• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

    महिनावारी सुकेपछि के हुन्छ ?

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
    image

    Advertisement

    काठमाडौं । महिलाको शारीरिक संरचना यति जटिल हुन्छ कि त्यसले विभिन्न क्षणमा ठूलो उथलपुथलबाट गुज्रिनुपर्ने हुन्छ । ९ देखि १३ वर्षको उमेरमा रजस्वला सुरु हुनु, युवावयमा गर्भवती हुनु, प्रसूति पीडा खेप्नु अनि फेरि उमेर ढल्किंदै गएपछि रजोनिवृत्ति हुनु ।शारीरिक र भावनात्मक रुपले यी चरणहरु महिलाका लागि त्यति सहज हुँदैनन् । मोनोपोज अर्थात् रजोनिवृत्ति एक यस्तै चरण हो, जहाँ महिलाले फरक स्थितिबाट गुज्रिनुपर्ने हुन्छ । महिलाहरूमा रजस्वला बन्द भएको वा रोकिएको अवस्थालाई रजोनिवृत्ति भनिन्छ । यस अवस्थामा महिलाको अण्डाशयको काम स्थायी रूपमा बन्द हुन्छ । प्रजनन् शक्ति समाप्त हुन्छ ।यो एउटा प्राकृतिक प्रक्रिया हो । महिनावारी हुन छाडेपछि महिलाको शरीरमा विभिन्न हर्मोनल परिवर्तन हुन्छ । जसको कारण महिलामा विभिन्न समस्या देखा पर्न सक्छन् । ४५ देखि ५५ वर्ष उमेरभित्रमा महिलाहरूमा रजोनीवृत्ति हुन्छ ।

    पाठेघरको दुईतिर दुईवटा डिम्बाशय रहेको हुन्छ । त्यसले ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ नामक  हर्मोन उत्पादन गर्छ । यो हर्मोनले गर्दा नै महिनावारी नियमित हुन्छ । रजोनिवृत्ति भएपछि दुईवटा डिम्बाशयले काम गर्न छोड्छ र हर्मोनको उत्पादन पनि हुन छाड्छ ।यी दुई हर्मोन बन्न छाडेपछि शरीरमा यसको कमी हुने र जसकारण महिनावारी सुकेपछि विभिन्न समस्या देखा पर्न थाल्ने प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्वेता सिंह बताउँछिन् ।

    रजोनिवृत्तिपछि शारीरिक र भावनात्मक परिवर्तन  

    महिनावारी रोकिएपछि महिलाको शरीरमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोनको कमी हुन्छ, जसले विभिन्न शारीरिक परिवर्तन देखा पर्छन् । डा. सिंह भन्छिन्, ‘हर्मोनको कमीले निद्रा नलाग्ने, खलखल पसिना आउने, एकदमै जाडो हुनेजस्ता लक्षण देखा पर्छन् ।’

    यी हर्मोनले शरीरमा क्याल्सियम अवशोषित गर्ने काम पनि गर्छ । त्यसैले यसको कमी हुँदा क्याल्सियम प्रशस्त मात्रामा खाए पनि अवशोषित भने हुँदैन । जसले गर्दा हाडजोर्नी कमजोर भएर ढाड, कम्मर र जोर्नी दुख्नेजस्ता समस्या देखिन्छन् । कतिमा त मुटुमा नै समस्या देखिने पनि हुनसक्ने सिंह बताउँछिन् ।‘हर्मोनको कमीले गर्दा भावनात्मक परिवर्तन  देखा पर्छ । जसले गर्दा मुड परिवर्तन हुने, सानो सानो कुरामा रिस उठ्ने र झर्को लाग्ने पनि हुन सक्छ,’ उनी भन्छिन् ।

    कृत्रिम रजोनिवृत्ति पनि हुनसक्ने

    प्राकृतिक रजोनिवृत्ति हुने एउटा निश्चित समय हुन्छ । तर कृत्रिम रजोनीवृत्ति भने ३५, ४० वर्ष जुनसुकै उमेरमा पनि हुन सक्छ । ‘पाठेघरमा ठूलो ‘ट्युमर’ भयो वा अन्य कुनै जटिल समस्या भएर पाठेघर नै निकाल्नुपर्ने अवस्था आएमा ‘एस्ट्रोजोन’ र ‘प्रोजोस्ट्रोन’ हर्मोन उत्पादन हुँदैन र महिनावारी पनि हुँदैन । जसलाई कृत्रिम रजोनिवृत्ति भनिन्छ’ डा. सिंह भन्छिन् ।

    केही महिलामा कुनै स्वास्थ्य समस्याका कारण डिम्बाशयले राम्ररी  काम गर्न सकेको हुँदैन । क्यान्सरको बिरामीमा रेडिएसन दिनुपरेमा पनि डिम्बाशयले काम गर्न छाड्ने र त्यस्तो अवस्थामा महिनावारी सुकेर जाने सिंह बताउँछिन् ।साथै शरीरमा प्रोल्याक्टिन भन्ने हर्मोन बढी छ भने महिनावारी सुक्छ । शरीरमा हाइपर थाइरोइड बढी भएको छ भने पनि महिनावारी गडबडी हुने वा सुक्ने समस्या देखापर्ने सिंहको भनाइ छ ।

    रजोनिवृत्तिपछि देखिने समस्याको उपचार

    महिनावारी रोकिएपछि हर्मोनको कमीले शरीरमा विभिन्न परिवर्तन तथा समस्या देखा परेको छ भने त्यसको उपचार हर्मोनल रिप्लेसमेन्टबाट हुन्छ । कमी भएको हर्मोनलाई बाहिरबाट औषधि वा भजाइनामा लगाइने जेलको माध्यमबाट दिएर शरीरमा हर्मोनको मात्रा बढाइने डा. सिंह बताउँछिन् ।बाहिरबाट दिएको त्यो हर्मोनल औषधिको प्रयोग डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ । यसो गरेमा हर्मोनको कारणले शरीरमा भएको परिवर्तन र समस्या कम हुने सिंह बताउँछिन् ।कृत्रिम रजोनिवृत्ति हुने विभिन्न कारण हुन्छन् । थाइराइड तथा प्रोल्याक्टिन हर्मोनको कारण यस्तो समस्या भएको हो भने ती हर्मोनलाई सही अवस्थामा ल्याउनुपर्छ ।डा. सिंह भन्छिन्, ‘पाठेघर तथा अण्डाशयमा समस्या भएर कृत्रिम रजोनिवृत्ति भएको खण्डमा भने हर्मोनल पिल्सको सेवन गर्नुपर्ने हुन्छ । लामो समयसम्म हर्मोनल थेरापी गर्नुपर्ने हुन्छ । यस्ता समस्या भएका महिलाले ६ महिना वा एक वर्षको अन्तरालमा अस्पताल गएर  फलोअप गर्नुपर्छ । जसले गर्दा त्यो औषधिको सेवनले अन्य समस्या निम्तिन पाउँदैन ।’

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution