
कावासोती । नवलपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार हुप्सेकोट गाउँपालिका ६ स्थीत जपडाँडाको भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ ज २२७२ नम्बरको बलेरो जिपको ठक्करबाट घाइते भएका २६ वर्षीय महेन्द्र ढेँगा मगरको मृत्यु भएको हो ।
उपचारको लागि भरतपुर सरकारी अस्पताल लगिएकोमा चेकजाँच गर्दा मृत घोषणा गरिएको होे ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१