


गंगा बिश्वकर्मा
कावासोती । नवलपरासी पूर्व नवलपुरको नारायणी नदीमा डुवेर एक जना महिलाको मृत्यु भएको छ । आइतबार साझ माछा मार्न गएकी मध्यविन्दु–२ नन्दपुर शिबिर टोल बस्ने वर्ष ४५ की फुलमाया बोटेको नदीमा डुवेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरले दिएको जानकारी अनुसार मध्यविन्दु–२ नन्दपुर स्थित नारायणी नदीमा श्रीमान् सुक ब.बोटे संगै माछा मार्न गएकी फुलमाया नदीमा डुबी बेपत्ता भएकी थिइन् । सोमबार बिहान ८ः३० बजे उनको शव घटनास्थलदेखी ५ सय मिटर तल ढुगांमा अड्किएको अबस्थामा फेला परेको नवलपुर प्रहरी जनाएको छ ।







मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१