चितवन।चितवनमा ‘नेपथ्य लाइभ कन्सर्ट’ समपन्न भएको छ । मानवता प्रवर्द्धनका लागि मानवसेवा आश्रमको आयोजनामा चितवनको नारायणगढस्थित क्याम्पाचौरमा हिजो साँझ ४ बजेदेखि नेपथ्यले लाइभ कन्सर्ट सुरु गरेको थियो । चितवनमा दर्शकमाझ नेपथ्यले लाङटाङ क्षेत्रबाट संकलित गीतलाई पहिलो प्रस्तुतिका रुपमा राखेको थियो ।चितवनका दर्शकहरुसँग नेपथ्यको सम्बन्ध निकै पुरानो हो। सबैभन्दा पहिलो कन्सर्ट यहाँ ब्यान्ड स्थापनालगत्तै गणेश चलचित्र मन्दिरमा सन् १९९५ मा आयोजना गरिएको थियो। त्यो क्रम बढ्दै पछिल्लोपटक ब्यान्ड सन् २०१८ मा यहाँ प्रस्तुत भएको थियो। त्यतिबेला नारायणी नदीको किनारमा कन्सर्ट आयोजना गरिएको थियो भने यसपालि पहिलोपटक क्याम्पाचौरको मैदान झकिझकाउ पारिएको थियो।
देशव्यापी यात्रामा निस्केको नेपथ्यको यो चौथो प्रस्तुतिमा पनि दर्शकको उल्लेख्य उपस्थिति थियो। महिना दिन लामो यात्राअन्तर्गत यसअघि नेपथ्यले विराटनगर, वीरगन्ज र हेटौंडामा यस्तै भव्य कन्सर्ट सम्पन्न गरिसकेको छ।
मिड पोइन्ट रिसर्च,इभेन्ट एण्ड मिडियाद्वारा संचालित
नमुना पोष्टडट कम का लागि
कावासोती - ३ नवलपुर
9867130145
[email protected]
सूचना विभाग दर्ता नम्बर: ४२६०-२०८०/२०८१