काठमाडौं।नवलपरासी (पूर्व)र रुपन्देहीमा भएका सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।नवलपरासी (पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा एनएल ०१ एल २४६० नम्बरको भारतीय ग्याँस बुलेट मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।ट्रकमा च्यापिएर सहचालक भारत उत्तर प्रदेश फत्तेपुर बस्ने १८ वर्षीय जय नारायण पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका ग्याँस बुलेट चालकको उपचारको लागि भरतपुर अस्पताल चितवनमा पठाइएको छ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ उद्योगपुरीस्थित सडकमा लु.५५ प.४७५९ नम्बरको स्कुटर मंगलबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्कुटर चालक सिद्धार्थनगर नगरपालिकास्थित पौवा होटलमा काम गर्ने गुल्मी हस्तिचौर गाउँपालिका घर भएका २३ वर्षीय सन्तोष खत्री छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१