कावासोती । पूर्वि नवलपरासीको ईलाका प्रहरी कार्यालय दुम्कीवासले बुधबार बिना बिल कागजातको कपडा बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरी टोलीले बिनयीत्रिबेणी १ दुम्कीवासमा चेकजाँच गर्ने क्रममा उक्त्त कपडा बरामद गरेको हो ।
प्रहरीले पूूर्र्बपश्चिम राजमार्गमा गरेको चेकजाँचको क्रममा पश्चिमबाट पूर्व तर्फ आउदै गरेका बिभीन्न सवारी साधनहरुबाट ३ लाख ३१ हजार दुुई सय रुपैयाँ मुल्य बराबरको कपडा बरामद गरेको जनाएको छ ।
प्रहरीले बिना बिल कागजातको २० मिटरको दरले ९३ पिस ( १८६० मिटर ) कुर्था थान कपडा , धोति (साडी) १६ पिस र चुण्डी(सल) ५ सय ५५ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का सूचना अधिकारी डिएसपि दिलिप कुमार गिरि जानकारि दिए ।
गिरिका अनुसार बरामद गरिएको लत्ता कपडाहरु आजै आबश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा पठाईएको जनाएका छन् ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१