• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ भाद्र १९, शुक्रबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

३

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

४

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

५

काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

६

रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

७

माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

८

वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

९

पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

१०

ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

११

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

१२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ भाद्र २, मंगलबार (२ हफ्ता अघि)
    0178aa6f-3b58-4201-ae50-876e46c6cf66

    Advertisement

    कावासोती । पूर्व–पश्चिम राजमार्ग हुँदै भन्सार छलीका सामान ओसारपसार भइरहेको अवस्थामा नवलपुर प्रहरीले ठूलो परिमाणमा कपडा बरामद गरेको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले ६२ लाख ५० हजार ५ सय रुपैयाँ मूल्य बराबरका कपडा बरामद गरेपछि राजमार्गमार्फत भइरहेको अवैध सामान ओसारपसारको ठूलो कारोबार बाहिर आएको छ।

    भन्सार छली गरी बिल–बिजकबिनै सामान ओसारपसार भइरहेको गोप्य सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व)बाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले राति साढे १२ बजे कावासोती नगरपालिका–८ स्थित फलफूल चोकमा पश्चिमबाट पूर्व नारायणगढतर्फ जाँदै गरेको ना ३ ख ४६७३ नम्बरको ट्रक रोकेर चेकजाँच गरेको थियो।

    बाहिरबाट सामान्य रूपमा सामान बोकेर हिँडेको देखिने उक्त ट्रकभित्र प्रहरीले खानतलासी गर्दा ठूलो परिमाणमा विभिन्न प्रकारका कपडा लुकाइछिपाइ राखिएको अवस्थामा फेला पारेको हो। प्रहरीले बरामद गरेको सामानमा विभिन्न रंगका कुर्ता–सुरुवाल, साडी तथा काँचो कपडा रहेका छन्।

    प्रहरीको विवरण अनुसार ट्रकबाट विभिन्न रंगका कुर्ता–सुरुवाल २ हजार १ सय ६० थान, साडी १ हजार ५ सय थान, काँचो कपडा २२५ थान (६ हजार ८७५ मिटर) र अर्को प्रकारको काँचो कपडा ३१५ थान (७ हजार ६८७ मिटर) बरामद भएको छ।

    बरामद सबै सामानको मूल्य ६२ लाख ५० हजार ५ सय रुपैयाँ कायम गरिएको प्रहरीले जनाएको छ। ठूलो परिमाणमा सामान फेला परेपछि प्रहरीले सामानसहित ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि महेशपुर भन्सार कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) पठाएको छ।

    बिल–बिजकसमेत नभएको अवस्थामा यति ठूलो परिमाणमा कपडा फेला पर्नुले सामान भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको आशंका थप बलियो बनाएको छ। प्रहरीले सामानको स्रोत, गन्तव्य तथा यसको ओसारपसारमा संलग्न व्यक्तिहरूबारे समेत थप अनुसन्धान गर्ने जनाएको छ।

    पूर्व–पश्चिम राजमार्ग नवलपुर खण्डमा प्रहरीले पछिल्लो समय भन्सार छली, अवैध सामान ओसारपसार तथा शंकास्पद गतिविधिमाथि निगरानी बढाउँदै आएको छ। सोही क्रममा एकैपटक ६२ लाखभन्दा बढी मूल्यको कपडा बरामद हुनु ठूलो सफलता भएको प्रहरीको दाबी छ।

    विशेषगरी रातको समयमा राजमार्ग हुँदै बिल–बिजकबिनै सामान ओसारपसार गर्ने प्रयास भइरहेको अवस्थामा प्रहरीले चेकजाँच कडा बनाएपछि ठूलो परिमाणको सामान नियन्त्रणमा आएको हो। यस घटनाले राजमार्गलाई प्रयोग गरेर भन्सार छलीका सामान ओसारपसार गर्ने गिरोह सक्रिय रहेको हुनसक्ने संकेतसमेत गरेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग


  • Advertisement

    समाचार
  • १

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • २

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • ३

    पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

  • ४

    निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

  • ५

    काठमाडौं-मुग्लिन सडक आज दिउँसोसम्म सञ्चालनमा आउँछ: सडक विभाग

  • ६

    रसुवा बाढी : त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

  • ७

    माछा मार्ने क्रममा करेन्ट लागेर नवलपुरमा एक जनाको मृत्यु

  • ८

    वर्षौँको पहलपछि दुम्किबास–त्रिवेणी सडकले समात्यो गति , अध्यक्ष गिरी भन्छन्– ‘अब निर्माणको चरणतर्फ अघि बढ्यो’

  • ९

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

  • १०

    ट्रकमा लुकाएर ल्याइयो ६२ लाख ५० हजारको कपडा, नवलपुरमा समातियो

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution