• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ आश्विन १३, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

२

नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

३

रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

४

आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

५

मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

६

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

७

देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

८

उ मर्यो रे ?

९

सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

१०

नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

११

पश्चिमाञ्चल यातायात व्यवसायी संघ नवलपुरका उपाध्यक्ष भण्डारीद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय सहयोग

१२

निर्माण व्यवसायी संघ नवलपुरका अध्यक्ष हेमु शंकर देवकोटाद्वारा बाढीपीडितका लागि ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्दर्भमा : मानव सहितको जङ्गल कि मानव रहित जङ्गल ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७८ मंसिर २४, शुक्रबार (४ साल अघि)
    Tpp

    Advertisement

    — ठाकुर प्रसाद पाण्डे
    प्राकृतिक र वन बिचको सम्वन्ध मानव सभ्यताको उत्पतिसँगसगै जङ्गलबाट नै भएको हो । ढुङ्गेयुग देखि आदीय सभ्यता हुदै मानिस बाच्नको लागि वन वनस्पति, जनावर, ढुङ्गा, पानी, ओढारबाट विकासशिल हुदै क्रमश आजको युगमा प्रवेश गरेकोछ । अहिले पनि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा वनबाट नै मानिसको जिवन चलेको छ । विपन्न, गरिब, किसान, जनजाति, आदिवासी लगायतका लागि बाच्ने आधार वन र कृषि नै हो । कृषिको लागि चाहिने मुल र पानीको स्रोत वन नै भएकोले वन र कृषिको सम्वन्ध अनुन्याश्रित छ । तसर्थ यि दुवैलाई अलग्याएर गरिने विकासले एकिकृतको मर्मलाई छुन सक्दैन ।
    जङ्गललाई मानव मैत्री वा मानिसको लागि दिगो उपयोगको निम्ति अहिलेको आवश्यकता हो । वन क्षेत्रलाई उत्पादनमुलक र वन क्षेत्र वृद्धि विकास गर्ने नाममा वनक्षेत्रको व्यवस्थापनमा सक्रिय रुपमा स्थानिय समुदायलाई परिचालन गर्नु महत्वपूर्ण विषय हो । हाल आएर अधिकांश वन क्षेत्र वन व्यवस्थापनको अभावले व्यापक मिचहा प्रजातिको वृद्धि तथा विकासले पुर्नउत्पादनमा गम्भीर समस्या देखा परेको छ । सरकारी क्षेत्रबाट वन सदुपयोगमा लगाइएको प्रतिवन्धका कारणले उपभोक्ता समूहले निशुल्क रुपमा झिजामिजा संकलनमा समेत रोक लगाइएको अवस्थाले उपभोक्तालाई दैनिक आवश्यकता टार्न पनि मुस्किल परेको छ । वन सम्वर्धनका कार्य अभावमा व्यापक झाडी बढेर वनको हैसियतमा ह्रास आउन थालेको, पुर्नउत्पादनको समस्या, लाथ्रा तथा पोल साइजको वृद्धि तथा विकासमा ह्रास आएको छ । यसले गर्दा उपभोक्ता वन पैदावरको अभावमा चोर्न बाध्य भएका छन भने वनको विकास भन्दा विनाश, क्षयिकरण गति तिव्र छ । यस्ता विषयलाई समयमै समाधान गर्न नसकेमा सरकार र समुदाय बिचको द्वन्द बढ्ने कुरा निश्चित देखिन्छ । यसरी वनक्षेत्रमा बढ्दै गएको झाडीका कारण बस्ती नजिकका वनक्षेत्रमा निकुञ्जबाट आएको जनावरको स्थायी बास्थानमा परिणत हुदै गएका छन ।
    निकुञ्जबाट सामुदायिक वनमा आएको पाटेबाघले विनयीत्रिवेणी गाउपालिका वडा नम्बर १ को विनई सामुदायिक वन उपभोक्ता समूहको हेरालुलाई बाघले आक्रमण गरी मृत्युवरण गरेको छ भने गैडाकोट नगरपालिका वडा नम्बर १६, १७ मा निकुञ्जको हात्तिबाट बोरामा राखिएको धान घरबाटै खाएकोछ, लगाएको केरा, तरकारी र बाली समेत व्यापक क्षति पुर्याएको अवस्था छ । बाख्राको खोरमा पसेर अजिङ्गरले बाख्रा समेत मारेको छ यि क्षति त केहि नमुना मात्र हो । भरखरै मात्र नेपाल सरकारको जनगणना र बाघ गणनाको सुरुवात प्राय एकै समयमा परेको छ । नागरिकले निर्भय पूर्वक बाच्न पाउने उसको नैर्सगिक अधिकार हो भने यसलाई मानव अधिकारको मौलिक हकमा व्याख्या गरिएको विषय समेत भएकोले नागरिकको जिउ ज्यानको सुरक्षा प्रति सरकार कति गम्भीर छ भन्ने विषय हो । वन, वातावरण, जैविक विविधता लगायतका विषयहरु मानव विकास मानव हितका लागि हुनु पर्दछ । एउटा नागरिकलाई बाघले मार्दा समाचार बन्दैन, उ प्रति राज्य जवाफदेहि छैन भने बाघको विषय अन्तराष्ट्रिय कानुन नै आर्कषित हुने अवस्था छ । यसरी मानवको सुरक्षा, बाच्न पाउने अधिकारलाई ओझेलमा पारेर जनावरको सुरक्षामा मात्र चासो दिनुले नागरिक प्रति सरकार जिम्मेवार देखिदैन ।
    एउटा सामान्य ज्याला मजदुरी गरी खाने किसानको बाख्रा अजिड्डगरले मारे पछि उसले क्षतिपूर्ति पाउन माग गर्दा अजिङ्गरले खाएको जनावरको क्षतिपूर्ति हुदैन भनेर कानुन, ऐन नीतिको आडमा गरिबलाई झन गरिब बनाउने ऐनले गर्दा वन, निकुञ्ज प्रति स्थानिय समुदाय आक्रोशित हुनु स्वभाविक हो । यसरी किन निकुञ्जका जनावर, मध्यवर्ति सामुदायिक वन र सामुदायिक वन क्षेत्रका समुदायमा प्रवेश गर्छन भनेर यो विषयलाई बहस र छलफलको विषय बनाउदा पहिले यस ठाउमा जनावर बस्ने गरेकाले अहिले पनि आउने गरेका छन भनेर निकुञ्ज प्रशासनको जवाफले स्थानिय समुदाय झन बढि आक्रोशित छन् ।
    निकुञ्ज भित्र जनावरको खाद्ययचक्रको अवस्था के छ ? बासस्थान पर्याप्त छ कि छैन ? बासस्थान कस्तो छ ? यि यावत प्रश्नको जवाफको लागि निकुञ्ज क्षेत्र विस्तृत अध्ययनको विषय बन्नु पर्ने छ भने अभावलाई समाधान तिर लाग्नु पर्ने छ । नारायणी नदिले वर्षाको समयमा निकुञ्ज भित्रको वनमा पसेर गैडा लगायत जनावर बगाएको समाचार सुनेको विषय हो । त्यसबेला देखि निकुञ्जमा नारायणीले घासे मैदान र जङ्गल क्षेत्र बगाएको कारणले हरिण मृग लगायतका जनावरको संख्या घट्दै गएपछि बाघको आहारको अभावमा नारायणी वारीका वनक्षेत्र र समुदायमा समेत प्रवेश गर्न थालेको छ । वनक्षेत्रमा भएको घासे मैदान, ताल, छहारीको कारण हाम्रो वासस्थान व्यवस्थाबाट बाघ मात्र होइन अन्य जनावरको लागि पनि यो क्षेत्र उपयुक्त बन्दै गएको अवस्था छ ।
    यसक्षेत्रका मानव समुदायलाई सुरक्षाको अनुभुति गर्ने हो निकुञ्ज प्रशासनले निकुञ्ज भित्र बस्ने जनावरको विषयमा भएका समस्यालाई सम्वोधन गर्नु पर्दछ तर बासस्थानको अभावमा निकुञ्ज तथा मध्यवर्ति क्षेत्र विस्तार गरेर समस्या समाधान हुन्छ भने सपना पालेको भए यो विषयले ठुलो समस्याको रुपमा देखा पर्न सक्छ । तसर्थ समयमै सरकारी निकाए, राजनीतिक दल र सरोकारवालाहरुको साझा प्रयासबाट यो समस्याको दिर्घकालिन समाधान गरी मानव सहितको प्राकृतिक बनाउन योगदान गर्नुपर्ने समय आएको छ । डिभिजन वन कार्यालय अन्र्तगतका सामुदायिक वनलाई तत्काल झाडी सफाई गर्ने वन सम्र्वधनका कार्य संचालन गर्ने । ढलापडा दाउरा संकलनमा सहज बनाउने कार्यमा सहजिकरण गर्नुपर्ने समय भएको छ । अहिले वन व्यवस्थापन नगर्ने सुख्खायाममा डढेलोले दाउरा घास र काठ समेत नष्ट पारेपछि गरिने प्रयास उपलब्धी बिहिन बन्न पुग्ने छन ।
    (लेखक : सामुदायिक वन उपभोक्ता महासंघ, नवलपुरको जिल्ला अध्यक्ष हुन्।)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    प्रदेश नं. ४ सम्बन्धि थप
  • ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान


