• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ बैशाख २६, शनिबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

२

नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

३

गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

४

पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

५

७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

६

लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

७

सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

८

समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

९

अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

१०

कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

११

खरो उत्रिँदै सरकार : सरकारी जग्गा र संरचना खाली गर्न निर्देशन

१२

धारिलो हतियार प्रयोग गरी युवकको हत्या

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    सोह्र श्राद्ध सुरु: पितृप्रति सम्मान   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ भाद्र २६, आईतबार (३ साल अघि)
    pitrapaksh-vishesh-min

    Advertisement

    महोत्तरी । असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृ पक्ष सुरु भएको छ । यसअघि प्रथम वार्षिक श्राद्ध (बरखी) गरिएका दिवङ्गत परिवारजनलाई सम्झेर तर्पण र पिण्ड दिइने असोज कृष्णपक्षलाई सोह्रश्राद्ध पनि भन्ने गरिन्छ । मैथिल हिन्दू परम्परामा यो पक्षभरि तीर्थस्थलमा गएर दिवङ्गतजनको सम्झनामा श्राद्ध गरेर तर्पण, पिण्ड दिने गरिन्छ । यस पक्षभरि (पितृपक्ष) दिवङ्गत आत्माहरू मत्र्यलोक (पृथ्वी)मा विचरण गर्न आउने र आफ्ना सन्तानले दिएको तर्पण, पिण्ड तत्काल ग्रहण गर्ने विश्वासले हिन्दू मैथिल यस अवधिमा सात्विक आचरणमा रही श्राद्ध गर्ने परम्परामा बाँधिएका कर्मकाण्डका ज्ञाताहरूको भनाइ छ । मैथिल परम्परामा पितृतर्पण प्रारम्भको एक दिनपूर्व भाद्र पूर्णिमाका दिन देवताहरूलाई आमन्त्रित गरिन्छ । यसलाई देवतर्पण भन्ने गरिएको छ ।

    असोज कृष्णपक्षभरि पार्वण (महालय) र एकोपार्वण तथा तीर्थश्राद्धको परम्परा छ । यसपक्षबाहेक अन्यबेला तिथि परेका दिवङ्गतको सम्झनामा पार्वण र यसै पक्षमा तिथि परेका (दिवङ्गत भएका) पितृहरूको सम्झनामा एकोपार्वण श्राद्ध गर्ने हिन्दू मैथिल परम्परा रहेको महोत्तरीको बर्दिबास नगरपालिका–२ का बासिन्दा महेशकुमार झा बताउनुहुन्छ पितृपर्व मानिने यस पक्षमा भारतको विहार राज्यमा पर्ने गया तीर्थस्थलमा श्राद्ध गर्न उत्तम मानिन्छ । यस्तो सम्भव नहुँदा नजिकको तीर्थस्थलमा श्राद्ध गरेर मैथिल आफ्ना दिवङ्गतको सम्झना गर्ने गर्छन् । असोज कृष्ण प्रतिपदादेखि औँशीसम्मका १५ तिथि भए पनि पूर्णिमा तिथि हुनेको श्राद्ध पनि औँशीमा गर्न सकिने हुँदा सोह्रवटै तिथिको प्रतिनिधित्व हुने गरी यस पक्षलाई ‘सोह्रश्राद्ध’ भनिएको कर्मकाण्डका ज्ञाताको भनाइ छ ।यसपक्षबाहेक दिवङ्गत हुनेहरूको तिथिमा एकोदिष्ट श्राद्ध गरिने र तिथि परेका पितृलाई एक पिण्ड दिने परम्परा छ । तर यसपक्षमा गरिने पार्वण श्राद्धमा भने मातृकूुल (मावल), पितृकुल, गुरुजन र अविवाहित दिवङ्गत दिदीबहिनीलाई पनि तर्पण र पिण्ड दिइने भङ्गाहा नगरपालिका–५ सिद्धपुरका बासिन्दा रामनारायण झा बताउनुहुन्छ । यसपक्षमै तिथि परेका (निधन भएका)हरूको सम्झनामा गरिने एकोपार्वण विधिको श्राद्धमा एकोदिष्ट र पार्वणका दुवै विधि मिश्रण रहेको उहाँको भनाइ छ ।

    पितृपक्ष हिन्दू मैथिल परम्परामा अत्यन्त पवित्र मानिने र यस पक्षभरि आफ्ना दिवङ्गतहरूको सम्झना गर्दै सात्विक आचरणमा रहन पर्ने कर्मकाण्डीय शास्त्रीय मत छ । हिन्दू परम्परामा घरमा कुनै शुभकार्य गर्नुअघि पितृको स्मरण गर्दै नान्नीमुखी श्राद्ध गरिने परम्पराकै यो निरन्तरता भएको उहाँहरूको भनाई छ । असोज शुक्लपक्षको प्रारम्भसँगै हिन्दूहरूका महान् पर्व बडादशैँ, त्यसलगत्तै तिहार र छठजस्ता राष्ट्रिय पर्व पर्ने भएको हुँदा त्यसअघि पितृस्मरणका लागि सिङ्गोपक्ष पूर्वजले छुट्याएका हुनसक्ने महोत्तरीकै मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस)का साहित्यका उपप्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

    पितृपक्ष प्रारम्भ हुनासाथै पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको छ । वर्षभरिका सबै तिथिको पार्वण श्राद्ध यसै पक्षभित्र गरिनुपर्दा एकैदिन चार–पाँच ठाउँसम्म श्राद्ध गराउनुपर्ने हुँदा पुरोहित ब्राह्मणहरूको व्यस्तता बढेको हो । एकोदिष्ट र तीर्थश्राद्धभन्दा बढी विधि हुने हुँदा पार्वण र एकोपार्वण श्राद्धमा समय बढी लाग्ने गरेको पुरोहित महेशकुमार झा बताउनुहुन्छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर


  • Advertisement

    समाचार
  • १

    एमालेको केन्द्रीय कार्यालय आफ्नै जग्गामै बनाउन माग

  • २

    नदी तथा खानीजन्य पदार्थको उत्खनन् स्वीकृत मापदण्डअनुसार नै गराउन निर्देशन

  • ३

    गैंडाकोटको थुम्सीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

  • ४

    पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

  • ५

    ७ दिन डोजर चल्दा काठमाडौंमा मात्र १५ हजार जना विस्थापित

  • ६

    लिपुलेकका विषयमा नेपालसँग वार्ता गर्न भारत तयार

  • ७

    सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस

  • ८

    समस्याग्रस्त सहकारीका ऋणीहरूको नाम सार्वजनिक

  • ९

    अमेरिकाको धम्की रोकिए समुद्री मार्ग खुल्ला गर्ने इरानको अडान

  • १०

    कहाँ–कहाँ पर्छ आज पानी ? थाहा पाउनुहोस आजको मौसम !

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution