चितवन।नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकार राजेन्द्र आचार्यमाथि हातपात गर्नेलाई कारबाही गर्न माग गरेको छ । आइतबार साँझ क्याम्पा चौरमा भएको कन्सर्टमा पत्रकार आचार्यमाथि गढी सेक्युरिटीका सुरक्षाकर्मीले हातपात गरेका थिए ।पत्रकार महासंघ चितवन शाखाका सचिव दिपेन्द्र अधिकारीले आज (सोमबार) एक विज्ञप्ति जारी गरी रिपोर्टिङ गर्न जाने क्रममा पत्रकार आचार्यमाथि हातपात भएको घटना निन्दनीय भएको बताएका छन् । साथै दोषीलाई कारबाही गर्न उनले जोडदार माग पनि गरेका छन् ।पत्रकार महासंघ चितवन शाखाका कोषाध्यक्ष समेत रहेका आचार्य रिपोर्टिङका लागि कार्यक्रमस्थलमा प्रवेश गर्ने क्रममा सुरक्षाकर्मीले रोक्न खोेजेका थिए । आचार्यले पत्रकार परिचय पत्र देखाउँदा पनि उनीमाथि सुरक्षाकर्मीले हातपात गरेका हुन् । पत्रकारहरुलाई परिचय पत्रका आधारमा रिपोर्टिङ गर्न दिने भनिएपनि पत्रकारलाई अवरोध गरिएको हो ।
पत्रकारलाई स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण बनाउन र शान्ति सुरक्षा कायम गर्न महासंघले स्थानीय प्रशासन समक्ष माग गरेको छ ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१