  • Advertisement

    समाचार
  • १

    ३० वर्षीय सिए योगेश पंगेनीको दाबी  :  कांग्रेस महाधिवेशनमा युवा पुस्ताको बलियो उपस्थिति खोज्दै उम्मेदवारी

  • २

    नेकपा एमालेमा धमिलो पानीमा माछा मार्ने अवसरवादीको सपना हो

  • ३

    रविले बोलाए तेस्रो पटक सर्वदलीय बैठक, उच्चस्तरीय संयन्त्र गठन प्रमुख एजेण्डा

  • ४

    आज कहाँ-कहाँ पर्छ पानी ? यस्तो छ मौसम पूर्वानुमान

  • ५

    मोटरसाइकल आपसमा ठोक्किँदा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

  • ६

    अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

  • ७

    देवचुलीमा दुई १६ वर्षीया बालिका बेपत्ता, खोजी जारी

  • ८

    उ मर्यो रे ?

  • ९

    सरकारलाई भीष्मराजको प्रश्न- सुरूङभित्र उद्धारमा ढिलाइ भयो, यो मृत्यु हो कि हत्या ?

  • १०

    नवलपुरमा फेला परेका बाढीका शवमध्ये १५ जनाको पहिचान खुल्यो, आफन्तले बुझ्ने क्रम जारी

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution