• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ अषाढ १५, सोमबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

घटिया काम नभई दौलत हुदैन

२

कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

३

नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

४

सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

५

निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

६

कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

७

‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

८

उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

९

‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

१०

नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

११

ट्याक्टरको ठक्करबाट बाबु छोरीको मृत्यु, आमा गम्भीर घाइते

१२

अत्यधिक गर्मीले विद्यालयमा १२ दिन बिदा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    चितवनमा घरजग्गाको कारोबार ६ महिनामा आधाले घट्यो, झण्डै ५० प्रतिशत सरकारी राजस्वमा गिरावट

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
    Bharatpur-view

    Advertisement

    चितवन। चितवनमा ६ महिनाको अन्तरालमा घरजग्गा कारोबार झण्डै आधाले घटेको छ ।गत वैशाखदेखि असोजसम्मको तथ्यांक केलाउँदा चितवनमा घरजग्गा कारोबार आधाले घटेको पाइएको हो ।बैंकबाट कर्जा पाउन उसै त कठिन भइरहँदा पछिल्लो समय ब्याजदरमा वृद्धि हुँदा घरजग्गा कारोबार शिथिल बनेको छ । अहिले बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री भएको छैन । बिगतमा यसरी राखिएका घरजग्गा सजिलै बिक्री हुन्थे । त्यसबाहेक पनि घरजग्गा व्यवसायीहरुले प्लटिङ गरेका जग्गा समेत बिक्री हुन गाह्रो छ ।ऋण गरेर घरजग्गामा लगानी गरेकाहरु बैंकको ब्याजदर तिर्नुपर्ने बाध्यताका बीच केही सस्तोमा त्यस्ता प्रोपर्टी बिक्री गरिरहेका पनि छन् । घरजग्गा किन्न खोज्नेहरु पनि सहजै बैंकिङ कर्जा नपाउँदा यो अवस्थामा लगानी गरिहाल्ने मुडमा छैनन् । घरजग्गाको मूल्य घट्ने आकलन उनीहरुको छ । त्यसकारण पनि खरिदकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् ।

    तरलता अभावसँगै सरकारले भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि जग्गा वर्गीकरणबिना कारोबार गर्न पाइँदैन । सोही कारण घरजग्गा कारोबारको संख्या घटेको मालपोत कार्यालयहरुले बताएका छन् । भूमि व्यवस्था मन्त्रालयले आगामी मंसिर २३ गतेभित्र स्थानीय तहहरुलाई आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा छुट्याउनुपर्ने गरी पत्राचार गरेको थियो। त्यसअघि घरजग्गामा जग्गा वर्गीकरणको असर देखिने निश्चित छ ।

    घर जग्गा व्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले चितवनमा घरजग्गा व्यवसायी र किसान दुवै समस्यामा परेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘किसानले बिरामी पर्दा, छोराछोरी विदेश पठाउँदा पनि आफ्नो जग्गा बेच्न पाएका छैनन् । अर्काेतर्फ रत्ननगर र गैँडाकोटमा कित्ताकाँट खुल्दा पनि भरतपुर महानगरले खुलाउन नसक्दा व्यवसायीहरु पीडामा परेका छन् । ’ उहाँले आफूहरु पटकपटक भरतपुर महानगरपालिकामा डेलिगेसन जाँदा पनि समस्याको हल हुन नसकेको विचार राख्नुभयो । उहाँले भन्नुभयो, ‘ भरतपुर महानगरपालिकामा झण्डै ५०० वटा लिखत थन्किएर बसेका छन् । भित्रभित्र एउटा फाइलको ५० हजार लिएर सिफारिस गर्ने गरेका छन् । वडाले सिफारिस गरेपछि फेरि महानगरको प्राविधिकले हेर्ने त्यसले माथि प्रतिवेदन दिएपछि मेयर तथा उपमेयर रहेको अर्काे समितिले अध्ययन गर्ने भनेर प्रक्रियालाई झन्झटिलो बनाएर घरजग्गा व्यवसायीलाई दुःख दिने काम भएको छ ।’ उहाँले बैँकले ऋणको व्याजदर बढाएकोले पनि व्यवसायीहरु समस्यामा परेको विचार राख्नुभयो ।त्यसैगरी चितवनका अर्का व्यवसायी दिनेशकुमार चुके कित्ताकाँटको समस्या नसुल्झँदा समस्या आएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘घरजग्गामा धेरै लगानी गरेका चितवनका व्यवसायीहरु समस्यामा परेका छन् । स्थानीय तहको निगरानीमा किनबेच हुने व्यवस्था गर्न सकेमा राम्रो हुने थियो । जनप्रतिनिधिहरुले पैसा खाएर खोलाको बगर बेच्ने परिपाटीले गर्दा नै यो समस्या आएको हो ।’ उहाँले यो समस्या सरकारले उब्जाएको समस्या भएको नारायणी अनलाइनलाई बताउनुभयो ।

    लिखत पारित घट्दाको प्रत्यक्ष असर राजस्व संकलनमा पनि परेको छ । मालपोत कार्यालय चितवनको तथ्यांक हेर्दा चितवनमा वैशाख महिनामा एक हजार १३५ वटा लिखत पास भएकोमा असोज महिनामा ४९६ वटा लिखत पास भएका छन् । जेठ महिनामा बढेर एक हजार १७० पुगेको लिखतको संख्या असार, साउन र भदौंमा निरन्तर ओरालो लागेको हो । जुन घटेको तथ्यांक ५६.३० ले कम हो । वैशाखमा १२५ वटा पास भएको माडी मालपोतको लिखत घटेर असोजमा ५९ मा झरेको थियो भने ४५३ रहेको चनौली मालपोतको लिखत असोजमा १३५ मा झरेको थियो । पूर्वी चितवनको खैरहनी मालपोतमा पनि वैशाखमा २२८ रहेको संख्या घटेर असोजमा १३० मा घटेको तथ्यांकले देखाउँछ ।उक्त अवधिमा चितवनमा घरजग्गा कारोबारबाट उठ्ने राजस्वमा पनि झण्डै ५० प्रतिशत गिरावट आएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार चितवनमा गत वैशाखमा १० हरोड ४५ लाख ४४ हजार १५२ रुपैयाँ राजस्व संकलन भएकोमा असोजमा घटेर ६ करोड १९ लाख १३ हजार ५८७ मात्र राजस्व संकलन भएको छ । यो संख्या ४० प्रतिशत बढीले कम हो ।

     

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • घटिया काम नभई दौलत हुदैन

  • कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह


  • Advertisement

    समाचार
  • १

    घटिया काम नभई दौलत हुदैन

  • २

    कावासोती नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, रु. ९९ करोड १० लाखको बजेट पारित

  • ३

    नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना

  • ४

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन : बालेन शाह

  • ५

    निर्धक्क हुनुहोला, देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने

  • ६

    कम्युनिस्टहरू निराश हुँदैनन्, जुनसुकै परिणामबाट शिक्षा लिन्छन्ः माधवकुमार नेपाल

  • ७

    ‘रास्वपाले महाधिवेशनका लागि चन्दा सङ्कलन गरेको छैन’

  • ८

    उखु र बेसारखेतीको व्यावसायिक प्रवर्द्धनमा विनयी त्रिवेणी गाउँपालिका

  • ९

    ‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट नगरपालिका

  • १०

    नेपालमा प्रवेश गर्‍यो यस वर्षको मनसुन प्रणाली

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution