बिर बहादुर बिसी
डेढगाउँ । पूर्बि नवलपरासी नवलपुर जिल्लाको बौदीकाली गाउँपालिका वार्ड २ डेढगाउँमा रंगशाला र कबडहल बन्ने भएको छ । जिल्ला खेलकुद बिकास समिति नवलपुरको आर्थिक सहयोगबाट बन्न लागेको रंगशाला र कबडहलको जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष बिकास केसीले बिहिबार शिलान्यास गरेका छन् ।
बौदीकाली गाउँपालिका २ डेढगाउँका वडाध्यक्ष बाल प्रसाद ठाडाको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा बोल्दै जिल्ला खेलकुद बिकास समिति नवलपुरका अध्यक्ष केसीले खेलकुदको बिकास बाट राष्ट्रको बिकासमा सहयोग पुग्ने हुदा नवलपुरको पहाडी क्षेत्र डेढगाउँमा खेलकुदको बिकासमा आफू लागि परेकाले यसमा सघाउन सबैलाई अनुरोध गरेका थिए । कार्यक्रममा नेकपा बौदीकालीका अध्यक्ष श्याम सुन्दर श्रेष्ठ,डेढगाउँ माध्यमिक बिधालय ब्यबस्थापन समिति अध्यक्ष चोपिराम राना,प्रधानाध्यापक राम बहादुर श्रेष्ठ,युवा ब्यबसायी बिष्णु खत्री,कबड हल निर्माण उपभोक्ता समिति अध्यक्ष राजेन्द्र ओझाले बोल्दै डेढगाउँमा बन्न लागेको रंगशाला र कवड हल बौदीकालीकै गहना भएकोले यसको बिस्तार र बिकासमा सबै लाग्नु पर्नेमा जोड दिए । बौदीकाली गाउँपालिका २डेढगाउँको पश्चिमथर खोत्रोकमा कवड हल र खर्सानटार खेलमैदानमा रंगशाला बन्नका लागि १० र १० लाख गरि जम्मा २०लाख रुपैयाँ बिनियोजन भै निर्माण कार्य सुरु भएको रंगशाला निर्माण उपभोक्ता समितिका अध्यक्ष गोपाल श्रेष्ठले बताए । डेढगाउँमा रंगशाला र कवड हल बन्ने भएपछि खेलकुदमा रुचि राख्ने स्थानीय बासिन्दा र युवामा हर्ष र उत्साह जागेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१