• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    मेडिकल कलेजको लापरबाही,सघन उपचार कक्षबाट मध्य रातमा बिरामी फरार

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन १३, बिहिबार (३ साल अघि)
    pic-no-1-1024x682

    Advertisement

    पाल्पा I लुम्बिनी मेडिकल कलेज तानसेन ७ प्रभासको सघन उपचार कक्षमा उपचार भई रहेका तानसेन ६ कुन्सरेका ५५ बर्षिय सुर्यबहादुर सारु गएराती करिब २ बजे घर पुगे । मानसिक समस्याको कारण सघन उपचार कक्षमा मङ्गलवार बेलुकाबाट उपचार गराई रहेका सारु अस्पतालको सुरक्षा स्थिति कमजोर भएका कारण उनी मध्यरातमा भागेर घर पुगेका हुन् ।सामान्य अवस्थामा बेहोस भएपछि उपचारका लागी भर्ना भएका आफ्ना बुबा एकाएक रातको समयमा खालि खुट्टा, पिसाबको पाइप,डाइपर सहित राती २ बजे घरमा आउँदा आफूलाई छक्क परेको छोरी सरिता सारुले बताउनुभयो ।अस्पतालमा बिरामी सारूलाई हेरचाहका लागी बसेका ज्वाइँ दल बहादुर पुन र छिमेकी वीर बहादुर घर्तीले अस्पतालबाट बिरामी भागेर घर पुगिसकेपछि मात्र आफूहरूलाई जानकारी भएको बताउनुभयो ।

    अस्पतालबाट बिरामी पैदल घर पुग्दा सम्म अस्पताल प्रशासन तथा अस्पतालको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड बेखवर बन्नु नै अस्पतालको सुरक्षा माथि नै प्रश्न चिन्ह खडा भएको छ । सघन उपचार कक्षमा उपचाररत बिरामी एकाएक मध्य रातमा बाहिरिँदा सम्म अस्पताल प्रशासनलाई जानकारी नहुनु नै अत्यन्त लज्जास्पद भएको स्थानीय टेक बहादुर घर्ती बताउनुहुन्छ । मेडिकल कलेजको यस्ता गल्ती बारम्बार हुने गरेको सुरक्षाको कारण पटक पटक बिभिन्न प्रकृतिका घटनाहरू घटेकाले अस्पताल जस्तो संवेदनशील संस्था आन्तरिक सुरक्षाका लागी थप जिम्मेवार बन्नुपर्ने उहाँले बताउनुभयो । सुरक्षाप्रति अस्पताल संवेदनशील नहुँदा एकाएक सघन उपचार कक्षबाट बिरामी घर पुगेको घर्तीको भनाई छ । बिरामी घर पुगेर आराम गरिरहेको अवस्थामा अस्पतालको शल्यक्रिया विभागका प्रमुख रोमाकर घिमिरेले स्टाफ नर्सको साथमा बिरामीलाई फिर्ता ल्याउन एम्बुलेन्स सहित बिरामीको घर पुगेका थिए ।

    बिरामीका आफन्तले अस्पतालको सुरक्षा संवेदनशीलता माथि प्रश्न उठाएपछि आफन्त र अस्पताल प्रशासनबिच छलफल गर्ने सहमतिमा बिरामीका आफन्तले बिरामीलाई उपचारका लागी पुनः अस्पताल पठाएका छन् ।

    उपचारमा संलग्न चिकित्सक भास्कर शर्माका अनुसार बिरामी सारूको अवस्था अति संवेदनशील भएको,उपचारको क्रममा एकाएक रातीको समयमा घर जानु आश्चर्यको कुरा हो । लुम्बिनी मेडिकल कलेजका निर्देशक निर्दोष खनालले भने आकस्मिक उपचार कक्ष अत्यन्त संवेदनशील ठाउँ हो । यस्तो ठाउँबाट बिरामी भाग्नु सुरक्षा कमजोरी भएको उहाँले स्वीकार गर्नुभयो । अबका दिनमा यस्ता कमजोरी नहुने प्रतिबद्धता समेत उहाँले ब्यक्त गर्नुभयो । निर्देशक खनालले मानसिक रोगी तथा बिरामी राख्ने वाड हाल दोस्रो तलामा भएपनि अब तत्कालै पहिलो तलामा स्थानान्तरण गरिने हुँदा त्यस्ता समस्या नहुने बताउनुभयो ।छलफलमा सहभागी तानसेन ६ का वार्ड अध्यक्ष सागरमान महर्जनले अस्पतालको सुरक्षा कमजोरी नहुने भनेर आम नागरिकलाई कसरी विश्वास दिलाउने ? भन्ने विषयमा अस्पताल प्रशासन माथि नैतिक प्रश्न उब्जिएको बताउँदै यस्ता समस्याको निराकरणको उपाय खोज्न आग्रह गर्नुभयो ।

    तस्बिरहरू

    भागेर घर पुगेर खाना खाएपछि आराम गर्दै
    शल्यक्रिया विभाग प्रमुख स्थानीयसँग छलफल गर्दै 
    बिरामी समातेर एम्बुलेन्समा राख्दै 

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution