थियो । अनि कुनै बेला त्यही होटलको गाडी चलाउने सपना पनि देख्नुभयो ।

    टाइगर टप्स होटलको जागिरे भएपछि शोभारामका सपना म्यानेजरले दिने सुझावका आधारमा फेरिन्थे । ‘म्यानेजरले मलाई तपाईंले आँट गर्ने हो भने स्टोर चलाउन सक्नुहुन्छ भन्दा मलाई पनि सक्छु जस्तो लाग्थ्यो’ शोभारामले सम्झिनुभयो ।

    तर न स्टोर चलाउन पाउनुभयो न त ड्राइभर हुन नै । २०४४ सालको अन्त्यतिरबाट काम गर्न थालेको ६ महिना मात्रै भएको थियो । होटलले दिने सञ्चय कोषको सुविधा पाउन थाल्नुभएको थियो । खेतीको समयमा होटलले कर्मचारीलाई ४५ दिनको बिदा दिन्थ्यो । शोभाराम धान रोप्न घर बिदामा बस्नुभयो ।

    गैंडा लखेट्न जाँदा घाइते

    धान रोपेको केही दिन मात्रै भएको थियो । एक दिन रातीको १०/११ बज्दै थियो । छिमेकीहरुले शोभारामको खेतमा गैंडा पसेको भन्दै हल्ला गरे । निकुञ्ज छेउको बस्ती भएकाले गैंडा आउनु र त्यसलाई लखेटेर जंगलतिरै पठाउनु यो गाउँका बासिन्दाका लागि सामान्य जस्तै थियो ।

    घरमा राँको बाल्न पुल्ठो तयार थियो । छिमेकीले हल्ला गरेपछि शोभाराम पुल्ठो लिएर निस्किनुभयो । केहीदिन अघि रोपिएको धानबारीमा गैंडा पसेको थियो । शोभारामसहित पुगेका ८/९ जनाले खेतबाट गैंडा धपाए । केहीपर पुगेपछि साथीहरुले उहाँलाई अब फर्किंदैन होला भने ।

    पानी पनि पर्न लागेकाले फर्कियौं भनेपछि शोभारामसहित सबै जना फर्किन लागेका थिए । तर गैंडा दौडिएर शोभाराम भएतिरै आयो । शोभारामको हातमा एउटा ठूलो लौरो बाहेक अरु केही थिएन । केहीबेर त्यही लौरो हल्लाउँदै शोभाराम पछाडि सर्दै भाग्न खोज्नुभयो ।

    तर खेतको आलीमा पुगेको शोभारामले पत्तै पाउनुभएन । आलीमा अल्झिएर उहाँ लड्नुभयो । लडेका शोभारामलाई गैंडाले खुट्टामा हान्यो । उहाँको दाहिने खुट्टाको घुँडाभन्दा तल दुई ठाउँमा भाँचियो ।

    शोभारामलाई साथीहरुले बोकेर घर ल्याए । त्यतिबेला अमलटारीमा अहिलेको जस्तो बाटोको सुविधा थिएन । गाडी पनि कुद्दैनथे । त्यहाँका बासिन्दा गाडामा ओहोरदोहोर गर्थे । उहाँलाई पनि अर्को दिन बिहानै गाडामा राखेर डण्डा बजार पुर्‍याइयो । त्यहाँबाट गाडीमा चितवनको भरतपुर अस्पताल ।

    डाक्टरको लापरबाहीले खुट्टा काट्नुपर्‍यो

    डाक्टरले भाँचिएको मात्र हो ठिक हुन्छ भनेपछि शोभाराम ढुक्क हुनुभयो । हेर्ने डाक्टरले के गरेर ठिक पार्छु भनेका हुन शोभारामले बुझ्नुभएन । तर उहाँको उपचार ती डाक्टरले गरेनन् । ‘उनीहरु त्यहाँ सिक्न आउनेहरु थिए होलान्’ शोभाराम भन्नुहुन्छ ।

    ती डाक्टरले शोभारामको खुट्टामा प्लाष्टर गरिदिए । शोभारामलाई अस्पताल पुगेपछि भइरहेको दुखाइ कम हुन्छ भन्ने लागेको थियो । तर ठिक उल्टो भयो । तीन दिनसम्म पनि दुखाइ कम हुनुको साटो बढेपछि उहाँले डाक्टरलाई प्लाष्टर खोलिदिन आग्रह गर्नुभयो । सुरुमा डाक्टरले मानेनन् ।

    ‘म खप्न सक्ने अवस्थामै थिइनँ । त्यसैले नखोलिदिने भए म आफैं काट्छु भनेपछि डाक्टरले खोलिदिए’ शोभारामले भन्नुभयो । तर खुट्टा बिग्रिसकेको थियो । प्लाष्टर हटाएपछि डाक्टरले खुट्टै काट्नुपर्ने बताए । भाँचिएको खुट्टो किन काट्नुपर्ने भयो शोभारामले बुझ्नै सक्नुभएन ।

    उहाँले साथीहरुलाई बोलाउनुभयो । खुट्टा काट्दा मर्छु भन्ने लाग्यो शोभारामलाई । त्यसैले आत्तिएर साथीहरुलाई बोलाउनुभएको थियो । भरतपुर अस्पतालका डाक्टरले खुट्टा नकाटी नहुने बताएपछि शोभारामलाई आमा र साथीहरुले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा ल्याए ।

    उतिबेलै नचल्ने भएको शोभाराम महतोको खुट्टाको मासी पनि बिग्रिसकेको बताए डाक्टरले । डाक्टरले दुई दिन अगाडि आएको भए, नकाट्दा पनि उपचार सम्भव थियो भनेपछि शोभारामलाई भरतपुरमा आफूलाई खुट्टामा प्लाष्टर गरिदिने डाक्टरको लापरवाही सम्झना आयो ।

    तर पछुताउनु बाहेक उहाँसँग अर्को विकल्प थिएन । शोभाराम जे नहोस् भन्ने चाहनुहुन्थ्यो त्यही भयो । उहाँ काठमाण्डौ पुग्न पाए खुट्टा काट्नु पर्दैनथ्यो भन्ने आशमा हुनुहुन्थ्यो । तर उहाँको आशा पूरा भएन । डाक्टरले शोभारामको खुट्टा काटिदिए ।

    ६ महिना शोभारामले शिक्षण अस्पतालमै उपचार गराउनुभयो । ६ महिनापछि घर फर्किएका शोभारामलाई टाइगर टप्स होटलले उपचारको खर्च दिन सिधै होटलमा बोलाएको थियो । तर गाडीको सुविधा नभएकाले अर्को दिन होटल पुग्नुभयो । होटलले उपचार खर्च त बेहोर्‍यो नै, सकुञ्जेल काम दिने बाचा पनि गर्‍यो ।

    एउटा खुट्टा गुमाएका शोभाले एउटा खुट्टाको आत्मबलमा झण्डै २८ वर्ष कुकको जागिर खानुभयो । जागिरबाट अवकाश पाएको दुई वर्ष भयो । अवकाश लिएर निस्किँदा उहाँले उपदान र सञ्चय कोषको पैसा, क्षतिपूर्ति पनि पाउनुभयो ।

    उपचार खर्च सबै दिएको टाइगर टप्सले जागिरबाट निस्किँदा तीन लाख रुपैयाँ पनि दिएको थियो उहाँलाई । अहिले उहाँ घरमा बनाएको होमस्टे सम्हालेर बस्नुभएको छ ।

    शोभारामको दैनिकी

    ‘खुट्टा गुमाएँ भनेर सोचेर बस्दिनँ, जे हुनु थियो भइहाल्यो अब त्यसकै बारेमा सोचेर के गर्नु’ शोभाराम भन्नुहुन्छ । ६० वर्षका शोभारामको दैनिकी अहिले होमस्टेमा आउने पाहुनाहरुसँग गफ गर्दै, कहिलेकाहीँ भैंसी चराउँदै अनि कहिले दाम्लो बाट्दै बित्छ ।

    शारीरिक रुपले पहिलाको जस्तो बल छैन । तर शोभारामको आँट मरेको छैन । उहाँ घरमा आएका पाहुनालाई खाना र खाजा आफैं पकाइदिनुहुन्छ । तीन लाख खर्च गरेर सुरु गरेको होमस्टेबाट अहिले महिनामा १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी हुन्छ ।

    ‘दुई वटा कोठाको १२ सय रुपैयाँ, सादा खाना १३० रुपैयाँ, अनि मासु खानामो २५० रुपैयाँ छ । यदी पाहुनाले आफ्नो इच्छा अनुसार हाँस कुखुरा बनाउन लगाए भने त्यही अनुसारको पैसा लिन्छौं ।’ शोभारामले आम्दानीको मेलो पनि सुनाउनुभयो ।

    खुट्टा नहुँदा गुमेको अवसर

    उहाँ सानो छँदा छोराछोरीलाई पढाउने चलन थिएन । त्यसमा पनि शोभारामका बुवाआमा अरुको घरमा काम गर्नुहुन्थ्यो । तर पनि राती राती अरुले पढेको ठाउँमा गएर शोभारामले अक्षर चिन्नुभयो ।

    आफ्नो नाम लेख्न सक्ने हुनुभयो । पढाइ नभएकाले मात्रै होइन खुट्टा पनि काटिएपछि टाइगर टप्सभित्र स्टोर चलाउने मौका पनि हातबाट उम्कियो । ‘म्यानेजर भनेको थियो तर मलाई नै आँट आएन उबेला’ शोभाराम भन्नुहुन्छ ।

    उहाँलाई ड्राइभर हुने पनि रहर थियो । टाइगर टप्समा काम गर्न थालेपछि म्यानेजरले आँट पनि दिएका थिए । त्यसले शोभाराम ड्राइभर हुन पाए भन्ने कल्पना गर्नुहुन्थ्यो । तर त्यो कल्पना बिपना हुन पाएन । ‘एउटा खुट्टाले बे्रक दबाउनु कि एक्सिलेटर ?’ अघिसम्म सललल बगेको शोभारामको बोली रोकियो ।

    यो चिन्ता एकछिनको मात्रै थियो । केहीबेरपछि शोभारामले फेरि आफ्नो दृढ विश्वासले गर्न सकेका कामको फेहरिस्तलाई टुङ्ग्याउँदै भन्नुभयो, ‘एउटा खुट्टाकै भरले घर धानेर छोराहरुलाई पढाएर जागिरे बनाएँ ।’

    http://unn.com.np/story/14741साभार

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution