


बिमल अधिकारी
कावासोती । बुधबार कावासाेतिकाे पिठौली देखि त्रिबेणि धाम सम्मको जल यात्रामा २ वटा डल्फिन भेटिएको छ । विश्व सिमसार दिवसको अवसरमा बुधबार नारायणी नदिमा जल यात्रा कार्यक्रम भएको थियो ।


साेहि क्रममा २ वडा डल्फिन भेटिएको लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेलले बताए । सिमसार प्रकार्य: मानव र प्रकृतिको लागि अपरिहार्य भन्ने नारा सहित विश्व सिमसार दिवसको अवसरमा सिमसार क्षेत्रकाे महत्व सम्बन्धी सचेतना कार्यक्रम लामिचौर उपभोक्ता समितिको आयोजनामा भएको थियोे । जलयात्राकाे क्रममा ११ वटा घडियाल गोहि ,१६ वटा मगर गोहि ,२ वटा डल्फिन ,४० प्रजातिका चराचुरुङ्गी, जैविक विविधता लगायत प्राकृतिक सौन्दर्यहरुको अवलोकन गर्नुका साथै प्राकृतिक बिपत्ति,सम्भावना र चुनौतिका विषयहरुमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
जलयात्रामा लामिचौर उपभोक्ता समितिका अध्यक्ष बासुदेव पौडेल,अमल्टारी उपभोक्ता समितिका अध्यक्ष केदार घिमिरे, निकुञ्ज प्रशासन,नेपाली सेना सहित संरक्षण कर्मिहरुको उपस्थित रहेको थियो ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१