• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    पूर्वी नवलपरासीमा ७६ जनाको उम्मेदवारी

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ आश्विन २४, सोमबार (३ साल अघि)
    pradesh-and-pratinidhi-sava-nirbachan-1

    Advertisement

    कावासोती । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वी नवलपरासीमा आइतबार भएको मनोनयन दर्तामा ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये २१ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा जम्मा पाँच जना महिलाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।सङ्घीय निर्वाचन क्षेत्र नं १ मा पाँच स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनेमा नेपाली कांग्रेसबाट डा शशांक कोइराला, नेकपा (एमाले)बाट कृष्णप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट डा मोहनीलाल भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजन गौतम, नेपाली कांग्रेस (वीपी)बाट मोहन आचार्य, जनता समाजवादी पार्टी नेपालबाट भुमबहादुर राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमछिरी शेर्पा, हाम्रो नेपाली पार्टीबाट तुलसीराम भुसाल, नेपालका लागि नेपाली पार्टीबाट रुक्मागत चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट टकबहादुर थापामगर, नागरिक उन्मुक्ति पार्टीबाट कमल महतोले उम्मेदवारी दर्ता गराएका छन् भने गैडाकोट–४ का एकनाथ पोखरेल, देवचुली–१६ का चित्रध्वज जिसी, कावासोती–८ का सूर्यप्रसाद सापकोटा, विन्दु भट्टराई र गैडाकोट–१२ का विष्णु भट्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    त्यसैगरी क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं (क) मा दुई स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसका महेन्द्रध्वज जिसी, नेकपा एमालेका रवीन्द्र अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सन्तोष थापा, राष्ट्रिय जनमुक्ति पार्टीका बीना आले, नेपाली कांग्रेस (वीपी)का यमनाथ बस्ताकोटी, हाम्रो नेपाली पार्टीका बद्री काप्री, मङ्गोल नेशनल अर्गनाइजेशनका कुमार गुरुङ, जनता समाजवादी पार्टी नेपालका अनु बुढाथोकी रहनुभएको छ भने गैडाकोट–१ का राजेन्द्रप्रसाद उपाध्याय र सोही स्थानकै सरोज कँडेलले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

    त्यसैगरी क्षेत्र नं १ प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा नागरिक उन्मुक्ति पार्टीका खनसराम महतो, नेपालका लागि नेपाली पार्टीका खिमबहादुर सुनार, नेपाली कांग्रेस (वीपी)का गणेशप्रसाद पोखरेल, जनता समाजवादी पार्टी नेपालका छविलाल मगर, मङ्गोल नेशनल अर्गनाइजेशनका टमबहादुर थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामनाथ उप्रेती, नेकपा एमालेका रोशनबहादुर गाहामगर, नेकपा माओवादी केन्द्रका लोकप्रसाद भुर्तेल र राष्ट्रिय जनमुक्ति पार्टीका शिवकुमार बुढा रहनुभएको छ भने कावासोती–२ का ईश्वरजङ्ग थापामगर, देवचुली–१३ का चोकनारायण काफ्ले र देवचुली–११ का ठाकुर चापागाईँले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।त्यसैगरी क्षेत्र नं २ को प्रतिनिधिसभातर्फ पाँच जना स्वतन्त्रसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेल, नेपाल लोकतान्त्रिक पार्टीका अम्मरबहादुर धामी, माओवादी केन्द्रका बालकृष्ण गैरे, कांग्रेसका विष्णुकुमार कार्की, राष्ट्रिय जनमुक्ति पार्टीका सिंहबहादुर थापा, एमालेका तिलबहादुर महत क्षेत्री, नागरिक उन्मुक्ति पार्टीका बुद्धिराम थनेत, राष्ट्रिय स्वतन्त्र पार्टीका शालिकराम न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका विषुप्रसाद शर्मा, मङ्गोल नेशनल अर्गनाइजेशनका ज्ञानबहादुर कुमालले उम्मेदवारी दर्ता गराउनुभएको छ भने बालकृष्ण कुँवर जोगी, मुक्तिप्रसाद पाण्डेय, सागर पाठक, लालबहादुर मल्ल, रामप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

    क्षेत्र नं २ को प्रदेशसभा (क) मा तीन स्वतन्त्रसहित १३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिनेमा मौलिक जरोकिलो पार्टीबाट लक्ष्मीकान्त रिमाल, हाम्रो नेपाली पार्टीबाट यदुनाथ सिग्देल, माओवादी केन्द्रबाट सौगमकुमार सिरपाली विक, राष्ट्रिय जनमुक्ति पार्टीबाट थामबहादुर गाहा, एमालेबाट पदमा जिसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नुनबहादुर आलेमगर, कांग्रेसबाट विष्णुप्रसाद लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट निकिता श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट हर्कबहादुर डिसुवा मगर र नेपाली कांग्रेस (वीपी)बाट हेमराज गुरौंले उम्मेदवारी दर्ता गराउनुभएको छ भने योग मल्ल, चेतनाथ पोख्रेल र प्रेमनारायण पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा (ख) मा तीन स्वतन्त्रसहित १० जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेमा राष्ट्रिय जनमुक्ति पार्टीबाट मोहनसिंह थापा वकावल, नेपाली कांग्रेस (वीपी) बाट रामचन्द्र भण्डारी, एमालेबाट लक्ष्मणबहादुर पाण्डे, नागरिक उन्मुक्ति पार्टीबाट युवराज कुमाल, नेकपा (एस) बाट डा गोपालप्रसाद खनाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट लालबहादुर गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजबहादुर थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ भने विनयीत्रिवेणीका रोशन केसी, मध्यविन्दुका दामोदर न्यौपाने र सुरेश कुमालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution