• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १३, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

२

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

३

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

४

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

५

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

६

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

७

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

८

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

९

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

१०

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

११

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

१२

पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने एमालेको निर्णय

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सिँचाइले फेरिएको जीवनशैली   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ अषाढ १७, शुक्रबार (३ साल अघि)
    011

    Advertisement

    –सुशीला रेग्मी

    रामपुर (पाल्पा)  : सिँचाइ अभावमा बाँझिएका जमिन अहिले हरियालीमय बनेको छ । हिजो सिँचाइ नहुँदा खेती गर्न छाडिएका बाँझो खेतमा हरियाली अन्नपात फलेको देख्दा हरिबहादुर रानाका आँखाबाट हर्षका आँशु पोखिन्छन् ।बालबच्चा लालनपालन गर्न खेती लगायो उचित समयमा सिँचाइ दिन नसक्दा बीउ पनि उब्जाउन मुस्किल हुने ती जग्गामा लटरम्म अन्नपात फलेको देख्दा उहाँलाई रमाइलो लागेको छ । पाल्पा रामपुर नगरपालिका–५ स्थित रानाटोल बस्ने हरिबहादुर उमेरले ९० वर्षमा टेक्नुभएको छ । रानाको दैनिकी लठ्ठीको साहारामा खेत वरिपरि घुम्दै हरियाली फलेका अनाज देख्दा खुसी मुद्रामा बितिरहेको छ । आफूले भेटेका जो–कोहीलाई पनि खेतमा लगाइएको बालीनाली देखाउँदै हिजोका सङ्घर्षका कथा सुनाउनुहुन्छ ।

    उहाँ भन्नुहुन्छ, “परिवार पाल्न भनेर निकै दुःख गरेर खेती लगायो बालीनालीलाई आवश्यकताअनुसार सिँचाइ दिन पाइँदैनथ्यो, आकाशको पानी नपरेका वर्ष उत्पादन स्याहार्नै परेन, अहिले झैँ बजारमा किनेर खान पाउने अवस्था पनि थिएन, सामान किन्न सदरमुकाम तानसेन, बुटवल बजार नै जानुपथ्र्यो, हिजोका ती जग्गामा अहिले हराभरा बाह्रै महिना अन्नबाली फलेको देख्दा जमानाले ठूलै कोल्टे फे¥यो जस्तो लाग्छ ।”

    बहखोला खजनीखोला बेझाड खेत सिँचाइ आयोजनाको कुलो मर्मत गरी पक्की बनेपछि उहाँका बाँझिएका र खेती गरेर उत्पादन लिन नसकिएका जमिन हराभरा बनेका छन् । उमेरले बुढ्यौली टेके पनि खेतबारीमा हरियाली कृषि बालीले ढाकेको देख्दा उहाँमा हिजोका सङ्घर्षका दिन सम्झँदा कथाजस्तो लाग्दछ । खेतमा बाली लगाएपछि पानी पटाउन बिहान उठेर कुलोमा पात पतिङ्गर, ढुङ्गामाटो सफा गर्दै मुहानमा पानी लगाएर घर फर्कँदा कहिलेकाहीँ दिन बितेको पत्तो नै नभएको उहाँले अनुभव सुनाउनुभयो ।

    विसं २००५ मा हरिबहादुरका हजुरबुवा कर्णबहादुरले किनेको जग्गा अहिले पनि भोगचलन गरिरहनुभएको छ । बाउबाजेको पालादेखि नै भोगचलन गर्दै आएको पुख्र्यौली जग्गा हिजो सिँचाइ दिन नसक्दा बाँझिए । उत्पादनशील पानी नलाग्ने भनिएको जग्गा अर्थात् बारीमा पनि सिँचाइ सुविधा पुगेपछि खेतको रूपमा परिणत भई धान फल्न थालेको उहाँ बताउनुहुन्छ । “बारी भनेर केही नलगाउने जग्गामा अहिले मज्जाले धान फल्ने भयो, सिँचाइ सुविधा भयो भने कृषि बाली लगाएर परिवार धान्न समस्या छैन, कुलो पक्की भएपछि पहिलोजसो महिनौँ सफा गर्न जानुपर्ने झन्झटबाट हामी उपभोक्तामुक्त भइयो, किसानलाई सिँचाइ सुविधाले धेरै आनन्द बनाएको छ, उत्पादन पनि बढिरहेको छ”, उहाँले भन्नुभयो ।

