• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ आश्विन २, बिहिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

२

मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

३

कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

४

लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

५

‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

६

ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

७

गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

८

बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

९

कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

१०

गोरखामा ४ म्याग्निच्युडको भूकम्प

११

प्रधानमन्त्री ओली चीन प्रस्थान

१२

कार रुखमा ठोक्किँदा चिकित्सकको मृत्यु

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    यस्तो छ मधुमेहदेखि रुघाखोकी सम्मका लागि उपयोगी घरेलु उपचार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७५ फागुन २३, बिहिबार (६ साल अघि)
    MP-varsity-signs-MoU-with-AIMIL-to-develop-Ayurveda-drugs-using-nanotechnology

    Advertisement

    हाम्रो घर-भान्सा, बगैंचा, करेसाबारी ओखतीको भण्डार हो । त्यहाँ यस्ता अनेकौ ओखती हुन्छन्, जसले बिना साइडइफेक्ट कुनैपनि रोगबाट हामीलाई मुक्त गराउँछ ।

    तर, जब हाछ्युँ आउँछ, हामी औषधी पसल खोज्न थाल्छौं । जब मधुमहेको लक्षण देखापर्छ, अस्पताल धाउन थाल्छौं । जबकी भान्सा, बगैंचाप्रति हाम्रो ध्यान जाँदैनौ । एक त हामीले घरेलु औषधी पहिचान गर्न सकेका छैनौ, दोस्रो त्यसलाई प्रयोग गर्ने विधी जानेका छैनौ ।

    कस्ता घरेलु ओखती, कुन रोगमा प्रयोग गर्ने ?

    कब्जियत भएमाः हर्रो, बर्रो र अमलाबाट निर्मित त्रिफला चूर्ण ३ देखि ६ ग्राम राति सुत्ने बेलामा मनतातो पानीसँग खाँदा फाइदा गर्छ ।

    झाडापखला लागेमा : बेलको काँचो फलको गुदी आगोमा पकाएर महसँग पाउडर (चूर्ण) तीन देखि छ ग्राम, रस १०-२० मि.लि. खानाले दिसाको साथमा रगतआउने, रगतमासी एवं अर्शमा समेत हितकर हुन्छ । साधरण झाडापखलामा जिराको धुलो ३ ग्राम प्रयोग गर्न सकिन्छ ।

    वाकवाकी एवं बान्ता भएमा : वाकवाकी, उल्टी हुदाँ दालचिनि वा सुकमेल प्रयोग गर्न सकिन्छ । शुद्ध दालचिनी वा सुकमेलको धुलो १-३ ग्राम प्रयोग गर्न सकिन्छ । अदुवाको रस वा सुकेको अदुवाको धुलो प्रयोग गर्न सकिन्छ ।

    पेट दुखेमा वा पेटमा ग्यास भरिएमा : ज्वानोको धुलो तीन देखि पाँच ग्राम प्रतिदिन दुइपटक कुनै खाना वा अन्य पेयपदार्थमा राखेर प्रयोग गर्न सक्नु हुन्छ । पुदिनाको स्वरस १०-२० मि.ली. र लेदो एक देखि तीन ग्राम प्रयोग गर्न सकिन्छ । बोझो चूर्ण एबं धुलो १२५ देखि ५०० मिग्रा र टुक्रा ५०० मिग्रा प्रयोग गर्न एवं चुस्न सकिन्छ । टिमुरको धुलो अजीर्ण र ग्यास हटाउन एक देखि दुई ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । बच्चाहरूको साधारण पेट दुखाईमा, अजिर्ण, अरूची रोगमा तुलसीको पातको रस र अदुवाको रस मिसाएर दिंदा फाइदा हुन्छ ।

    ग्याष्ट्रिक (अम्लपित्त भएमा) : अमला मेथी, कुरिलो जराको धुलो, जेठि मधुको यी मध्ये कुनै एक जडिबुटीको धुलो अम्लपित्त भएको अवस्थामा तीन ग्राम सम्म साँझ बिहान प्रयोग गर्दा उपयोगी हुन्छ । आयुर्वेदिक औषधि अभिपत्तिकर चुर्ण तीन देखि छ ग्राम साँझ बिहान प्रयोग गर्न सकिन्छ ।

