


नवलपुर । नवलपुरको देवचुली-१५ सालघारी स्थित लोकाहा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आइतबार बिहान एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका-१ घर भई हाल देवचुली नगरपालिका-१५ बस्दै आएका सूर्यबहादुर थापा रहेका छन्। खोलामा गैरकानुनी रूपमा बिजुलीको पोलबाट तार तानेर करेन्ट प्रवाह गरी माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले बताए।

थापाको घटनास्थलमा नै मृत्यु भएको पण्डितले बताए। उनका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१