    खेतमा सिँचाइ गर्न कुलोको मुहानमा सालका हाँगा, स्याउलाले बाँध बाँधेर पानी ल्याइन्थ्यो । अस्थायी संरचना हुँदा वर्षायाममा बाढीले बगाएर लैजाने समस्या किसानले झेल्नुप¥यो । यसरी ल्याइएको पानी कच्ची कुलोका कारण ठाउँ–ठाउँमा चुहिने र सोसिएर हिउँदयाममा त खेतमा पु¥याउनै सकिँदैनथ्यो । गहुँ, मकैबाली छर्ने समय रातदिन उपभोक्ताबीच पालो विभाजन गरेर पानी लगाउने चलन थियो । रातको समयमा बस्तीदेखि टाढा रहेको मुहानमा पुगेर कुरेरै पानी लगाउन किसानले धेरै सास्ती भोग्नुपरेको थियो । तर अहिले भने यो समस्या किसानलाई छैन । मूल कुलोबाट आएको पानी बेझाड खेतको मुहानमा शाखा कुलो निर्माण गरेर सबैका खेतमा पानी वितरण भइरहेको छ ।

    आकाशे पानी नपरेका बेला मुहानका खेतमा लगाइएका धानबाली जसोतसो उत्पादन लिएपनि पुछार खेतमा लगाइएका धानबालीको बीउ स्याहार्नै नपाएको हिजोको अवस्था अझै पनि मनमा ताजै रहेको बताउनुहुन्छ ६७ वर्षीय सूर्यबहादुर राना । “आकाशे पानी गरेका समय वर्षायामको भलपानी छोपेर धान लगाइन्थ्यो, खडेरी परेका बेला खेतमा पानी नै पुग्दैनथ्यो, कहिलेकाँही दुःखसँग गरेको खेती सिँचाइ अभावमा सप्रन नपाएर बीउ नै स्याहार्नै पाइएन, सिँचाइ आएपछि भने किसानले सबै बाली लगाएर राम्रो उत्पादन लिन थालेका छन्, कृषिमा जोश जाँगर बढेर आउँछ”, उहाँले भन्नुभयो ।

    उहाँ खेतमा सिँचाइ गर्न कुलोको मुहानमा धाउन छाडेको करिब सात वर्ष भयो । व्यवस्थित र पक्की कुलोको संरचना बनेपछि बेझाड खेतका सबैजसो जमिन हराभरा बनेका छन् । धान, गहुँ, मकै, तरकारी, सूर्यमुखीलगायतका विभिन्न बाली लगाएर राम्रो उत्पादन किसानले लिदै आएका छन् । वर्षायाममा धान बाली मात्रै लगाउने अन्य समय बाँझै राख्ने खेत अहिले देख्न पाइँदैन । वर्षमा एक बाली त्यो पनि धान लगाएर राम्रोसँग स्याहार्न नपाउने समस्या भोगेका यहाँका किसानलाई कुलो पक्की बनेपछि ठूलो राहत पुगेको छ ।

    करिब २०० वर्षअघि हालको रामपुर नगरपालिका–५ स्थित बेझाड खेतका खाली जमिन सिँचाइ गर्न कुलो बनाएर बहखोलाको पानी ल्याइएको बुढापाका बताउँछन् । दुई दशकअघि पक्की कुलोको अवधारणा ल्याएर उपभोक्ताले कुलो व्यवस्थापन गर्दै जाँदा अहिले सिँचाइको राम्रो उपयोग गर्न पाएका छन् । समथर भूमि रहेको बेझाड खेत कृषि उत्पादनका हिसाबले उपयुक्त छ ।

    यस कुलोबाट बेझाड खेतमा रहेको करिब ५६० रोपनी खेतमा सिँचाइको सुविधा पुगेको छ । सिँचाइ सुविधाले आफ्नै खेतमा उब्जेको अनाजले किसानलाई बिहान साँझको जोहो कसरी गर्ने भन्ने चिन्ता छैन । बेझाड खेतको मुहानदेखि करिब दुई किलोमिटर पर बहखोलामा बाँध बाँधेर पानी ल्याइएको छ । बर्सेनि विभिन्न सङ्घसंस्थाको सहयोगमा बजेट परेपछि संरचना बलियो बन्दै गएको छ । मूल कुलोको संरचना तयार भएपछि अहिले उपभोक्ताले शाखा कुलो व्यवस्थापन कार्यलाई अगाडि बढाएका छन् ।

    कुलो पक्की नहुँदा रातदिन मुहानमा पुगेर पानी कुर्नुपर्ने अवस्था थियो । पानी लगाउने झन्झटले खेती गरिरहेको जमिन बाँझै पनि राखे । अहिले कुलो पक्की बनेपछि नियमितरूपमा पानी आउँदा धान, गहुँ, मकै, तरकारीलगायतका विभिन्न बालीनाली किसानले लगाउने गरेको उपभोक्ता समितिका अध्यक्ष बलबहादुर राना बताउनुहुन्छ ।

    सिँचाइ सुविधा पाएपछि आधुनिक प्रविधिबाट किसानले खेती गर्न थालेका छन् । हिजो त्यही जग्गामा लगाएको अन्नबालीले खान पुग्दैनथ्यो भने अहिले घरायसी प्रयोजन मात्र नभई बिक्री समेत गर्ने गरेको किसान बताउँछन् । कुलो व्यवस्थित बनेपछि गत वर्षदेखि बेझाड खेतमा सूर्यमुखी पकेट कार्यक्रम सञ्चालन गरिरहेको अध्यक्ष रानाले बताउनुभयो ।

    कृषि ज्ञान केन्द्र पाल्पा र स्थानीय उपभोक्ताको सहयोगमा यसवर्ष ६४० मिटर विभिन्न शाखाका कुलोहरु पक्की बनाइएको छ । मूल कुलोको सबै भागमा पक्की संरचना बनेको छ भने शाखा कुलोहरु पक्की गर्ने कार्य भइरहेको छ । हालसम्म ३० प्रतिशत शाखा कुलो पक्की बनाइएको छ भने आगामी दिनमा विस्तार गर्दै जाने र सबै शाखा कुलो पक्की बनाउने उपभोक्ता समितिको योजना छ ।

    धान रोपाइँ सुरु समय अगावै एकदेखि डेढ महिना उपभोक्ताले कुलो मर्मत तथा सरसफाइमा समय खर्चिनुपथ्र्यो । अहिले भने यो समस्या सधाका लागि टरेको छ । कच्ची कुलो ठाउँ ठाउँमा पहिरो खसेर खेतमा लगाएको बाली किसानलाई पाकेर स्याहार्न पाइन्छ या पाइँदैन दोधारमै खेती गर्नुपर्ने अवस्था रहेको उपभोक्ता विष्णुप्रसाद बस्याल स्मरण गर्नुहुन्छ । स्थानीय किसान कृष्णकान्त पौडेलले पानीको सुविधा हुन थालेपछि चार रोपनी जग्गामा सबैजसो खेती लगाउने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिला त बाली लगायो स्याहार्न पाइन्छ कि पाइँदैन भन्ने लाग्थ्यो, मुहानमा ठूलै पानी भएपनि कच्ची कुलोमा खेतमा पुग्नै मुस्किल पथ्र्यो, अहिले कुलो सबै पक्की बनेपछि सजिलैसंग खेतमा पानी पुगेको छ ।”

    पानीको स्रोत भएर पनि त्यसको व्यवस्थापन नहुँदा खेतीबाली लगाउन समस्या थियो । पुछारतिरका खेतमा पानी पुग्नै धौधौ भएपछि खेती गरिरहेको जमिनमा कतिपयले भट्टमास, गहत, बोडी जस्ता बाली लगाउने गरेको स्थानीय बताउँछन् । सिँचाइ व्यवस्थित नहुँदा एक मुरीमा राम्रै उत्पादन भएका बखत दुईदेखि तीन मुरीसम्म धान स्याहारेका किसान अहिले सोही जग्गामा सात–आठ मुरी उत्पादन गर्न सफल भएका छन् । कुल खेतीयोग्य जमिनमध्ये करिब ७० रोपनी क्षेत्रफलमा घर भवन निर्माण, प्लटिङ गरिएको छ । बाँकी जमिन भने अन्नबालीले भरिएका छन् ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने


  • Advertisement

    समाचार
  • १

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • २

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ३

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ४

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ५

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ६

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ७

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ८

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • ९

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • १०

    ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution