काठमाडौँ । नाबालिग बलात्कार आरोपमा पक्राउ परेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आज अनुमति दिएको हो ।अमेरिकाबाट गत बिहीबार नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई दसैँ बिदाका कारण अदालत बन्द भएका कारण आज अदालतमा उपस्थित गराएको हो ।
बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई काठमाडौँको प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौँको एक होटलमा १७ बर्षीया नाबालिगलाई पटक–पटक बलात्कार गरेको आरोपसहित प्रहरी वृत्त गौशालामा भदौ २१ गते जाहेरी परेको थियो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१