    रुघाखोकी लागेमा : असुरोको पात वा फुलको रस १० देखि १५ मिलिलिटर र सुपको रुपमा ४० देखि ८० मिलि प्रयोग गर्न सकिन्छ । ताजापातको रस निचोरेर मह वा अदुवाको रससँग मिलाएर खाने गर्दा पुरानो खोकीको लागि उपयोगि हुन्छ ।

    रुघाखोकी लाग्दा ज्वानोको झोल बनाएर खाने चलन पनि छ किनकि ज्वानोको झोलले खकार निकाल्न मद्दत गर्छ ।  अदुवाको धुलो दुई देखि तीन ग्राम दिनको दुईपटक श्वास प्रश्वास समस्याहरुमा प्रयोग गर्ने सकिन्छ । सफा तुलसीको पातलाई पिनेर प्राप्त हुने रस (पाँच देखि दश मि.लि.) मा मह मिसाएर दिनको दुई देखि तीन पटक सेवन गर्दा सर्दी, खोकी, रूघा, निमोनिया, दम, आदिमा प्रभावकारी हुन्छ ।

    रक्तचाप बढेमा : जटामासी, निम वा सर्पगन्धा जडिबुटीको धुलो एक देखि तीन ग्राम साँझ बिहान प्रयोग गर्दा फाइदा हुन्छ । लसुनको लेदो एक देखि दुई ग्राम नियमित सेवन गर्दा रक्तचाप घटाउन फाइदा गर्छ ।

    मधुमेह (चिनी रोग बढेमा) : चिनी रोगीहरुले मेथीको रस खाने बानी गर्ने । मधुमेह तथा पिसाब सम्बन्धी रोगमा तुलसीको बिजलाई पिधेर तयार गरिएको एक देखि तीन ग्राम लेदोलाई दिनमा दुई पटक सेवन गर्दा पनि फाइदा गर्छ । गुर्जोको लहरा, तेजपात, बेसार आदिको धुलो तीन ग्राम सम्म नियमित रुपमा प्रयोग गर्दा फाइदा हुन्छ ।

    तर कुनै जटिल स्वास्थ्य समस्या आउँदा र औषधि किनेर सेवन गर्नुपर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीहरुसँग सल्लाह गर्न जरुरी छ । आयुर्वेदिक औषधिहरु प्रयोग गर्दा खानपानलाई पनि ध्यानदिनु जरुरी छ ।

    मधुमेह, उच्च रक्तचाप र अन्य जिर्ण रोगीहरुले आहारविहारलाई ध्यान नराखी औषधि वा जडिबुटीको धुलो मात्र सेवन गर्दा प्रभावकारी हुँदैन । जडिबुटीको विश्वासमा परेर धेरै दिनसम्म खुला रहेका, म्याद नाघेका र गन्ध एवं स्वाद बिग्रेका जडिबुटी प्रयोग गर्दा झन् स्वास्थ्यलाई असर पार्न सक्दछ । यसबारे पनि सचेत हुन जरुरी छ ।

    लेखक आयुर्वेदिक चिकित्सक एंव जनस्वास्थ्य प्रशासक हुन्

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अन्य सम्बन्धि थप
  • २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते


  • Advertisement

    समाचार
  • १

    २०५० सालमा बनेको नगरप्रमुख विष्णु प्रसाद भुसालको घर भग्नावशेष : श्रीमती र बुहारीका गहना लुटियो, नातिहरूका किताब–जुत्ता खरानी

  • २

    मध्यबिन्दु नगर प्रमुख भिमलाल अधिकारीको पीडादायी भनाइ : “म मेरो घर मात्र गुमाएको छैन, यो त मध्यबिन्दुवासीकै घर हो”

  • ३

    कावासोती नगरपालिकामा हरित ऊर्जा अभियानको नयाँ सुरुवात

  • ४

    लोकाहामा ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु, दुईजना घाइते

  • ५

    ‘बुलेटप्रुफ’ रेल चढेर सैन्य परेडमा सहभागी हुन चीन पुगे किम जोङ उन

  • ६

    ढोरपाटनमा पर्यटक बढेपछि घोडा व्यवसाय फस्टाउँदै

  • ७

    गाली गर्नेलाई पनि हर्कको ‘आइ लभ यु’

  • ८

    बागमती सरकारले सवारी लाइसेन्स छपाइ गर्ने, ५ स्थानमा मेसिन जडान गरिँदै

  • ९

    कालीगण्डकी डाइभर्सन रोक्न गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीलाई ज्ञापनपत्र

  • १०

    गोरखामा ४ म्याग्निच्युडको भूकम्प

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution