• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    शिवालयमा बिहानैदेखि चहलपहल   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ श्रावण २, सोमबार (३ साल अघि)
    pashupati-8

    Advertisement

    बागलुङ: आज साउनको पहिलो सोमबार । यहाँका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिन्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यस वर्ष पाँच सोमबार परेका छन् । साउनमा शिवको व्रत र पूजाआजा गरे फल प्राप्त हुने धार्मिक विश्वास छ । विशेष गरी महिलाले यसलाई बढी महत्व दिन्छन् । बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा बिहान ३ बजेदेखि नै चहलपहल सुरु भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र जिसीले बताउनुभयो ।“बिहानैदेखि भक्तजनको भीड लागेको छ, भक्तजनको सहजता र सुविधाका लागि आवश्यक सबै प्रबन्ध मिलाएका छौँ”, उहाँले भन्नुभयो, “दुई वर्ष कोभिडले प्रभाव पारे पनि अहिले मन्दिरमा राम्रो चहलपहल छ, उमङ्गको वातावरण छ ।”

    अध्यक्ष जिसीले पूजाको व्यवस्थापनका लागि प्रहरी र स्वयंसेवक खटाइएको बताउनुभयो । भक्तालुको सुविधालाई हेरेर खानेपानीको निःशुल्क प्रबन्ध गरिएको छ । विसं २०५८ मा निर्मित उक्त मन्दिरमा बर्सेनि शिवरात्रि र साउने सोमबारमा विशेष पूजाआजा हुने गर्छ ।

    बागलुङ –९ तित्याङस्थित शिवालय मन्दिरमा पनि भक्तजनको चहलपहल देखिएको छ । बागलुङ बजार र आसपासका गाउँबाट भक्तालु शिवको पूजाआरधाना गर्न त्यहाँ आउँछन् । काठखोला गाउँपालिका–५ रामकोटधाममा रहेको त्रिपुरेश्वर महादेव मन्दिरमा पनि साउने सोमबारमा विशेष पूजाआजा हुन्छ ।

    विसं २०४० मा दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले स्थापना गर्नुभएको उक्त मन्दिरमा ५०० किलोको शिवलिङ्ग छ । भारतको नर्मदा नदीबाट ल्याएर उक्त शिवलिङ्गलाई त्यहाँ प्रतिस्थापन गरिएको हो । उक्त मन्दिरमा बर्सेनि जेठ ११ मा भगवान् शिवको रथयात्रा पनि निकाल्ने गरिन्छ । शिवरात्रि, बालाचर्तुरदशीलगायतका पर्वमा त्यहाँ धार्मिक मेला लाग्छ ।

    गलकोट–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिरसहित यहाँका सबै शिवालयमा साउने सोमबारभर भक्तालुको भीड लाग्छ । सिद्धेश्वरमा शिवलिङ्ग मण्डप पनि निर्माण गरिएकाले भक्तजन आकर्षित हुने गरेका छन् ।

    ज्योतिषशास्त्र अनुसार सोमबारको स्वामी भगवान् शिव भएकाले यो महिनामा गरिने शिवको व्रत पूजा फलदायी हुन्छ । यस दिन आफू र आफ्नो परिवारको भलो चिताएर व्रत बस्ने गरिन्छ । सोमबारे व्रत बसेर पार्वतीले महादेव स्वामी पाएको धार्मिक ग्रन्थमा उल्लेख छ । शिवलाई देवाधिदेव महादेवका रुपमा पुजिन्छ । (रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution