• अन्तरवार्ता
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला साहित्य
  • खेलकुद
  • नमुना टि.भी.
  • पत्रपत्रिका
  • पर्यटन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • प्रदेश नं. ३
  • प्रदेश नं. ४
  • प्रदेश नं. ५
  • प्रदेश नं. ६
  • प्रदेश नं. ७
  • प्रविधि
  • बिशेष रिपोर्ट
  • बैदेशिक रोजगार
  • मनोरन्जन
  • ई-पेपर
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार विश्लेषण
  • समाचार
  • समाज
Namuna Post Logo
२०८३ श्रावण ३१, आईतबार
  • ताजा समाचार
  • अर्थ
  • अन्तरवार्ता
  • खेलकुद
  • प्रविधि
  • समाज
  • विचार विश्लेषण
  • अन्तर्राष्ट्रिय
  • नमुना टि.भी.
  • ई-पेपर
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

२

नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

३

देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

४

खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

५

(सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

६

मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

७

बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

८

हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

९

हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

१०

गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

११

स्थापनाको एक दशकपछि विनयी त्रिवेणीको आफ्नै प्रशासकीय भवनको शिलान्यास

१२

भरतपुर अस्पतालद्वारा आइसियुमा प्रतिक्षारत बिरामीको नाम ‘डिस्प्ले बोर्ड’मा

धेरै पढिएका

  • १

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

  • २

    मध्यविन्दु नगरपालिकाद्वारा दुग्ध उत्पादक कृषकहरुलाई घाँसको बिरुवा वितरण

  • ३

    कालीगण्डकी कोरिडोरको बुलिङटार –राम्दी खण्डमा धमाधम कालोपत्रेको काम हुदै

  • Advertisement

      नवलपरासी क्षेत्र नं २ : त्रिपक्षीय प्रतिस्पर्धा   

    Authorनमुना पोष्टप्रकाशित मिति: २०७९ कार्तिक ३०, बुधबार (३ साल अघि)
    Nawalparasi_20221112165521

    Advertisement

    – टेकराज पोखरेल
    नवलपुर।  मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम समय आइपुग्दा पश्चिम नवलपरासीमा उम्मेदवारहरुले चुनावी अभियान तीव्र बनाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारले आज र भोलि मात्रै निर्वाचनको प्रचारप्रसार गर्न पाउने भएपछि अहिले नेता तथा उम्मेदवार घरदैलोसहित मत माग्ने काममा व्यस्त छन् । मङ्सिर ४ नजिकिनै लाग्दा क्षेत्र नं २ को चुनावी रौनक अझै तातेको छ । यस क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपासहितका दलबाट १० तथा स्वतन्त्र आठ गरी १८ जनाको उम्मेदवारी परेको छ । पश्चिम नवलपरासी क्षेत्र नं २ मा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल, जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा नेकपा (एमाले) बाट उम्मेदवारी दिनुभएका दीपेन्द्र अधिकारी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधानबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    यो निर्वाचन क्षेत्रमा रामग्राम नगरपालिका, सुनवल नगरपालिका, पाल्हीनन्दन गाउँपालिकाका सबै वडा तथा सरावल गाउँपालिकाको तीन वटा वडा रहेका छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार निर्वाचित भएका थिए भने अन्य पालिका प्रमुख तथा अध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार निर्वाचित भएका थिए । नवलपरासी २ मा जम्मा एक लाख २२ हजार छ सय ८० मतदाता रहेका जिल्ला निर्वाचन अधिकारी सुजाता खत्रीले जानकारी दिनुभयो ।नेपाली कांग्रेसका उम्मेदवार कँडेल यस क्षेत्रबाट छैठौँपटक संसदीय निर्वाचनको दौडमा हुनुहुन्छ । विसं २०५१ देखि २०७४ सम्म भएका पाँचवटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा कँडेल विजयी हुनुभएको छ । तीन दशकयता निरन्तर चुनाव लड्दै आउनुभएका नेता कँडेललाई सत्ता गठबन्धन दलको साथ रहेको छ । कँडेल २०५६ र २०५८ सालमा दुई पटक गृहराज्यमन्त्री बन्नुभएको थियो ।

    विसं २०५१ मा तत्कालिन सद्भावना पार्टीका दुर्गा चौधरीलाई पराजित गरेर संसद् यात्रा सुरू गर्नुभएका कँडेल त्यसपछिका निर्वाचनमा उम्मेदवार बन्दै आउनुभएको छ । २०५६ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ध्रुवबहादुर प्रधानलाई पराजित गर्नुभएको थियो । विसं २०६४ मा साविक नवलपरासीको क्षेत्र नम्बर ५ बाट उम्मेदार बन्नुभएका उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका रामवचन चौधरीसँग पराजित हुनुभयो । विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा क्षेत्र परिवर्तन गरेर तत्कालीन नवलपरासी–४ बाट उम्मेदवार बन्नुभएका कँडेल एमालेका नेता बैजनाथ चौधरीसँग पराजित हुनुभयो ।
    विसं २०७४ मा उहाँले तत्कालीन वामगठबन्धनबाट माओवादीका उम्मेदवार घनश्याम यादवलाई पराजित गरेर पुनः संसद् भवन प्रवेश गर्नुभएको थियो । यहाँ एमालेले जसपा र राप्रपाले लोसपासँग तालमेल गरेका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणामअनुसार यहाँ अन्य दलको तुलनामा कांग्रेस बलियो देखिएको छ । यस क्षेत्रमा पर्ने पालिकामा वडाध्यक्षले पाएको मतभार अनुसार नेपाली कांग्रेसका वडाध्यक्षले पाएको मत २५ हजार छ सय ८६ हुन रहेको छ । माओवादी केन्द्रको नौ हजार एक सय ५१, नेकपा (एकीकृत समाजवादी) को आठ सय ८५ र राष्ट्रिय जनमोर्चाको ८५ गरी सत्ता गठबन्धनको मत ३५ हजार आठ सय नौ देखिन्छ ।

    यहाँ एमालेका वडाध्यक्षले पाएको मत २३ हजार तीन सय ४२ तथा जसपाका वडाध्यक्षले पाएको मत सात हजार तीन सय १३ रहेको छ । त्यसैगरी, राप्रपाका वडाध्यक्षले आठ हजार आठ सय ७७ तथा लोसपाका वडाध्यक्षले चार हजार पाँच सय ८० मत प्राप्त गरेका छन् । वडाध्यक्षले पाएको मतलाई विश्लेषण गर्दा यहाँ कांग्रेसका उम्मेदवारको मत एमाले–जसपाको तालमेल भन्दा पाँच हजार एक सय ५४ ले बढी तथा राप्रपा–लोसपाको तालमेल भन्दा झण्डै तीन गुणाले बढी छ ।  यस क्षेत्रबाट उम्मेदवारी दिनुभएका एमालेका अधिकारी पार्टीका जिल्ला अध्यक्ष एवं निवर्तमान लुम्बिनी प्रदेशसभा सदस्य हुनुहुन्छ । नवलपरासीबाट यसअघि तीन पटकसम्म चुनाव लडेर पराजित हुनुभएका प्रधान राप्रपाका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।(रासस)

    Advertisement

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !


  • Advertisement

    समाचार
  • १

    देवचुलीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, एक गम्भीर घाइते

  • २

    नवलपुरमा अपराध बढ्दो : एक वर्षमा ५५६ मुद्दा, बैंकिङ कसुरदेखि लागुऔषधसम्म बढ्यो

  • ३

    देवचुली–७ मा ६३ लाखको बर्थिङ सेन्टर, अब गाउँमै सुरक्षित प्रसूति सेवा

  • ४

    खोला होइन, हुप्सेकोटको ‘डम्पिङ साइट’ !

  • ५

    (सन्दर्भ : सामुदायिक वन दिवस २०८३) दीगो वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता र सुशासनको प्रश्न ?

  • ६

    मध्यविन्दुबाट एमालेको ‘मिसन पार्टी जागरण अभियान’ सुरु, संगठन सुदृढीकरण र जनसम्बन्ध विस्तारमा जोड

  • ७

    बसपार्क होइन, झाडीको साम्राज्य ! सात वर्षदेखि अलपत्र हुप्सेकोटको महत्वाकांक्षी योजना

  • ८

    हुप्सेकोटको मोहनडाँडामा नौ वर्षदेखि खोप केन्द्र बन्द, स्वास्थ्य सेवा अझै बेखबर

  • ९

    हाम्रो चेतना, नेतृत्व, सभ्यता र भविष्य

  • १०

    गैँडाको आतंकः बगुवनमा किसानको धानबाली नष्ट, क्षतिपूर्तिको माग

  • बिशेष रिपोर्ट सबै

    युवालाई हर्टअट्याकको प्रमुख कारण नै तनाव र धुम्रपान

    ई-पेपर
    १

    मध्यविन्दुमा एक जना कोरोना संक्रमितको मृत्यु

    नमुना पोस्ट
    २

    नवलपरासीमा कुहिएको चामल विपन्नलाई राहत !

    नमुना पोस्ट
    ३

    मिति २०७६ माघ १५ गतेको नमुना सन्देश साप्ताहिक

    नमुना पोस्ट
    ४

    सामुदायिक वन चौतर्फी करको मारमा

    नमुना पोस्ट
    Namuna Post Logo

    मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित

    नमुना पोष्टडट कम का लागि
    कावासोती - ३ नवलपुर
    9867130145
    [email protected]

    सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१

    हाम्रो टीम

    अध्यक्ष - भविश्वर पाण्डे
    सम्पादक - सन्तु गिरी

    फेसबुक

    © २०७७ नमुना पोष्ट मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution