• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १४, बुधबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

२

खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

३

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

४

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

५

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

६

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

७

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

८

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

९

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

१०

उ मर्यो रे ?

११

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१२

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पत्रकारितासँगै कागती खेतीमा रमाउँदै विद्रोही गिरी, २५ वर्षे बाँझो जमिनमा फलाए १ हजार ९ सय बोट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०८३ भाद्र २, मंगलबार (१ महिना अघि)
    1ce07ffc-cad4-4a83-8e26-b02a56ff3582

    Advertisement

    नवलपुर । कलम चलाउने पेशासँगै माटोमा पसिना बगाउँदै नवलपुरका पत्रकार विद्रोही गिरी कृषि कर्ममा पनि सक्रिय हुनुभएको छ। बुलिङटार गाउँपालिका–३, चम्घामा रहेको आफ्नो फर्ममा उहाँले विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा कागती खेती गर्दै आउनुभएको छ।

    २५ वर्षदेखि बाँझो रहेको पैतृक जमिनलाई उत्पादनमा जोड्ने उद्देश्यले सुरु भएको उहाँको कृषि यात्रा अहिले आकर्षक कागती बगैँचामा परिणत भएको छ। २०७८ साल साउनमा बुलिङटार–५ भदौरीका खेमबहादुर गेलाङको नर्सरीबाट ३०० वटा सुन कागती–१ का बिरुवा खरिद गरेर सुरु गरिएको खेती विस्तार हुँदै अहिले करिब १ हजार ९ सय कागतीका बोट पुगेको छ।

    कागतीसँगै गिरीको फर्ममा ५० बोट अमिलो, २० बोट दशहरी आँप, १० वटा कटहर, ९ वटा एभोकाडो र ताइवानी अम्बालगायतका फलफूल पनि छन्। बाँझो जमिनलाई फलफूलको बगैँचामा परिणत गर्दै उहाँले कृषि क्षेत्रमा नयाँ सम्भावना खोजिरहनुभएको छ।

    गत वर्षदेखि कागती उत्पादन लिन सुरु गर्नुभएका गिरीले यस वर्षदेखि व्यावसायिक रूपमा बजारमा पठाउन थाल्नुभएको छ। उहाँको फर्ममा उत्पादित कागती कावासोती, नारायणघाट, पोखरा हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ।

    ‘सुरु गर्दा कसैले पत्याएका थिएनन्’

    कागती खेती सुरु गर्दा धेरैले विश्वास नगरे पनि अहिले बगैँचामा उत्पादन र बजार दुवै देखिन थालेको गिरी बताउनुहुन्छ।

    “कागती खेती सुरु गर्दा कसैले पत्याएकै थिएनन्। अहिले उत्पादन हुने रहेछ, बिक्री पनि गर्न सकिन्छ भन्ने धारणा विकास भएको छ,” उहाँ भन्नुहुन्छ।

    तर उत्पादन गर्नुभन्दा बजार व्यवस्थापन झनै चुनौतीपूर्ण रहेको उहाँको अनुभव छ। नेपाली कागतीले उचित मूल्य पाउन नसक्दा किसान निराश हुने गरेको उहाँ बताउनुहुन्छ। भारतीय कागतीको आयातका कारण नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भइरहेको उहाँको गुनासो छ।

    स्थानीय बजारमा कागतीको मूल्य प्रतिकिलो ८० देखि १२० रुपैयाँसम्म पुग्ने गरे पनि किसानले सोहीअनुसारको मूल्य पाउन मुस्किल हुने उहाँ बताउनुहुन्छ। असारदेखि कात्तिकसम्म भारतीय कागतीको आयातमा कडाइ गर्न सके नेपाली किसानले सहज रूपमा बजार पाउने उहाँको सुझाव छ।

    एउटै बोटबाट ३० किलोसम्म उत्पादनको अपेक्षा

    यस वर्ष एउटा कागतीको बोटबाट औसत ३० किलोसम्म उत्पादन हुने गिरीको अनुमान छ। करिब ३०० बोटले यस वर्ष राम्रो उत्पादन दिनेछन् भने बाँकी बोटले आगामी वर्षदेखि उत्पादन दिन थाल्ने उहाँको अपेक्षा छ।

    फर्मको नियमित रेखदेखका लागि एक जना कामदार राखिएको छ। उत्पादनको सिजनमा भने थप कामदार परिचालन गरी बगैँचाको हेरचाह गर्ने गरिएको छ।

    कागतीसँगै स्थानीय गाई संरक्षण

    गिरीको कृषि कर्म कागतीमा मात्र सीमित छैन। उहाँ स्थानीय जातका गाई संरक्षणमा समेत सक्रिय हुनुहुन्छ। कोरली र बाछी संकलन गर्दै स्थानीय जातका गाईको संरक्षण र प्रवर्द्धनमा पनि उहाँले ध्यान दिनुभएको छ।

    बाँझो रहेको जमिनलाई उत्पादनशील बनाउँदै फलफूल खेती विस्तार गर्ने उहाँको अभियानले गाउँमै उत्पादन र रोजगारीको सम्भावना बढाएको छ। कृषि क्षेत्रमा सम्भावना देखेपछि युवाहरूले पनि बाँझो जमिनलाई सदुपयोग गरेर व्यावसायिक खेतीतर्फ लाग्नुपर्ने उहाँको धारणा छ।

    कृषि विकास कार्यालय नवलपुरका अनुसार बुलिङटार गाउँपालिका कागती खेतीका लागि जिल्लाकै अग्रणी क्षेत्रमध्ये एक हो। यही सम्भावनालाई पछ्याउँदै पत्रकार गिरीले बुलिङटार–३ चम्घामा सुरु गरेको कागती खेती अहिले बाँझो जमिनलाई उत्पादनमा बदल्न सकिन्छ भन्ने उदाहरण बनेको छ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो


  • Advertisement

    समाचार
  • १

    युवा नेतृत्वको खोजीमा कांग्रेस : नवलपुर क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा जितबहादुर थापा क्षेत्रीको उम्मेदवारी

  • २

    खेलकुददेखि कांग्रेस महाधिवेशनसम्म : युवा महिलाको प्रतिनिधित्व गर्दै अम्बिका पाण्डे

  • ३

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • ४

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ५

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ६

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ७

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ८

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ९

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • १०

    उ मर्यो रे ?

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution