अतरिया। वडादसैँको दोस्रो दिनदेखिको लगातार अविरल वर्षाले अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ । कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार उक्त स्थानमा सुरक्षाकर्मी, स्थानीयवासी र सवारी चालकसमेत भएर उक्त राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।पहाडी सात जिल्ला जोड्ने सो राजमार्ग अहिले सञ्चालनमा आएपछि सावरीसाधन आवतजावत हुन लागेकोे उहाँले बताउनुभयो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१