कावासोती । पूर्वि नवलपरासीको कावासोतीबाट प्रहरीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार बिहान कावासोती नगरपालिका–१६ चालिस किलो स्थित पूर्वपश्चिम राजमार्गमा खटिएको प्रहरी चेकिङ टोलीले लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपि दिलिप कुमार गिरिले जानकारी दिए ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बस चेकजाँच गर्ने क्रममा चितवन जिल्ला भरतपुर महानगरपालिका–२७ बस्ने वर्ष ३१ को बिनोद चौधरी र भरतपुर महानगरपालिका – १७ बस्ने वर्ष ३३ को बिजय लामा लागूऔषध सहित पक्राउ परेका हुन् ।
प्रहरीले उनिहरुको साथबाट नुर्फिन–९७ एम्पुल, डाइजापाम–९७ एम्पुल र फेनारगन–९७ एम्पुल गरी जम्मा–२९१ एम्पुल लागूऔषध बरामद गरेको डिएसपि गिरिले बताए ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१