मुगु । अविरल वर्षाका कारण आइतबार दिउँसो मुगुको छायाँनाथ रारा नगरपालिकामा तीन जनाको मृत्यु हुनुका साथै आठ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार छायाँनाथ रारा नगरपालिका–११ सालिममा पहिरोमा परेर तीन जनाको मृत्यु भएको हो भने आठ जना बेपत्ता भएका छन् । मृतक र बेपत्ता भएकाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
यस्तै वडा नं ८ मा १० वटा घर पहिरोका कारण भत्किएका छन् । यहाँको पूरै गाउँ पहिरोको उच्च जोखिममा रहेको छ । छायाँनाथ रारा नगरपालिका वडा नम्बर ७ टोप्ला गाउँमा पहिरोले घर भत्किँदा २५ भेडासहित लाखौँको धनमाल नष्ट भएको छ । साथै पहिरोको उच्च जोखिम रहेकाले टोप्ला, सिगाडी र घुइर गाउँका अधिकांश बासिन्दा विस्थापित भएका छन् । (रासस)
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१