• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवन सयपत्री फूलमा आत्मनिर्भर, तिहारलाई एउटा मालाको १०० रुपैयाँ मूल्य निर्धारण

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १, मंगलबार (३ साल अघि)
    Phool-Chitwan-scaled

    Advertisement

    चितवन ।नेपाली दिदीबहिनी तथा दाजुभाइको महान पर्व तिहारलाई लक्षित गर्दै चितवनमा सयपत्री फूलको मालाको मूल्य निर्धारण भएको छ ।चितवनका फूल व्यवसायी तथा पुष्प खेती गर्ने कृषकहरुले सयपत्री फूलको मालाको मूल्य निर्धारण गरेका हुन् ।कृषकहरुले आज (मंगलबार) भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी १०० रुपैयाँ भन्दा बढीमा सयपत्री फुलको माला खरिद–बिक्री नगर्न आग्रह गरेका छन् । खुला माला उन्ने फूल भने किलोको ३०० देखि ४०० सम्म पर्ने जनाइएको छ ।पत्रकार सम्मेलनमा फूलमाला फारम कालिका नगरपालिका–२ का गोविन्द बास्तोलाले सयपत्री फूलको एउटा मालाको खुद्रा मूल्य ९० देखि १०० रुपैयाँ निर्धारण गरिएको बताए । उनले भने, ‘तिहारमा सयपत्री फूलको मालाको माग बजारमा धेरै छ । यस समय किसानसँग ४०–५० मा किनेर बिचौलियाहरुले १५० देखि २०० सम्ममा बिक्री गर्छन् । बिचौलिया मोटाउन नदिन जिल्लामा सयपत्री फूलको मालाको खुद्रा मुल्य ९० देखि १०० रुपैयाँ, होलसेल मूल्य ६० देखि ७० रुपैयाँ निर्धारण गरेका छौं ।’

    यो मूल्य तिहारसम्म मात्र लागू हुने बास्तोलाले जानकारी दिए । त्यसपछि सयपत्री फूलको मालाको होलसेल मूल्य ५० र खुद्रा मूल्य ७० रहेको बताए । निर्धारण गरेको मूल्य भन्दा बढी मूल्य मागे उपभोक्ताले फेसबुक पेज सयपत्री उत्पादन समूह चितवन मार्फत् जानकारी गराउन अनुरोध गरे ।
    सम्मेलनमा बास्तोलाले स्वदेशी फूलको माला खरिद गर्न समेत आग्रह गरेका छन् । तिहारका साथै अन्य समयमा इण्डियन माला भित्रिने गरेकोले स्वदेशी उत्पादनले बजार नपाएको उनले गुनासो गरे । उपभोक्ता सचेत भए खाडीको विकल्प फूल खेती हुनेमा उनले जोड दिए ।पुष्प कृषक एवम् रत्ननगर नगरपालिका कृषि शाखाका प्रमुख प्रविण लामाले सयपत्री फूलको एक केजीको खुद्रा मुल्य ३५० देखि ४०० मूल्य रहेको बताए । होलसेलमा ३०० मा उपभोक्ताले खरिद गर्न पाउने उनको भनाइ छ । एक केजी फूलबाट ४ देखि ५ वटा माला निस्कने जानकारी दिए । इन्डियन सयपत्री फूलको माला र नेपाली मालाको मूल्य बजारमा समान रहेकाले स्वदेशी उत्पादनलाई माया गर्न आग्रह गरे ।

    पुष्प कृषक लक्ष्मी सापकोटाले व्यापारीहरुले १८ रुपैयाँमा सयपत्री फूल माग्ने गरेको बताए । उनले भने, ‘ भारतबाट १८ रुपैयाँमा सयपत्रीको माला पाइन्छ भन्छन् । सोही दाममा हामी सित माग्छन् । हाम्रो माला उन्दा, फुल टिप्दाको खर्च नै १२ रुपैयाँ हुन्छ । त्यसमा बिषादी, खनजोत, मल, विरुवा गर्दा ४० देखि ५० रुपैयाँ पुग्छ खर्च । बिचौलियाहरुले फाइदा धेरै खानको लागि भारतीय फूल खरिद गरी बिक्री गर्ने गरेको उनको भनाइ थियो ।
    यस्तै रत्ननगरमा सामुहिक पुष्प खेती गरिरहेका सुन्दर बस्नेतले पुष्प खेती गर्ने किसानहरुको संगठन फोलोरी कल्चर एशोसिएसनले मूल्य निर्धारण गर्न नसके पछि किसान आफै अगाडि बढेको बताए । बस्नेतले एशोसिएसनमा कृषक भन्दा व्यापारीले ठाउँ ओगटेर बसेकाले भारतबाट खुलेआम फुलहरु भित्रिएको आरोप लगाए । उनले भने, ‘फ्लोरी कल्चर एशोसिएसनको पदमा कृषक छैनन् । व्यापारी छन् । आफै बिचौलिया भएपछि मिलोमतोमा इन्डियाबाट फूल ल्याउँछन् । एसोशिएसन भएर पनि मूल्य निर्धारण गर्न सक्दैन ।’सम्मेलनमा ढिला गरी आएका फ्लोरी कल्चर एशोसिएसनका जिल्ला कोषाध्यक्ष सुलभ श्रेष्ठले ८० देखि १०० रुपैयाँमा सयपत्री फूलको माला बिक्री गर्न आग्रह गरेका छन् । उनले भने, ‘भर्खरै केन्द्रसँँग कुरा भयो, मेरो तिहारमा व्यापारीले ८० देखि १०० रुपैयाँमा सयपत्री बिक्री गर्न पाउने छन् । सोही अनुसार खरिद बिक्री गर्न आग्रह गर्दछु ।’कोषाध्यक्ष श्रेष्ठले चितवन सयपत्री फूलमा आत्मनिर्भर भइसकेको बताए । ८० प्रतिशत उत्पादन जिल्लामा हुने गरेको उनको भनाइ थियो । ‘बाँकी २० प्रतिशत गाउँघरमा आ–आफ्नो घरमा पनि सयपत्री रोपिने हुदा चितवन सयपत्रीमा आत्मनिर्भर छ,’ उनको भनाइ थियो । जिल्लामा करिब ६ लाख माला आवश्यक पर्नेमा करिब ५ लाख उत्पादन यहाँका पुष्प किसानले गर्छन् । व्यवसायिक रुपमा जिल्लामा १० देखि १२ जना पुष्प कृषक छन् । मौसमी अर्थात तिहार लक्षित पुष्प खेती गर्ने १०० भन्दा माथि रहेको एशोसिएसनले जानकारी दिएको छ ।

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution