• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १७, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

२

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

३

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

४

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

५

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

६

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

७

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

८

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

९

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

१०

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

११

उ मर्यो रे ?

१२

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ श्रावण २८, बिहिबार (१ महिना अघि)
    05

    Advertisement

    कावासोती । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा आर्थिक वर्ष २०८२/०८३ मा अपराधका घटना र मुद्दा दर्ताको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकले जिल्लामा अपराधका विभिन्न स्वरूप बढ्दै गएको देखाएको हो। प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाभर ५५६ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये सबैभन्दा बढी मुद्दा कावासोती नगरपालिकामा २०३ वटा दर्ता भएका छन् भने सबैभन्दा कम बौदीकाली गाउँपालिकामा २ वटा मुद्दा दर्ता भएका छन्।

    अपराधका मुद्दा बढेसँगै पक्राउ पर्ने प्रतिवादीको संख्या पनि बढेको छ। प्रहरीका अनुसार यस अवधिमा विभिन्न मुद्दामा ४६१ जना प्रतिवादी पक्राउ परेका छन्।  जिल्लामा दर्ता भएका अपराधका प्रकृतिमध्ये बैंकिङ कसुर, लागुऔषध, जबर्जस्ती करणी, सवारी ज्यान र कर्तव्य ज्यानका मुद्दा अघिल्लो वर्षको तुलनामा बढेका छन्। आर्थिक वर्ष २०८२/०८३ मा बैंकिङ कसुरका ७१ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो मुद्दा ४३ वटा मात्रै थियो। अर्थात् एक वर्षमै बैंकिङ कसुरका मुद्दा उल्लेख्य रूपमा बढेका छन्।

    त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा लागुऔषधका ५२, सवारी ज्यानका ५८ , जबर्जस्ती करणीका २८ र कर्तव्य ज्यानका ११ वटा मुद्दा दर्ता भएका छन्। अघिल्लो आर्थिक वर्षमा यी मुद्दा क्रमशः ३२, २५, १४ र ५ वटा थिए। तथ्यांकले नवलपुरमा परम्परागत अपराधसँगै आर्थिक तथा वित्तीय प्रकृतिका अपराध पनि बढ्दै गएको देखाएको छ। विशेषगरी बैंकिङ कसुरका मुद्दामा भएको वृद्धिले जिल्लामा चेक अनादर, वित्तीय कारोबार तथा अन्य आर्थिक विवादसँग सम्बन्धित अपराधको दबाब बढेको संकेत गरेको छ। अपराध अनुसन्धानसँगै फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ। आर्थिक वर्ष २०८२/०८३ मा फैसला कार्यान्वयनका क्रममा पक्राउ परेका व्यक्तिहरूबाट ४३ वर्ष २ महिना २० दिन कैद तथा रु. १६ लाख ४२ हजार ९६१ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालयको विवरणमा उल्लेख छ। यसले अदालतबाट फैसला भइसकेका मुद्दाको कार्यान्वयनमा समेत प्रहरीले सक्रियता बढाएको देखाउँछ।

    अपराध नियन्त्रण र अनुसन्धानसँगै प्रहरीले अवैध गतिविधिबाट हुने राजस्व चुहावट नियन्त्रणमा पनि उल्लेख्य रकम संकलन गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा भन्सार छलीतर्फ रु. ३ करोड ३९ लाख १८ हजार ६९१ बराबरको राजस्व संकलन भएको छ। प्रहरीको विवरणअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा भन्सार छलीतर्फको राजस्व संकलन १९५.२६ प्रतिशतले बढेको हो। त्यस्तै, अवैध नदीजन्य पदार्थ नियन्त्रणतर्फ रु. ४० लाख ५८ हजार २०० राजस्व संकलन भएको छ। यस शीर्षकमा अघिल्लो आर्थिक वर्षको तुलनामा १२६.४५ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।

    समग्र तथ्यांकले नवलपुरमा एक वर्षको अवधिमा अपराधका मुद्दा मात्र बढेका छैनन्, अपराधका प्रकृतिमा समेत परिवर्तन देखिएको छ। विशेषगरी बैंकिङ कसुर र लागुऔषधजस्ता अपराधको वृद्धि चिन्ताको विषय बनेको छ भने भन्सार छली तथा अवैध नदीजन्य पदार्थ नियन्त्रणबाट ठूलो परिमाणमा राजस्व संकलन भएको देखिन्छ। प्रहरीले सार्वजनिक गरेको विवरणले जिल्लामा अपराध अनुसन्धान, फैसला कार्यान्वयन तथा अवैध गतिविधि नियन्त्रणलाई समानान्तर रूपमा अघि बढाउँदै लगेको देखाए पनि बढ्दो अपराधका कारण र त्यसको दीर्घकालीन नियन्त्रणका उपाय भने थप गम्भीर बहसको विषय बनेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी


  • Advertisement

    समाचार
  • १

    बौदीकाली गाउँपालिकाको अनुरोधमा डा. गोपाल खनाल आफ्नै जन्मभूमिको अस्पतालमा सेवा गर्न फर्किए

  • २

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • ३

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ४

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ५

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ६

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ७

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ८

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ९

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • १०

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution