• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख ८, मंगलबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

२

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

३

नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

४

नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

५

पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

६

मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

७

पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

८

मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

९

उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

१०

मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

११

महावीर पुनले आज पोखरामा पुस्तक बेच्ने

१२

नवलपुर–२ बाट निर्वाचित मनिष खनालको प्रतिबद्धता: “यो मेरो होइन, परिवर्तन चाहने नवलपुरवासीको साझा जीत हो”

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    धान दिवसः जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १५, बुधबार (३ साल अघि)
    100

    Advertisement

    –शुरबहादुर सिंह
    कर्णाली।  : आज अर्थात् हरेक वर्ष असार १५ गते १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ देशभर झँै कर्णालीमा पनि मनाइँदै छ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र कृषि विकास निर्देशनालयको संयोजनमा वीरेन्द्रनगर नगपालिकाको मणिकापुर थारू बस्तीमा धान दिवस मनाउन थालिएको हो ।

    यसलाई दहीसँग चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । जुम्लामा भने यसअघि जेठ १५ गते कालीमार्सी धान दिवस मनाइसकिएको छ । प्रदेश सरकारले हरेक वर्ष चैत १२ गने यो प्रदेशका नौ जिल्लाबाहेक जुम्लालाई मात्र सार्वजनिक बिदा दिँदै आएको छ ।

    आज भने जुम्लाबाहेक कर्णालीका नौ जिल्लामा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । जुम्लामा मार्सी धानको यतिबेला किसानहरुले गोडमेल गरिरहेका छन् । प्रदेश एउटै भए पनि भौगोलिक विविधता र विशिष्टताले मार्सी धानले आफैँ ऐतिहासिक र सांस्कृतिक महत्व एवं गरिमा बोकेको छ ।

    संसारको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्ला पातारासी गाउँपालिकाको छुमचौर ज्यूला, कालीमार्सी धान, लक्षालकृति पैकेलो (शुरवीर) र चन्दननाथ बाबाबीच अन्योन्याश्रित सम्बन्ध छ । छुमचौर प्रकृति प्रदत्त भूमि हो भने कालीमार्सी देशको शीर्ष नेतृत्व, उच्च अधिकाकारीदेखि तत्कालीन राजा महाराजाहरुले खानाका रुपमा प्रयोग गर्दै आएको उच्च मूल्यको रैथाने खाद्य बाली हो ।

    त्यस्तै, काली मार्सी धानको इतिहास, महत्व र विशेषतासँग मूलतः लक्षालकृति पैकेलो, चन्दननाथ बाबा र उच्च स्थान जोडिँदै आएको छ । कालीमार्सी धानको इतिहाससम्बन्धी जानकारहरुका अनुसार यसको प्रतिपादक लक्षालकृति पैकेलो र चन्दननाथ बाबा त्यसको प्रवद्र्धक भन्ने बुझिन्छ । साबिकको तातोपानी तथा हालको तातोपानी गाउँपालिकामा कन्या आमाको गर्भबाट अवैधरुपमा जङ्गलमै जन्माइएका र जङ्गलमै हुर्किएका लक्षालकृति असाधारण व्यक्ति भएको र उनले कालीमार्सी धान पत्ता लगाएको किंवदन्ती छ ।

    इतिहासम्बन्धी जानकार रामकृष्ण बुढ्थापाले जङ्गलमा हुर्कंदैको अवस्थामा पैकेलले धानको साउँ (धान मार्ने झार) जस्तो अन्न खाएर बाँचेकाले र उनैले यो कालीमार्सी धान पत्ता लगाएको उल्लेख गर्नुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, “तत्कालीन समाजसुधारक तथा सृजनशील सोचका व्यक्तित्व चन्दननाथ बाबाले आफू धान खेती गर्दै गर्दा तातोपानी गाउँपालिकाको हालको लाक्षु ज्यूलोमा रहेको ‘गुरु फोक्टो’मा लक्षालकृतिलाई नै रोपेर परीक्षण गर्न लगाएको पाइन्छ ।”

    गुरु फोक्टोमा पहिलो पटक यो धान रोपेको र त्यसपछि जुम्लाका सबै स्थानमा बाबाले कालीमार्सी धान बालीे खेतीको विकास एवं विस्तार गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कालीमार्सी धान भारतको काश्मीरबाट ल्याइएको भनेर विभिन्न ठाउँमा उल्लेख गरिए पनि यो जुम्लामै पत्ता लगाइएको हो । पैकलाले नै मार्सी धानको प्रतिपादन गरेको तथ्यलाई सत्य मान्न सकिन्छ ।”

    बुढ्थापाले मार्सी धानको वास्तविक इतिहासलाई तोडमोड गरेर लेखिनु दुर्भाग्य भएको औँल्याउनुभयो । उहाँका अनुसार यस्ता किसिमका कुतर्क र काल्पनिक कुराले कालीमार्सी धानको बौद्धिक सम्पत्ति माथिको अधिकार गुम्ने खतरा बढ्दै जान्छ र यसमा राज्य नै होसियार हुनुपर्दछ ।

    कर्णालीका संस्कृतिसम्बन्धी जानकार रमानन्द आचार्य कालीमार्सी धान बालीको खेती ११औँ शताब्दीतिर जुम्लामा सुरु गरिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कालीमार्सी यदि काश्मीरबाट ल्याइएको हो भने त्यहाँ उत्पादन गरेको खै त ?” प्रश्न गर्दै उहाँले भन्नुभयो, “अहिले पनि हामी त्यहाँ कालीमार्सी धान उत्पादन गरिन्छ भन्ने देखेका, सुनेका र पढेका छैनौँ ।” संस्कृतिसम्बन्धी जानकार आचार्यले मार्सी धानको प्रतिपादन र प्रवद्र्धनमा पैकलो र गुरु चन्दननाथ बाबाको योगदान रहेको बताउनुभयो ।

    ऐतिहासिक विरासत बोकेको कालीमार्सी धान समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइसम्म उत्पादन हुँदै आएको छ । धानखेतीका हिसाबले संसारको उच्च भागमा पर्ने जुम्लाको पातारासी गाउँपालिकाको छुम गाउँस्थित छुमचौर ज्यूलोमा फल्ने भएकोले यो विश्वभर चर्चित छ । यसो हुनुलाई जुम्लाले ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक संयोजन र सङ्गम मान्दछ ।

    हाल जुम्लामा दुई हजार ९५० हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । त्यसमध्ये एक हजार ५०० हेक्टर जमीनमा काली मार्सी धानबाली खेती गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ४५० हेक्टर जमीनमा चन्दननाथ १ र ३ जातको धानबाली लगाइएको छ । यो धान प्रतिहेक्टर ३० क्वीन्टलका हिसाबले कूल उत्पादन ४३ हजार ५०० क्विन्टल हुन्छ ।

    “कालीमार्सी धान प्रतिहेक्टर २३ क्वीन्टलका दरले एक हजार ५०० हेक्टर क्षेत्रफलमा कूल ३४ हजार ५०० क्विन्टल उत्पादन हुन्छ,” कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “पछिल्लो समयमा कालीमार्सी चामलको बजार माग र मूल्य बढेका कारण किसानहरु यसमा आकर्षित हुँदा विगतभन्दा यस वर्ष कालीमार्सी धान खेतीको क्षेत्रफल बढेको हो ।” एक दशकसम्म ब्लाष्ट रोगले दुःख दिएपछि अहिले बीउको उपचार गरिएको र त्यसको प्रभाव कम हुँदै जाँदा यसको खेतीमा किसानको आकर्षण बढेको उहाँले बताउनुभयो ।

    कालीमार्सी धानको विशेषता

    कालीमार्सी धान खेतीको तयारी चैत १२ गते देखिन्छ गरिन्छ जसलाई ‘बारुवा’ भनिन्छ । जुम्ली मान्यताअनुसार त्यो दिन कालपहाडबाट नफर्कने जो कोहीको मृत्यु भयो भन्ठान्ने प्रचलन आजपर्यन्त पाइन्छ । १२ गते केलाएर असल बीउ सकेसम्म अल्लो वा भाँगोबाट बुनेको बोरोमा हालेर चार दिनसम्म पानीमा भिजाइन्छ । चैत १६ गते यसलाई पानीबाट झिकेर उक्त बीउ घरको मैडो (चुलो नजिक बस्ने ठाउँ) मा फेरुवा (बाख्राको बग्रालबाट बुनेको कपडा) मा न्यानो पारी ढाकेर राखिन्छ । जुन दिनलाई ‘सोरुवा’ भनिन्छ ।

    चैत १६ गतेदेखि न्यानो पारेर राखेको मार्सी धानको बीउ पुनः २० गते खोलिन्छ जतिबेलासम्म बीउमा टुसा उम्रिसकेको हुन्छ । टुसा उम्रेको बीउलाई तयार पारेको बेर्नामा किसानहरुले छर्दछन् । त्यही दिनलाई ‘विसुवाँ’ भनिन्छ जुन दिन मार्सी चामलको खाना, मकैबाट बनेको पुवा, सेल रोटी, खीर लगायतका मीठामीठा परिकार खान्छन् र राम्रो लुगााका साथमा युवायुवतीहरु धानखेती गर्ने ज्यूलोमै गएर सुख दुःख साटासाट गर्दछन् ।

    वैशाखको दोस्रो सातादेखि रापेर असार १० गतेसम्म मैजारो फाल्ने र कार्तिकमा भण्डारण गरिने मार्सी धानको चामल फिक्का रातो हुन्छ र पकाउँदा भात अरूभन्दा गिलो हुन्छ । साह्रोभन्दा अलि गिलोमा मीठो हुन्छ । यसमा प्रोटिनको मात्रा बढी, कार्बोहाइड्रेड, भिटामिन, फ्याटलगायतका तत्व पाइने, खाँदा आडिलो र चाँडै भोक नलाग्ने प्रकृतिको हुने गरेको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।

    “हिमाली जिल्ला जुम्लामा उत्पादन हुने मार्सी चामलको महत्वपूर्ण विशेषताका र उच्च मूल्यका कारण देशका सम्भ्रान्त वर्गले र सम्पन्न सहरले मगाएर खान्छन् । यो स्वादिष्ट पनि हुन्छ,” प्रवक्ता कठायतले भन्नुभयो, “पछिल्ला वर्षहरुमा यसको बजार झनै फराकिलो बन्दै गएको छ ।” मानव स्वास्थ्यका लागि अत्यन्तै लाभदायक मानिने रैथाने बाली मार्सी धान संरक्षण, प्रवद्र्धन र संवद्र्धन एवं यसको बौद्धिक सम्पत्तिमाथिको अधिकार लिन नेपाल सरकारको उच्च पहल हुनुपर्ने उहाँको भनाइ थियो ।

    मार्सीको बजार मूल्य

    केही समयदेखि यो धानको चर्चा निकै चुलिएको छ । यसबारे थाहा नपाएका नेपाली नागरिकलाई पनि मार्सीको महत्व र विशेषताबारे अहिले जानकारी बढ्दो छ । अहिले यसको बजार मूल्य जुम्लामा प्रतिकेजी रु १८० हुँदा काठमाडौँ लगायतका देशका विभिन्न सहरहरुमा प्रतिकेजी रु २५० पुगेको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका कार्यकारी व्यवस्थापक ऋषिराम पाण्डेले जानकारी दिनुभयो ।

    “चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अहिले रु ४० लाखको मार्सी चामल सङ्कलन गरेको छ,” कार्यकारी व्यवस्थापक पाण्डेले भन्नुभयो, “उक्त चामल नेपालका भैरहवा, बुटवल, चितवन, पोखरा, विराटनगर र धरानसम्म संस्थामार्फत हामीले बेचेका छौँ ।” बजार माग निकै बढेकोले आपूर्ति गर्न नसकिएको उहाँले बताउनुभयो ।

    कर्णालीका प्राकृतिक, धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र भ्रमण गर्न आउने अधिकांश पर्यटकहरुले मार्सी चामलाई नै प्रमुखतामा राखेर कासेली लिने गरेको उहाँले बताउनुभयो । व्यवस्थापक पाण्डेका अनुसार अहिले अमेरिकारले चालीस क्विन्टल मार्सी चामल पठाउन आग्रह गरेको छ । अफसिजन भएकाले त्यसको जुगाड गरेर पठाउने तयारी गरिरहेका छौँ । मार्सीको अन्तर्राष्ट्रिय बजार मूल्य प्रतिकेजी रु ५०० देखि ७९० रहेको उहाँको भनाइ छ ।

    विसं १९०४ मा जङ्गबहादुर राणा प्रधानमन्त्री हुँदादेखि मोहन शमशेरको पालासम्म हुलाकबाट प्रतिदिन एक माना चामल पठाउने गरेको काली मार्सी चामल पठाउने क्रम तत्पश्चात् प्रशासनिक रुपमा भंग भएको छ । अहिले किसानको मेहनतलाई लागतसँग जोडेर उच्च मूल्यमा बिक्री हुने कालीमार्सी धान उत्पादनमा किसानहरु पनि उत्साहित हुँदै गएका छन् ।

    जुम्लामा मात्र उत्पादन भए पनि काली मार्सी चामलले अन्तराष्ट्रिय बजार लिइसकेको छ । यसले भाषा, साहित्य, कला, संस्कृतिको उद्गमस्थल जुम्ला सिञ्जा, कर्णाली र सिङ्गो नेपाललाई विश्वमाझ चिनाउन ठूलो योगदान पु¥याएको छ ।

    यसबाट प्राप्त हुने तत्व र महत्व दुवैलाई विश्व बजारले बुझिसकेको छ । तथापि मार्सीप्रतिको बढ्दो मोह र घट्दो उत्पादन किसानका साथै सरकारका लागि ठूलो चुनौतीको विषय बन्दै गएको छ । तसर्थ, बजारको माग अनुसार मार्सी धानको उत्पादनमा वृद्धि र संरक्षण गर्नतर्फ नेपाल सरकार बेलैमा विशेष ध्यान दिनुपर्दछ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”


  • Advertisement

    समाचार
  • १

    केन्द्रको निर्देशन विपरीत मध्यविन्दु नगरपालिकाद्वारा शैक्षिक गतिविधि सञ्चालन, स्थानीय तहबीच निर्णय असंगति बढ्दै

  • २

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : लेखा समिति सहित एक सदस्य निर्विरोध, पोखरेल प्यानलको प्रभावशाली सुरुवात

  • ३

    नवलपुर उद्योग वाणिज्य संघ अधिवेशन : बुद्धिसागर पोखरेलको संयुक्त प्यानलले बढायो चुनावी चासो

  • ४

    नवलपुर उद्योग वाणिज्य संघको उपमहासचिवमा प्रेमनारायण पाण्डे: “व्यवसायीको अधिकार स्थापित गर्न मेरो उम्मेदवारी”

  • ५

    पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ

  • ६

    मध्यविन्दु नगरपालिकामा माटो ढुवानीमा चरम लापरबाही : अनुमति उल्लंघनदेखि करछली र सडक दुर्घटनाको जोखिमसम्म

  • ७

    पहाडि क्षेत्र बोझापोखरीमा टेलिफोनको टावर सञ्चालनको तयारीसंगै एफटिटीएचको सर्वे

  • ८

    मध्यविन्दुमा आगलागी : पीडितको घाउमा मलहम लगाउन पुगे तिलक महत

  • ९

    उर्माखुमा पहिलो पटक यात्रुवाहक बस पुग्दा स्थानीयले पूजा गरेर गरे स्वागत

  • १०

    मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution