• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८२ माघ २७, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

२

बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

३

भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

४

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

५

रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

६

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

७

एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

८

नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

९

बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

१०

पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

११

नारायणी नदी आसपासका क्षेत्रमा ४२ प्रजातिका चरा भेटिए

१२

आज देशभर उम्मेदवारी दर्ता हुँदै

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ‘पच्चीस लाल’ सुन दाइजोका लागि निर्मलाको घाँटी निमोठियो (भिडियो सहित)

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७६ बैशाख २३, सोमबार (६ साल अघि)
    nirmala-sirahaa-dit

    Advertisement

    -प्रमोद साह / रामभरोसी यादव । जनता समाचार

    लाउँलाउ–खाउँखाउँ भन्ने उमेर थियो मनिषा मण्डलको । विवाह गरेर ससुराल आएपछि घरधन्दाको बुहार्तन झेलेकै थिइन् । तर माइतीले दाइजोमा चार आना अर्थात २५ लाल सुन थप्न सकेनन् । परिणाम यस्तो भयो कि सिंगो समाज मर्माहत बन्नु प¥यो । घरभित्रै निर्मलाको घाँटी निमोठियो । २ दिन लाश लुकाएर राखियो । मनिषाको मृत शरीर पोष्टमार्टमका लागि लैजाँदा धर्तीभन्दा गह्रुंगो भयो उचाल्न । संसारमा सबैभन्दा गहु्रंगो भारी नै सन्तानको लाश उचाल्नु हो । यो सिरहाको प्रसंग हो, प्रदेश नम्बर २ को ।

    सिरहा कल्याणपुर नगरपालिका ८ की कञ्चन मण्डलले पनि जिउँदै आगोमा डढ्नु प¥यो । वैशाख १२ गते सामान्य घरायसी झगडा र भनावैरीको परिणाम यति भयानक होला भन्ने कञ्चनले सोचेकी थिइनन् । कञ्चनका पति बेचन मण्डलले मट्टितेल खन्याएर आगो झोसेपछि कञ्चनको जीवनलीला समाप्त भयो ।

    प्रदेश २ मा महिलाविरुद्धको हिंसाका घटनाका आततायी रुप बाक्लै देखिन थालेको छ । प्रदेश २ मा देखिएका महिलाविरुद्धको हिंसाका घटनाहरु २१ औंैं शताब्दीको सभ्य र सुसँस्कृत समाजसँग मेल खादैन । घटनाक्रममा समाजको कुरुपता देखिन्छ । मानवीय चित्कार सुनिन्छ । मध्ययुगीन जंगली बर्बरता अनुभूति हुन्छ ।

    संविधान र समाजबीच ठूलो विरोधाभाष
    लैङ्किक हिंसाको दृष्टिबाट समाज बर्वर

    लगातार भइरहेको घटनाहरु हृदयविदारक मात्रै छैनन् । तथ्याङ्गले समाजको झन् भयावह अवस्था दर्शाउँछ । प्रदेश नमबर २ का ८ जिल्लाहरु । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा । यी ८ जिल्लामा २०७५ मा भएका महिला हिंसाका घटनाहरु केलाएर हेर्दा संविधानले परिकल्पना गरेको लैङ्किक समतामूलक र सामाजिक सुरक्षासहितको समाज र समाजको वास्तविकतामा स्पष्ट विरोधाभाष देखिन्छ ।

    ‘मिथिलाके धिया सीया जगत जननी भइल ’ मिथिलामा नारी कति सम्मानीत हुन्थे ? यो गीतले पुष्टि गर्छ । तर विकासक्रममा समाज कसरी ‘दाइजो’ चक्रमा फस्यो ? सुन्दर सुखी घरवारसहित दाम्पत्य जीवन जिउने बाचा बन्धनसहित विवाह गरेर भित्रयाइएकी स्त्रीको प्राण हरण गरिन्छ । अहिले मधेसमा महिला जिउँदै जलाइने, धारिलो हितयारले गर्धन सेरिने र वेवारिशे लाश बनाएर कुनाकाप्चामा फालिने अवस्था छ । गत वैशाख १२ मा सिरहा नगरपालिका ८ की कञ्चन मण्डलको शरीर जिउँदै खरानी पारियो । एक साता नबित्दै सिरहाकै माडरमा मनिषा मण्डल मृतअवस्थामा घरमै भेटिइन् । धनुषा शहीदनगर नगरपालिकाकी निर्मला गोइत यादवलाई पनि जिउँदै जलाइयो । उनले पनि मृत्युवरण गर्नुप¥यो ।

    यी दारुण घटनाहरु प्रतिनिधि मात्र हुन् । दिन बिरिन्छ तर साता बिरिदैन । प्रदेश नमबर २ बाट कुनै न कुनै महिलाको नृसंश हत्या भएको खवर आउँछ । अधिकांश महिला हत्याको पछाडि ‘दाइजो’ अपुग भएको कारण रहेको प्रहरीको भनाइ छ । सिरहाका नायव प्रहरी उपरीक्षक माधबराज खरेल भन्छन् दाइजोकै कारण अधिकांश महिलाहरु हिंसाका शिकार बनिरहेका छन् ।

    कता जाँदैछ प्रदेश २ को समाज ? कुन गन्तव्यमा पुग्ला , कहिले थामिएला महिलामाथिको यो पाशविक बर्बरता ? कसलाई सोध्ने र कसले जवाफ दिने ? अनुत्तरित छन् प्रश्नहरु । सुस्केरा छुटाउने छ परिस्थिति ।

    कयौँ घटना बाहिर आउँदैन
    आएको तथ्यांक नै कहालीलाग्दो

    २०७५ मा प्रहरीले संकलन गरेको तथ्याङ्गमा प्रदेश नम्बर २ मा महिला हिंसाको अवस्था भयावह बन्दै गएको देखिन्छ । ८ जिल्लामा भएको महिला हिंसाका घटना र तथ्याङ्ग केलाउँदा प्रदेश नम्बर २ अन्तर्गतका जिल्लामा कानुन व्यवस्था छ भन्न सकिने अवस्था देखिदैँन भन्छन् सामाजिक अभियन्ता सरोज राय ।

    प्रदेश प्रहरी कार्यालय जनकपुरको अपराध दर्ता तथ्याङ्गमा आर्थिक वर्ष २०७५÷७६ मा ३ सय २२ महिलाले ज्यान गुमाउनु परेको छ । तीमध्ये १ सय ८२ महिलाले हिंसा र अत्याचार खप्न नसकेर पासो लगाएर ज्यान फाले । ४१ जनाले विषको घुट्को निलेर जीवन समाप्त पारे । ४१ जना महिलाको नृसंश हत्या भयो ।

    ‘८ जिल्लामा एक वर्षमा ३ सय २२ महिलाले ज्यान गुमाए’

    हिंसाको अत्यासलाग्दो आँकडा अरु पनि छन् । आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ मात्र दुई वर्षमा प्रदेश नम्बर २ का ८ जिल्लामा जबर्जस्ती करणीका २ सय २२ उजुरी परे । जबर्जस्ती करणी उद्योगमा १ सय ७७, बहु विवाहका १ सय ३०, बोक्सी आरोपमा हिंसा २५, जातीय छुवाछुतमा ९, बलात्कारपछि हत्या १, अवैध गर्भपतनका १२ र मानव बेचविखनका २ उजुरी दर्ता भए ।

    यो तथ्याङ्गमा हिंसामा परेर डर त्रासका कारण उजुरी दिन नसकेको, घरबार बिग्रिएला भनेर हिंसा सहेर बसेको, गाउँघरमै मिलापत्र गराइएको र जटिल, खर्चिलो र झन्झटिलो न्याय प्रणालीका कारण मुद्दा मामिला गर्न नगएको हिंसाका घटनाहरु जोडिएका छैनन् । सामाजिक अभियन्ता सरोज राय भन्छन् , ‘ती सबै घटना जोड्ने हो भने प्रदेश नम्बर २ को समाजमा महिला हरेक क्षण भयआतुर भएर जिउन बाध्य भएको पुष्टि गर्न थप प्रमाण खोजिरहनु पर्दैन ।’

    प्रदेश नम्बर २ मा महिलामाथि हुने हिंसाको यो सघन घटनाक्रमले प्रदेश नम्बर २ मा कानुन व्यवस्था छ भनेर दावी मिल्छ ? महिलामाथि हुने हिंसाजन्य घटनामा लगातार वृद्धिले प्रदेश २ को सरकार, संघीय सरकार, प्रहरी, न्यायालय, समाज, संघसंस्था र समाज तथा राज्यको अन्य सरोकारवाला अंगले महिलामाथि हुने हिंसाप्रति संवेदनशील रहेको दाबी गर्न सकिएला त ? अभियन्ता सरोज राय प्रश्न गर्छन् ।

    धनुषाका प्रहरी उपरीक्षक शेखर खनाल भन्छन् हत्याको कारण र हत्यारा पत्ता लगाउँदै छौँ । प्रहरीले समाजलाई आश्वस्त पार्न खोज्दै छ । तर हत्यारा प्रहरीको पञ्जाबाट टाढा छन् । पीडित पक्षले न्याय अनुभूति गर्न पाउने कि नपाउने पत्तो छैन ।

    प्रदेश २ का मुख्यमन्त्रीले महिला हिंसाको चर्को रुप देखेरै बेटी बचाउ अभियान थालेको हुनुपर्छ । तर महिलामाथिको यतिबिघ्न बाक्लो हिंसाका घटनाको बोझले बेटी बचाउ अभियान ओझेलमा पारिदिएको छ । बर्बर छ समाज, गैरजिम्मेवार छ राज्य । बेटी बचाइएको खबर कहाँ खोज्न जाने ?

    कहाँ छ ‘बेटी बचाउ अभियान ?

    हत्याको कारण सुन्दा मानव समाजलाई नै लज्जाजनक अनुभूति हुन्छ । कलंकको टीको बन्छ । मनिषाको माइती पक्षले चार आना सुन दाइजोमा थप्न सकेनन् । चार आना सुन नदिएका कारण मनिषाको गर्धन बटारियो । जीवनसाथीले नै घरभित्रै नृसंश हत्या ग¥यो । बलिन्द्र अश्रुधारा बगाउँदै विलाप गर्छन् रघुनाथ मण्डल, मनिषाका बुबा ।

    २०७६ वैशाख ५ गते धनुषामा निर्मला गोइतको जिउँदै जलाएर हत्या गरियो । लागु औषध र परस्त्री गमनको लत बसेका पति मुकेश गोइतले पत्नी निर्मलाको हात खुट्टा डोरीले बाँधेर, घरमा उपलब्ध कपडा शरीरमाथि थुपारेर मट्टितेल खनाएर जिउँदै निर्मलामाथि आगो झोस्दा कुनै गल्ती गरेको महसुस मात्र गरेनन्, सिंगो पुरुष जातिमा कलंकको मसाल झोसे ।

    उपचारक्रममा काठमाडौं बर्न हस्पिटलमा निर्मलाको ज्यान गयो । छोरीको ज्यान मार्ने उद्योग गरेको भन्दै निर्मलाका पिताले प्रहरीमा पहिल्यै जाहेरी दिएका थिए । तर प्रहरीले अपराधीलाई समयमा पक्राउ गर्न नसक्दा अन्ततः मुकेशले पत्नी निर्मलाको घोर अमानवीय बर्बरतापूर्वक हत्या गरे । न्याय चाहियो भन्दै निर्मलाका बुबा कामेश्वर भुस्कुलियाप्रहरी कार्यालय धाउँदैछन् ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


  • Advertisement

    समाचार
  • १

    गरिबीको संख्या वृद्धि हुनुमा वित्तीय संस्था पनि जिम्मेवार

  • २

    बालेन, हर्क, निकोलस र महेश बस्नेतलाई आयोगले सोध्यो स्पष्टीकरण

  • ३

    भ्रमणबाट फर्किँदै गरेको स्कुल बस बुलिङटारमा दुर्घटना

  • ४

    निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

  • ५

    रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला

  • ६

    शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

  • ७

    एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेदवार बन्ने

  • ८

    नवलपुर–१ मा शशांकको ‘इनिङ’ समाप्त, १८ वर्षपछि स्थानीय गजेन्द्र आलेलाई टिकट

  • ९

    बालेनले बिहान ११ बजे र ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गर्ने

  • १०

    पाल्पा २ मा एमालेका ठाकुर गैरेले नै पाए टिकट

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution